२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar नेप्से परिसूचक ११ दशमलव ९६ अङ्कले बढ्यो News Polar ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी News Polar चिरिबाबु महर्जनद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी News Polar महिलाको अर्थपूर्ण सहभागिताका लागि महामन्त्रीमा उम्मेदवारी दिएको हुँ : महालक्ष्मी उपाध्याय ‘डिना’ News Polar दुर्गा प्रसाईंलाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश News Polar वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको मनोनयन News Polar कांग्रेस उपसभापतिमा गोविन्द भट्टराईको उम्मेदवारी News Polar कांग्रेस प्रवक्ता देवराज चालिसेले दिए उपसभापतिमा उम्मेदवारी News Polar ह्वीलिङ चार्ज निर्धारणसँगै विद्युत् क्षेत्रमा निजी लगानी र व्यापारको नयाँ बाटो News Polar खुला सहमहामन्त्रीमा अजबाबु शिवाकोटीको उम्मेदवारी News Polar कांग्रेस सहमहामन्त्रीमा रमेशप्रसाद धमलाको उम्मेदवारी News Polar कांग्रेसको बन्द सत्रको छलफल भोलि बिहान पुनः बस्ने, सभापति थापाले सम्बोधन गर्ने News Polar रसुवा भोटेकोशी बाढीपछि नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण News Polar कांग्रेसको समावेशी उपसभापतिमा जीवन परियारको उम्मेदवारी News Polar महामन्त्रीमा गुरुराज घिमिरेको उम्मेदवारी News Polar कांग्रेस केन्द्रीय सदस्यमा बासना थापाको उम्मेदवारी News Polar कांग्रेस उपसभापतिमा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको उम्मेदवारी News Polar एमालेले स्वीकार्‍यो निर्वाचन हारको समीक्षा, रूपान्तरण र पुनर्जागरणलाई प्राथमिकता News Polar एनआरएनए पोर्चुगलद्वारा गंगा नेम्कुल र सुरज राई मनोनीत News Polar महामन्त्रीमा प्रदीप पौडेलको उम्मेदवारी

माओवादी लक्षित एमाले सांसदको कटाक्षः एउटा कर्मचारी हटाउँदा तीन दिनसम्म रुने बानी छ

माओवादी लक्षित एमाले सांसदको कटाक्षः एउटा कर्मचारी हटाउँदा तीन दिनसम्म रुने बानी छ
अ अ+ अ-

काठमाडौँ । नेकपा एमाले सांसद दयालबहादुर शाहीले नेकपा (माओवादी केन्द्र) प्रति लक्षित गर्दै एउटा कर्मचारी हटाउँदा तीन दिनसम्म रुने गरेको टिप्पणी गर्नुभएको छ ।

पूर्वाधार विकास समितिको बुधवारको बैठकमा बोल्दै उहाँले कर्मचारीलाई आफ्नो रोल मोडल जस्तो बनाएर रुने असर माओवादीमा रहेको टिप्पणी गर्नुभएको हो ।

उहाँले अमेरिकाले त्यत्तिका कर्मचारी र कार्यक्रमहरु हटाउँदा कहीँ पनि बिरोध नहुने तर नेपालमा भने रोई कराइ गर्ने परिस्थिति निर्माण भएको भन्दै दुःख व्यक्त गर्नुभयो । उहाँले एउटा कर्मचारी हटाउँदा रुने व्यक्तिहरुले नै कार्यकारी राष्ट्रपतिय प्रणालीमा जानुपर्ने आवाज उठाइरहेको बताउनु भयो । उहाँले नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक घिसिङको व्यवस्थापकीय क्षमता राम्रो रहेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘केही कुरा के छ भने हल्लाको पछि हामी लागेका छौँ । अमेरिकाले त्यत्तिका कर्मचारी हटायो, त्यत्रा प्रोग्राम खारेज ग¥यो, त्यहाँ रोइ कराइ छैन । एक कर्मचारी हटाउँदा उनै साथी के भन्छन् भने राष्ट्रपति सिस्टममा जाऔँ । यो सिस्टम खराब भयो भन्छन् । राष्ट्रपतीय प्रणाली आएपछि त डोनाल्ड ट्रम्प भन्दा बलियो राष्ट्रपति हुन्छ हाम्रो । उनै साथीहरु एउटा कर्मचारी हटाउँदा रोइ कराइ छ । कुलमान घिसिङका व्यवस्थापकीय क्षमता राम्रो हो । उहाँले आयव्यय देखाउँदा कुनै तिर्नुपर्ने दायित्व छुटाएर नाफा देखाउनुभएको थियो । अहिलेकोले तिर्नुपर्ने दायित्व देखाएर घाटामा छौँ भन्नुभएको छ । सबैले पढेका छौँ त । हिजो माक्स, महात्मा गान्धी, लेनिन भन्थ्यौँ । अहिले हामी राजनीतिक मान्छेहरु घटेर कालिदासको सानो कमा अड्किएर बसेका छौँ । कर्मचारीलाई ठूलो बनाएर बसेका छाँै । कुलमान कुलमान गरेर तीन दिनसम्म रुने बानीको असर पनि कतै कतै छ ।’

