२५ जेष्ठ २०८३, सोमबार
,
Latest
महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह एसियन छनोटः हङ्कङले नेपाललाई दियो १८९ रनको लक्ष्य विपक्षी दलको अवरोधपछि प्रतिनिधिसभा बैठक सूचना टाँसेर भोलिसम्म स्थगित लुम्बिनी प्रहरीद्वारा रु ४३ लाख मूल्य बढीका सामान बरामद सदनको गतिरोध अन्त्यका लागि सभामुखले आवश्यक वातावरण बनाउनुपर्दछः वर्षमान पुन अर्थ विधेयकमा ‘१६ पृष्ठ गायब’ विवादपछि अर्थमन्त्रीमाथि संसदीय छानबिनको माग नीतिगत सुधार र प्रभावकारी कार्यान्वयनमा निजी क्षेत्रको जोडः ७ प्रतिशतको आर्थिक वृद्धि चुनौतीपूर्ण फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द नेपालले कहाँ–कहाँ भारतको भूमि अतिक्रमण गरेको हो, प्रधानमन्त्रीले पुष्टि गरुन्ः अध्यक्ष राई सदनको गतिरोध हटाउने विषयमा विपक्ष दलहरुसँग थप छलफल हुन्छः कविन्द्र बुर्लाकोटी
तपाईं के खोज्दै हुनुहुन्छ ?

खेलकुद पत्रकार मञ्चमा अधिकारी



अ+ अ-

काठमाडौं– नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को २०औं साधारणसभा तथा निर्वाचनले निरञ्जन अधिकारीको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

नक्सालस्थित क्राउन प्लाजा होटलमा बिहीबार सम्पन्न चुनावी साधारणसभाबाट अधिकारीको अध्यक्षतामा नयाँ समिति निर्वाचित भएको हो । अध्यक्ष पदमा अधिकारीले आफ्ना प्रतिस्पर्धी प्रकाश तिमिल्सिनालाई हराए । अधिकारीले ४५ मत ल्याए । तिमिल्सिनाले भने ३५ मत पाए । महासचिवमा अञ्जन खड्काले आफ्ना प्रतिद्वन्द्वी राजु घिसिङलाई पछि पारे । खड्काले ५१ र घिसिङले २८ मत प्राप्त गरे । सचिवमा अनिल मल्ल ठकुरी निर्वाचित भए । उनले ५१ मत र उनका प्रतिद्वन्द्वी गोविन्दराज नेपालले २८ मत पाए । प्रथम उपाध्यक्षमा प्रज्वल ओली, उपाध्यक्षमा सञ्जीव सिल्पकार, गोविन्द रेग्मी निर्विरोध निर्वाचित भए ।

कोषाध्यक्षमा मुना कार्की र महिला सदस्यमा नमिता दाहाल पनि निर्विरोध चयन भए । अन्य तीन सदस्यमा रमेश सुवेदी, कविरस शर्मा र अभिनव जोशी निर्वाचित भएका छन् । सुवेदीले ५७, कविरसले ५४ र जोशीले ३९ मत पाए । यो कार्यकाल तीन वर्षको हुनेछ । निर्वाचित कार्यसमितिलाई नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले प्रमाणपत्र दिए । मुख्य निर्वाचन अधिकृत दाहालकै नेतृत्वमा तीन सदस्यीय समितिले निर्वाचन गराएको हो । अध्यक्षमा निर्वाचित भएपछि अधिकारीले खेलकुद पत्रकारितालाई नयाँ उचाइमा पु¥याउन अघिल्ला समितिले गरेको रचनात्मक कार्यक्रमलाई थप बढवा दिने प्रतिबद्धता व्यक्त गरे ।

सो निर्वाचनअगाडि बन्द सत्रले महासचिव प्रज्वल ओलीको सांगठनिक प्रतिवेदन र कार्यबहाक कोषाध्यक्ष मुना कार्कीको आर्थिक प्रतिवेदन सर्वसम्मत पास गरेको थियो । त्यसअघि उक्त साधारण सभाको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का टंकलाल घिसिङले उद्घाटन गरेका थिए । सो अवसरमा सदस्यसचिव घिसिङले नेपाली खेलकुद विकासमा नेपाल खेलकुद पत्रकार मञ्चको भूमिका अहम् रहँदै आएको बताए ।