९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar रोशी खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि बीपी राजमार्ग अवरुद्ध News Polar सुनचाँदीको मूल्य घट्यो News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित) News Polar मनसुनजन्य विपद्: अझै तर्सिरहन्छ टीकाभैरव News Polar नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध News Polar विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा News Polar विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन लुम्बिनी प्रदेश सरकारकाे आग्रह News Polar काठमाडौँ तथा भरतपुर जाने खण्डमा पहिरोः यातायात प्रभावित News Polar भोटेकोशी बाढी विश्वकै लागि पनि चेतावनी होः प्रधानमन्त्री News Polar बेनी–जोमसोम–कोरला सडकमा राति गाडी चलाउन नपाइने News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल

बीसीसीआई सचिवले भने– एसिया कपबाट फिर्ता लिने खबर झुटो हो

बीसीसीआई सचिवले भने– एसिया कपबाट फिर्ता लिने खबर झुटो हो
अ अ+ अ-

एजेन्सी । भारतले एसिया कपबाट फिर्ता लिएको खबरलाई अस्वीकार गरेको छ ।

बीसीसीआईका सचिव देवजित सैकियाले भारतले एसिया कपबाट फिर्ता लिएको खबर झुटो भएको बताएका हुन् ।

समाचार एजेन्सी एएनआईलाई उनले भनेका छन्, ‘भारतले एसिया कपबाट फिर्ता लिएको रिपोर्ट सही छैन। बोर्डले आगामी एसीसी कार्यक्रमहरूको बारेमा छलफल गरेको छैन । अहिले हाम्रो मुख्य ध्यान जारी आईपीएल र त्यसपछि हुने इङ्गल्याण्ड शृंखलामा छ ।’

सोमबार बीसीसीआईले एसिया कप २०२५ बाट पछि हट्ने निर्णय गरेको भन्दै केहि भारतीय सञ्चारमाध्यमले लेखेको थियो ।

यस वर्ष सेप्टेम्बरमा भारतले एसिया कप आयोजना गर्ने तालिका छ । तर, यदि भारतले फिर्ता लियो भने सम्पूर्ण प्रतियोगिता रद्द हुन सक्ने सम्भावना छ ।

२२ अप्रिलमा पहलगाममा भएको आतंकवादी हमलापछि भारत र पाकिस्तानबीच तनाव छ ।

यसअघि, २०२३ मा भएको एसिया कप हाइब्रिड मोडेलमा खेलाइएको थियो। भारतीय टोलीले पाकिस्तान गएर खेल्न अस्वीकार गरेपछि खेल हाइब्रिड मोडेलमा खेलाइएको थियो।

यस अन्तर्गत, भारतका खेलहरू श्रीलंकामा आयोजना गरिएका थिए । फाइनल पनि श्रीलंकामा खेलिएको थियो। फाइनलमा भारतले श्रीलंकालाई १० विकेटले पराजित गरेको थियो।

यस्तै, च्याम्पियन्स ट्रफी २०२५ पनि हाइब्रिड मोडेलमा खेलाइएको थियो । फेब्रुअरीमा भएको च्याम्पियन्स ट्रफी खेल्न भारतीय टोली पाकिस्तान नगएपछि भारतका खेलहरू दुबईमा खेलिएका थिए ।

२०२३ को एकदिवसीय विश्वकपका लागि पाकिस्तानी टोली भने भारत आएको थियो । त्यसपछि भारत र पाकिस्तान बीचको खेल १४ अक्टोबरमा अहमदाबादमा खेलिएको थियो । उक्त खेलमा भारतले पाकिस्तानलाई ७ विकेटले कराएको थियो ।

भारतीय टोली अन्तिम पटक २००८ मा पाकिस्तान गएको थियो । भारतीय टोलीले ३ टेस्ट खेलको त्यो शृङ्खला १(० ले जितेको थियो। यस शृङ्खलाका २ खेल बराबरीमा सकिएका थिए ।

मुम्बईमा भएको आतंकवादी आक्रमणपछि भारतीय टोलीले पाकिस्तानको भ्रमण गरेको छैन। २००८ को मुम्बई आतंकवादी हमलापछि भारत सरकारले पाकिस्तानमा क्रिकेट खेल्न अनुमति दिन अस्वीकार गर्दै आएको छ ।

त्यसबेलादेखि दुवै टोलीले आईसीसी र एसीसीप्रतियोगिताहरूमा मात्र खेल्छन् । २०१३ देखि, दुबै टोलीले तटस्थ भेन्यूमा १३ एकदिवसीय र ८ टी(२० खेल खेलेका छन्। सन् २००९ मा पाकिस्तानमा आतंककारीहरूले श्रीलंकाली टोलीमाथि पनि आक्रमण गरेका थिए।