२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारत र पाकिस्तानबीच बढ्दो तनावबारे परराष्ट्र मन्त्रालयद्वारा चिन्ता व्यक्त, यस्तो छ बिज्ञप्ति



अ+ अ-

काठमाडौं । परराष्ट्र मन्त्रालयले भारत र पाकिस्तानबीच बढ्दो तनावबारे गहिरो चिन्ता व्यक्त गरेको छ । मन्त्रालयले आज एक बिज्ञप्ति जारी गर्दे नेपाल सधैं सबैखाले आतंकवादको विरुद्धमा रहेको जनाएको छ ।

बिज्ञप्तिमा भनिएको छ -भारतको पहलगाममा २२ अप्रिल २०२५ मा भएका निर्दोष पर्यटकहरूमाथिको आतंकवादी आक्रमण, जसमा एक नेपाली नागरिकले पनि आफ्नो अमूल्य ज्यान गुमाएका थिए, त्यसपछिको भारत र पाकिस्तानबीच बढ्दो तनावप्रति नेपाल सरकार गम्भीर चिन्तित छ। त्यस दु:खद घडीमा नेपाल र भारत साझा दु:ख र पीडामा एकताबद्ध भएर उभिएका थिए ।

बिज्ञप्तिमा भनिएको छ- यस सन्दर्भमा स्मरणीय छ कि नेपालले उक्त बर्बर आतंकवादी आक्रमणको तत्काल र स्पष्टरुपमा भर्त्सना गरेको थियो, जुन आतंकवादका सबै प्रकारको विरोधमा नेपालको दृढ अडानसंग मेल खान्छ। नेपाल आतंकविरुद्धको लडाइँमा सबैसंगै उभिएको छ। आफ्नो सिद्धान्तमा आधारित अडान अनुसार नेपालले आफ्ना छिमेकी राष्ट्रविरुद्ध कुनै पनि दुस्मन शक्ति वा तत्वलाई आफ्नो भूमिको प्रयोग गर्न दिनेछैन ।

बिज्ञप्तिमा भनिएको छ- नेपालले तनावको न्यूनिकरण होस् भन्ने आशा राख्दछ र यस क्षेत्रको दीर्घकालीन शान्ति र स्थायित्वप्रति आफ्नो प्रतिबद्धता पुन: पुष्टि गर्दछ।




भर्खरै