२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिस्टियानो जुनियर पोर्चुगलको यू-१५ टोलीमा चयन



अ+ अ-

काठमाडौँ। विश्व प्रसिद्ध फुटबल स्टार क्रिस्टियानो रोनाल्डोका छोरा क्रिस्टियानो रोनाल्डो जुनियर पोर्चुगलको यू-१५ राष्ट्रिय टोलीमा परेका छन्।

मिडिया रिपोर्ट अनुसार, १३ वर्षीय जुनियरलाई मे १३ देखि १८ सम्म क्रोएसियामा आयोजना हुने भ्लात्को मार्कोभिक अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि २२ सदस्यीय टोलीमा समावेश गरिएको हो।

हाल अल नासर फुटबल क्लबको एकेडेमीमा प्रशिक्षण लिइरहेका क्रिस्टियानो जुनियरको यो पहिलो अन्तर्राष्ट्रिय सहभागिता हुनेछ। प्रतियोगितामा पोर्चुगलले इङ्ल्याण्ड, जापान र ग्रिससँग प्रतिस्पर्धा गर्नेछ। उनको छनोटसँगै विश्वभरका फुटबलप्रेमीले उनीबाट भविष्यमा पनि रोनाल्डोजस्तै प्रदर्शनको अपेक्षा गरेका छन्।