९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने News Polar रसुवागढी नाका पुनः सञ्चालनका लागि चीनसँग सहयोग माग

द्वन्द्वपीडितको असहमतिका बीच सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोगमा पदाधिकारी नियुक्त (नामावलीसहित)

द्वन्द्वपीडितको असहमतिका बीच सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोगमा पदाधिकारी नियुक्त (नामावलीसहित)
अ अ+ अ-

काठमाडौं । सरकारले संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोग सत्यनिरुण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोगमा पदाधिकारी नियुक्त गरेको छ । दुवै आयोगमा दुई वर्षभन्दा लामो समयदेखि पदाधिकारी नहुँदा संक्रमणकालीन न्यायको काम अलपत्र परेको थियो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले संक्रमणकालीन न्यायसम्बन्धी काम गर्ने दुवै आयोगमा पदाधिकारीहरू नियुक्त गरेको हो ।

सत्य निरुपण तथा मेलमिलाप आयोगमा उच्च अदालतका पूर्वन्यायाधीश महेश थापा र बेपत्ता छानबिन आयोगमा पूर्व मुख्यसचिव लिलादेवी गड्तौला नियुक्त भएका छन् ।

सरकारले गठन गरेको सिफारिस समितिको सिफारिसमा दुवै आयोगमा अध्यक्षसहित पाँच–पाँच सदस्य नियुक्त गर्ने निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । नियुक्त भएका सबै पदाधिकारीको तलब भत्ता राष्ट्रिय मानव अधिकार आयोग सरह रहने छ । उनीहरुको कार्यकाल ४ वर्षको हुनेछ ।

द्वन्द्वपीडितहरूले भागबन्डामा पदाधिकारी छनोट गर्न खोजिएको र आफूहरूसँग कुनै परामर्श नगरिएको भन्दै प्रक्रियामा असहमति जनाएका थिए । उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र पठाउँदै भागबण्डामा पदाधिकारी नियुक्त नगर्न आग्रह गरेका थिए । तर त्यसको बेवास्था गर्दै सरकारले सिफारिस समितिको सिफारिसबमोजिम पदाधिकारी नियुक्त गरेको हो ।

आयोगमा नियुक्त भएकाहरु को को हुन् त ?

सत्य निरुपण तथा मेलमिलाप आयोग

१) महेश थापा, अध्यक्ष

२) अच्युतप्रसाद भण्डारी, सदस्य

३) टीकाप्रसाद ढकाल, सदस्य

४) पदमबहादुर शाही, सदस्य

५) कुमारी कौशल्य ओझा, सदस्य

 

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग

१) लिलादेवी गड्तौला, अध्यक्ष

२) गोपालनाथ योगी, सदस्य

३) अग्निप्रसाद थपलिया, सदस्य

४) सिर्जना पोखरेल, सदस्य

५) विनिता नेपाली, सदस्य