२१ मंसिर २०८२, आईतवार
,
Latest
पूर्वराष्ट्रपति भण्डारीद्वारा सिंहदरबारको अवलोकन–फोटोफिचर प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचारः पाँच पूर्वमन्त्रीसहितलाई मुद्दा चलाइने मिराज ढुंगानले मागे प्रधानमन्त्री कार्कीको राजीनामा विदेश जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाएकामा आपत्ति ठमेलको निर्माणाधीन रेष्टुरेन्टमा आगलागी बर्दिया घटनाको छानबिन गर्न समिति गठन मधेस प्रदेशका मुख्यमन्त्री यादवद्वारा पदभार ग्रहणः सुशासन पहिलो प्राथमिकता एमाले महाधिवेशनको खुल्लासत्रमा सहभागी हुन अध्यक्ष ओलीको पत्र पूर्वराष्ट्रपति भण्डारीले खण्डहर बनेको सिंहदरबारको अवलोकन गर्नुहुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

परराष्ट्रमन्त्री डा राणा जापान प्रस्थान



अ+ अ-

काठमाडौँ: परराष्ट्रमन्त्री डा आरजु राणा देउवा जापान प्रस्थान गर्नुभएको छ । जापानको टोकियोमा भोलिदेखि सुरु हुने एक अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन उहाँ गएराति त्यसतर्फ प्रस्थान गर्नुभएको हो । मन्त्री डा राणा ज्येष्ठ नागरिकहरुमा हुने सामाजिक एकान्तता सम्बन्धी सो सम्मेलनमा सहभागी भइ नेपालका तर्फबाट सम्बोधन गर्नुहुनेछ ।

एसियाली नागरिकको कल्याण तथा शिक्षाका लागि प्रतिष्ठान (फाउण्डेसन फर द वेलफेयर एण्ड एजुकेशन अफ द एसियन पिपुल) द्वारा आयोजित सो सम्मेलनमा १२ भन्दा बढी देशका मन्त्री, सरकारी उच्च अधिकारी एवं वरिष्ठ सामाजिक अभियन्ताहरुको सहभागिता रहने छ ।

ग्रामीण महिला तथा विकास केन्द्र (रुडुक), सुरक्षित मातृत्व सञ्जाललगायतका संघसंस्थामार्फत् नेपाली महिलाहरुको आर्थिक उत्थान एवं सामाजिक संरक्षणका क्षेत्रमा लामो समयदेखि कार्यरत रहनुभएकी मन्त्री डा राणालाई सो कार्यक्रमको विशेष वक्ताका रुपमा आमन्त्रित गरिएको हो ।

जापानमा रहँदा उहाँले महत्वपूर्ण द्विपक्षीय भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको छ । उहाँ आगामी शनिबार स्वदेश फर्कनुहुने कार्यक्रम रहेको छ ।