२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्युजिल्यान्डका उपप्रधानमन्त्री पिटर्स आज नेपाल आउँदै



अ+ अ-

काठमाडौं । न्यूजिल्यान्डका उपप्रधानमन्त्री तथा विदेशमन्त्री विन्सटन पिटर्स आज नेपाल भ्रमणमा आउँदै छन् ।

नेपालको दुई दिने औपचारिक भ्रमणका लागि उनी आज काठमाडौं आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपाल बसाइँको क्रममा उपप्रधानमन्त्री पिटर्सले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नेछन् । साथै, उनले परराष्ट्रमन्त्री डा. अरुजु राणा देउवासँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ ।

यो भ्रमण न्युजिल्यान्डका उपप्रधानमन्त्री तथा विदेशमन्त्रीबाट नेपालमा हुने पहिलो औपचारिक भ्रमण हो । यो भ्रमणले दुई देशबीचको सम्बन्धमा नयाँ आयाम थप्ने विश्वास गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

न्युजिल्यान्ड सरकारको आधिकारिक वेबसाइटमा प्रकाशित एक विज्ञप्तिमा उपप्रधानमन्त्री तथा विदेशमन्त्री विन्सटन पिटर्सले अष्ट्रेलिया, श्रीलंका, नेपाल र भारतको भ्रमण गर्ने उल्लेख छ । यस भ्रमणको उद्देश्य दक्षिण एसियाली देशहरूसँगको सम्बन्ध सुदृढ गर्नु रहेको न्युजिल्यान्ड सरकारले जनाएको छ ।




भर्खरै