५ भाद्र २०८३, शुक्रबार
,
Latest
सवारी दुर्घटनामा दुई जनाको मृत्यु सोमालियाका बालबालिका सहायता कटौतीबाट गम्भीररूपमा प्रभावितः संयुक्त राष्ट्रसङ्घ गान्धीद्वारा लेखिएका ‘नोट’ हरू एक करोड ७० लाख डलरमा बिक्री सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार जना भारतीय पक्राउ उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कारलाई निरन्तरता दिँदै रुपन्देही महासङ्घ पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता भोलिदेखि ८ हजारभन्दा बढी फोटोबीच मिथुन कुँवर बने नेपालिज इन फोटोग्राफीको ग्रान्ड प्राइज विजेता चलचित्र ‘बुकी’को ‘तनमनमा भलिबल’ गीत सार्वजनिक राष्ट्रपति ट्रम्पद्वारा गाईको मासुको आयातमा ९० दिनका लागि भन्सार छुट बाँदर धपाउने क्रममा लडेर एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोरखापत्र देखेको कुरा लेख्न स्वतन्त्र छः प्रधानमन्त्री ओली



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आजको गोरखापत्रले स्वन्तन्त्रापूर्वक पत्रकारिता गरिरहेको बताउनुभएको छ ।

बुधवार गोरखापत्र दैनिकको १ सय २५ औँ वार्षिकोत्सवको अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राजाको शासनमा राजाको जे इसारा भयो त्यस्तै लेख्नुपर्ने बाध्यता भएको बताउनु भयो । उहाँले देशमा लोकतान्त्रिक गणतन्त्रको स्थापनासँगै गोरखापत्रले पनि कसैको आदेश पालना गर्नुपर्ने अवस्थाबाट मुक्त भएको बताउनु भयो । पुरानो समयमा सम्पादकीय लेख्ने सम्पादकहरुनै सकसमा पर्ने गरेको भन्दै अहिले सरकारले कुनै किसिमको दबाब वा इसारा नगरेको बताउनु भयो । उहाँले पत्रकारले व्रह्मले देखेको कुरा स्वतन्त्रतापूर्वक लेख्न पाउने अवस्था रहेको बताउनु भयो । गोरखापत्रले राणा शासन, राजतन्त्रलगायत विभिन्न उतारचढाव भोग्दै आफूलाई विकास गर्दै अहिलेको अवस्थामा आइपुगेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘गोरखापत्रले धेरै उतारचढाब देखेको छ । यसलाई झेलेको छ । उतारचढाव झैल्दै यस्ले विकास गरेको छ । अनेक प्रकारका अप्ठ्यारा होलान्,  कत्ति गाह्रो थियो होला सम्पादकीय लेख्न सम्पादकहरुलाई ? आज तपाईं के सम्पादकीय लेख्नुहुन्छ ? कुन साइन्सले लेख्नुहुन्छ ? कहिल्यै सरकारबाट यसो लेख उसो लेख भनेको छ र ? इशारा केही गएको छ ? सरकारले त्यता फर्किएर आँखा पन िझिम्क्याउँदैन । इशारा गर्दैन । प्रधानमन्त्रीबाट दबाब र नियन्त्रण केही छैन । आज तपाईंहरु आफ्नो ब्रह्मले देखेको जे सुकै लेख्न स्वतन्त्र हुनुहुन्छ । अलि अगाडि ३० –३५ वर्षसम्म त संकेतले, इशाराले, आकारले प्रकारले कुनै पनि हिसाबबाट राजसंस्था विरोधी हो भन्ने प¥यो भने त उसको चेहरामा झल्किन्थ्यो सरकार ।’

प्रधानमन्त्री ओलीले गोरखापत्रले मानक भाषाको रुपमा नेपाली भाषाको विकास गरेको बताउनु भयो ।