१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टीलाई पद बाँड्ने निरिह सङ्गठन बनाउनु हुँदैन : अध्यक्ष श्रेष्ठ



अ+ अ-

काठमाडौँ। जनता समाजवादी पार्टी सङ्घीय परिषद्का अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले पार्टीलाई नेताको गोजीबाट पद बाँड्ने निरिह सङ्गठन बनाउन नहुने बताउनुभएको छ ।

बागमती प्रदेश समितिद्वारा आय यहाँ आयोजित दुई दिने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले पार्टीलाई वैचारिक रूपमा सुस्पष्ट, सङ्गठनात्मक रूपमा सुदृढ र सङ्घर्षमा जुझारु बनाउनुपर्ने बताउनुभयो । उहाँले पार्टीलाई गतिशील र जुझारु सङ्गठन बनाउनुपर्नेमा जोड दिनुभयो ।

पार्टी स्कूल तथा प्रशिक्षण विभाग प्रमुख एवं उपाध्यक्ष रणध्वज कन्दङ्वाले प्रशिक्षणबाट सबै तहमा योग्य कार्यकर्ता निर्माण गर्न मद्दत पुग्ने बताउनुभयो ।

प्रशिक्षण कार्यक्रमको पहिलो दिन अध्यक्ष श्रेष्ठले ‘नेपाली समाज परिवर्तनको बाटो सङ्घीय समाजवाद’, उपाध्यक्ष रणध्वज कन्दङ्वाले ‘पाार्टीको सङ्गठनात्मक सिद्धान्त र कार्यपद्धति’ तथा आङ्काजी शेर्पाले ‘पहिचानको आन्दोलन र आदिवासीको सवाल’बारे प्रशिक्षण दिनुभएको थियो ।

अध्यक्ष राईले ‘पार्टीको आदर्श सङ्घीयता, सुशासन, समृद्धि र समाजवाद’, उपाध्यक्ष सुशीला श्रेष्ठले ‘पार्टी निर्माणमा जवसको भूमिका र पार्टीसँगको अन्तरसम्बन्ध’ तथा पार्टीका केन्द्रीय विज्ञ परिषद्का अध्यक्ष डा पुष्पराज राजकर्णिकारले ‘सङ्घीय समाजवादी अर्थतन्त्र र वित्तीय सङ्घीयताको प्रारूप’बारे प्रशिक्षण दिनुभएको थियो । रासस