१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बाढीले बगाएको गैँडा सुस्ता पुग्यो News Polar प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar मुस्ताङमा ३६ घण्टादेखि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध News Polar मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज News Polar चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई News Polar गोदावरी पर्यटन प्रवर्द्धन महोत्सवबाट सङ्कलित रकम बाढीपीडितलाई दिइने News Polar कपिलवस्तुमा क्षमताभन्दा बढी कैदीबन्दी : व्यवस्थापनमा चुनौती News Polar विशिष्ट व्यक्ति पक्राउ गर्ने क्रम नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड News Polar विमानस्थलबाट सुनसहित एक व्यक्ति पक्राउ News Polar नेपथ्यले गरायो कोरियामा बृहद् नेपाली जमघट

संक्रमणकालीन न्यायको विषयलाई सरकारले सम्बोधन गरेरै छोड्छः गृहमन्त्री लेखक

संक्रमणकालीन न्यायको विषयलाई सरकारले सम्बोधन गरेरै छोड्छः गृहमन्त्री लेखक
अ अ+ अ-

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले वर्तमान संक्रमणकालीन न्यायको विषयलाई सरकारले सम्बोधन गरेर छोड्ने दाबी गर्नुभएको छ ।

बिहीवार ललितपुरमा राष्ट्रिय मानव अधिकार आयोग र द्वन्द्वपीडित महिला राष्ट्रिय सञ्जाल आयोजना तथा द स्टोरी किचनेको सहकार्य ‘दोस्रो राष्ट्रिय कार्ययोजना कार्यान्वयनमा हालसम्मको प्रगति र आगामी कार्यदिशा’ विषयक कार्यक्रममा बोल्दै उहाँले यस्तो दाबी गर्नुभएको हो ।

उहाँले संक्रमणकालीन न्यायको विषय सम्बोधन गर्न सरकार अघि बढिसकेको जिकिर गर्नुभयो । उहाँले मुलुकमा स्थिरता प्रदान गर्ने, सुशासन दिने, यस्ता संक्रमणकालीन न्याय जस्ता देशका प्राथमिकताका विषयलाई सम्बोधन गर्नका लागि यो सरकार बनेको बताउनु भयो । सरकारमा संलग्न राजनीतिक दलहरुका बीचमा भएको सहमतिअनुसार सरकार अघि बढ्ने बताउँदै सफारिस समितिले आफ्नो सिफारिसको काम अघि बढाइसकेको बताउनु भयो ।

उहाँले संक्रमणकालीन न्यायको आजको परिस्थितिलाई यदी कुनैपनि नाममा अल्मल र कुनैपनि नाममा अवरुद्ध भए दोस्रो पटक यसलाई फेरि लयमा ल्याउन धेरै समय र धेरै अफ्ठ्यारो हुने बताउनु भयो । सिफारिस समितिलाई स्वतन्त्र, निष्पक्ष, पारदर्शी ढंगले सिफारिस गर्न दिन आग्रह गर्नुभयो । आयोगमै पीडितको प्रतिनिधित्वको विषय पनि सिफारिस समितिसँग कुरा गर्न सकिने उल्लेख गर्नुभयो । त्यो हुन नसके नयाँ संशोधनमा, ऐनमा पीडित समन्वय इकाइ भनेर गठन गरिएको र त्यसलाई नियमावलीमा थप स्पष्ट पारेर व्यवस्था गर्न सकिने बताउनु भयो । पीडितलाई संक्रमणकालीन न्यायको प्रक्रियाबाट बाहिर राखेर संक्रमणकालीन न्यायको प्रक्रिया ठिक ढंगले निष्कर्षमा नपुग्ने बताउनु भयो ।

गृहमन्त्री लेखकले भन्नुभयो, ‘संक्रमणकालीन न्यायको विषयलाई यो सरकारले सम्बोधन गरि छोड्छ । हामी त्यो कुरामा अघि बढिसकेका छौँ, यो प्रतिवद्धता व्यक्त गर्न चाहन्छु । मुलुकमा स्थिरता प्रदान गर्ने, सुशासन दिने, यस्ता संक्रमणकालीन न्याय जस्ता देशका प्राथमिकताका विषयलाई सम्बोधन गर्नका लागि यो सरकार बनेको हो । सरकार दृढतापूर्वक अघि बढेको छ । हामी सरकारमा संलग्न राजनीतिक दलहरुका बीचमा भएको सहमतिअनुसार सरकार अघि बढ्छ । अवधिका हिसावले पनि र कामका हिसावले पनि । संक्रमणकालीन न्यायको विषयलाई पनि हामी सम्बोधन गर्दछौँ । सिफारिस समितिले आफ्नो सिफारिसको काम अघि बढाएको छ । सरकारले संक्रमणकालीन न्यायका निम्ति दुवै आयोगहरु गठन गर्ने काम गर्दछ । काम अघि बढ्छ । संक्रमणकालीन न्यायको आजको परिस्थितिलाई यदी हामीले कुनैपनि नाममा अल्मल ग¥यौँ, कुनैपनि नाममा यो अवरुद्ध भयो भने दोस्रो पटक यसलाई फेरि ट्रयाकमा ल्याउन धेरै समय र धेरै अफ्ठ्यारो हुने अनुमान गरिरहेको छु ।’

‘हामी पटक पटक असफल भएका छौँ । फेरि हामी असफल भयौँ भने संक्रमणकालीन न्यायको विषय सम्बोधन गर्नेकुरा फेरि एक पटक अत्यन्त ज्यादा अफ्ठ्यारोमा पर्नेकुरा म यहाँहरुलाई निवेदन गर्न चाहन्छु । त्यसो भएको हुनाले सिफारिस समितिलाई सिफारिस गर्न दिउँ । स्वतन्त्र, निष्पक्ष, पारदर्शी ढंगले गर्न दिउँ । सरकारलाई आयोग बनाउन दिउँ । आयोगमै पीडितको प्रतिनिधित्व गर्नुपर्छ भन्नेकुरा पनि उठेको छ । अब आयोगमै पीडितको प्रतिनिधित्वको विषय पनि सिफारिस समितिसँग कुरा गर्न सकिन्छ । तर सिफारिस समिति आफ्नो प्रक्रियामा अघि बढिसकेको छ । सर्टलिस्ट गरिसकेको छ । सर्टलिस्टभित्रबाट मानिस सिफारिस गर्नुपर्ने कानूनी व्यवस्था छ । उहाँहरुको मापदण्ड छ । विकल्पमा जानुपर्छ । आयोगमै प्रतिनिधित्व हुनसक्यो भने त्यो पनि कोशिस गरौँ । यदी त्यो हुन सक्दैन भने यो पालि हामीले बनाएको नयाँ संशोधनमा, ऐनमा पीडित समन्वय इकाइ भनेर गठन गरिएको छ । त्यसलाई नियमावलीमा थप स्पष्ट पारौँ, थप व्यवस्था गरौँ । र पीडिको पक्षमा काम गरिरहनुभएका सबैलाई यो प्रक्रियामा जोड्नैपर्छ । यो प्रक्रियामा संलगन गराउनै पर्छ । पीडितलाई संक्रमणकालीन न्यायको प्रक्रियाबाट बाहिर राखेर संक्रमणकालीन न्यायको प्रक्रिया ठिक ढंगले निष्कर्षमा पुग्दैन ।’

गृहमन्त्री लेखकले पीडितलाई केन्द्रबिन्दुमा राखेर नै संक्रमणकालीन न्याय सम्बोधन गर्ने बताउनु भयो ।