काठमाडौं । काठमाडौं–हेटौंडा जोड्ने कान्ति लोकपथ सडकखण्ड अवरुद्ध भएको छ ।
मकवानपुरको भीमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ को सीमानास्थित बगुवा खोलाको डाइभर्सन बाढीले बगाएपछि सडक अवरुद्ध भएको हो ।
आज बिहान परेको पानीले डाइभर्सनका लागि राखिएका ह्युमपाइपहरू बगाएको मकवानपुर प्रहरीले जनाएको छ ।
बगुवा खोलास्थित बागमती पुलको एक भाग गत असोजमा आएको भिषण बाढीले बगाएको थियो । पुलको मकवानपुरतर्फको भाग बगाएपछि डाइभर्सनबाट सडक सञ्चालन भइरहेको थियो ।










