९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन

महायज्ञबाट चार करोड ७४ लाख सङ्कलन

महायज्ञबाट चार करोड ७४ लाख सङ्कलन
फाइल फोटो
अ अ+ अ-

कैलाली। मानवसेवा आश्रमले ‘श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ-२०८१’ बाट रु चार करोड ७४ लाख ३० हजार चार सय ३५ सङ्कलन गरेको छ ।

आश्रमको कैलाली शाखाले गत वर्ष २०८१ माघ २३ देखि ३० गतेसम्म धनगढीमा आयोजना गरेको महायज्ञबाट उक्त रकम सङ्कलन गरेको हो ।आश्रमले आज धनगढीमा आयव्यय विवरण सार्वजनिक गरेको हो । महायज्ञमा  नगद, क्युआर तथा अनलाइन माध्यम र चेकबाट गरी रु ८१ लाख ८१ हजार नौ सय ७८ सङ्कलन भएको र बाँकी रकमको प्रतिबद्धता रहेको महायज्ञ मूल आयोजक समितिका संयोजक मदनबहादुर कुँवरले जानकारी दिनुभयो ।

उहाँका अनुसार सरकारी निकायबाट रु २७ लाख ८१ हजार एक सय १२, संस्थागत रु दुई करोड ४८ लाख ९९ हजार पाँच सय ८४ र व्यक्तिगत रु एक करोड १३ लाख २६ हजार पाँच ७४ प्रतिबद्धता रकम भएको छ ।

प्रतिबद्धता गरिएको रकममध्ये हालसम्म रु १४ लाख ८२ हजार ४६ प्राप्त भएको उहाँले जानकारी दिनुभयो । त्यस्तै, महायज्ञमा रु एक लाख ४४ हजार दुई सय ५० दान पेटिकामा दान प्राप्त भएको, रु ८३ हजार दुई सय ५२ गोप्यदान र १३ हजार छ सय ७५ बराबरको जिन्सी दान प्राप्त भएको उहाँले जानकारी दिनुभयो ।

महायज्ञ सम्पन्न गर्न रु ४९ लाख ६८ हजार आठ सय ६५ खर्च भएको कुँवरले जानकारी दिनुभयो । मानवसेवा आश्रमको धनगढी उपमहानगरपालिका–१५ उर्मीमा दुई बिघा जग्गामा निर्माण सुरु गरिएकोे सुदूरपश्चिम प्रदेशस्तरीय भवन निर्माण सम्पन्न गर्न सहयोगार्थ महायज्ञको आयोजना गरिएको जनाइएको छ ।

उक्त भवन निर्माण भएपछि सुदूरपश्चिमका दुई सय ५० जना सहयोगापेक्षी सडक आश्रित मानवलाई संरक्षण एवं सेवा प्रवाह गर्न सकिने आश्रमले जनाएको छ । विसं २०७५ मङ्सिर १ गतेबाट धनगढी उपहानगरपालिका-५ तारानगरमा घर भाडामा लिई मानवसेवा आश्रम कैलाली शाखाले सेवा शुभारम्भ गरेको जनाइएको छ । रासस