नेकपा एमालेकै सांसद प्रेमबहादुर महर्जनले कुलमान घिसिङ बिदाई हुँदै गर्दा र हितेन्द्र शाक्य आइसकेपछि विद्युत प्राधिकरण अर्बौं रुपैयाँ घाटामा गयो भन्नेकुराको स्पष्ट जवाफ आग्रह गर्नुभयो । लोड सेडिङको विषयमा पनि स्पष्ट ढंगबाट जनतालाई भन्नुपर्ने उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘कुलमान घिसिङ बिदाई हुँदै गर्दा र हितेन्द्र शाक्य आइसकेपछि विद्युत प्राधिकरण अर्बौं रुपैयाँ घाटामा गयो भन्नेकुरा छ । यसबारेमा स्पष्ट पारिदिनुहोला । लोड सेडिङको विषयमा पनि स्पष्ट ढंगबाट जनतालाई स्पष्ट पार्नुपर्छ ।’

समितिको बैठकमा बोल्दै जनता समाजवादी पार्टीकी सांसद सुशीला श्रेष्ठले साझा समस्या सोचेर मुलुकको लागि काम गरे सफलता हात लाग्ने बताउनु भयो । उहाँले राम्रो मान्छे छान्ने भन्दा पनि भागबण्डाको लागि काम भइरहेको भन्दै आपत्ति जनाउनु भयो । बेथितिलाई थितिमा परिणत गरेर काम गर्नुपर्ने बताउनु भयो । सरकारले राम्रो काम गरेको छ भनेर जनताको बीचमा बोल्न पाउने परिस्थिति निर्माण गरिदिन आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘हामीले मुलुकको लागि काम गरौँ । साझा भएर गरौँ । राम्रो मान्छे छान्ने भन्दा पनि भागबण्डाको लागि काम भइरहेको छ । बेथितिलाई थितिमा परिणत गरौँ । राज्य नै हाम्रो अभिभावक हो । हामी नीति बनाउन आएका छौँ । साझा मुद्दा बनाएर काम गरौँ । सरकारले राम्रो काम गरेको छ भनेर जनताको बीचमा बोल्न पाउने परिस्थिति बनोस् ।’

समितिको बैठकमा बोल्दै नेपाली काँग्रेस सांसद शंकर भण्डारीले आग्रह पूर्वाग्रहबाट माथि उठ्न नसकेसम्म समग्रमा अरु कुनै तर्कले मुलुक बनाउन नसकिने बताउनु भयो । देशको सबैभन्दा ठूलो समस्या नै आग्रह र पूर्वाग्रह रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘आग्रह पूर्वाग्रहबाट हामी जबसम्म माथि उठ्दैनौँ, समग्रमा तबसम्म अन्य कुनैपनि तर्कले मुलुक बनाउन सक्दैनौँ । हाम्रो मुलुकको सबैभन्दा ठूलो समस्या नै आग्रह र पूर्वाग्रह हो । जबरजस्त ढंगले बिरोध गर्नु हो । विद्युत प्राधिकरण कसरी घाटामा छ हिजो नाफामा गएको हो भने त्यसलाई फेरि पुनःताजकी दिने कुरामा समिति र सरकार, कर्मचारी साथीहरु अघि बढाऔँ ।’

राष्ट्रका समस्याहरुलाई सबैले आफ्नो साझा मुद्दा बनाएर अघि बढ्ने हो भने देशको विकासको लय समात्ने उल्लेख गर्नुभयो ।