२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अष्ट्रेलियाका प्रधानमन्त्री अल्बानिजको पक्षमा शानदार जित, ‘व्यवस्थित’ सरकारको प्रतिबद्धता



अ+ अ-

एजेन्सी । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले आइतबार भएको चुनावमा भारी मतले विजयी हुँदै जीवनयापनको पीडा र करको उथलपुथलको सामना गर्न ‘अनुशासित र व्यवस्थित’ सरकार गठन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

६२ वर्षीय अल्बानिज र उहाँकी हुनेवाला जीवन सङ्गिनी हेडन पुरानो सिड्नीको भित्री भागमा रहेको क्याफे इटालियामा पुग्दा त्यहाँका बासिन्दाले उहाँहरूलाई ताली बजाएर स्वागत गरेका थिए ।

अल्बानिजको लेबर पार्टीले १५० सदस्यीय संसद्मा कम्तीमा ८३ सिट जित्ने अनुमान गरिएको आंशिक परिणामले देखाएको छ ।

विपक्षी नेता पिटर डटनको कन्जरभेटिभ लिबरल–नेसनल गठबन्धनले जम्मा ३८ सिट अन्य दलले १२ सिट जितेका छन् भने अन्य १७ सिटको अझै मत परिणाम आइसकेको छैन ।

“हामी हाम्रो दोस्रो कार्यकालमा सरकारका क्रियाकलापलाई ‘अनुशासित र व्यवस्थित’ रूपमा अघि बढाउने पहल गर्नेछौँ,” अल्बानिजले निर्वाचन परिणाम आफ्नो पक्षमा आएको सुनिश्चततापछि क्याफेमा गरिएको पत्रकार सम्मेलनमा भन्नुभयो ।

“हामी हरेक दिन कडा परिश्रम गर्नेछौँ,” उहाँले भन्नुभयो ।

अल्बानिजको कडा आलोचकका रूपमा निर्वाचनमा होमिएका विपक्षी नेता तथा पूर्व प्रहरी डटनले निर्वाचनमा आफ्नै सीट गुमाउनुको दुर्लभ अपमान सहनुपर्यो ।

उहाँलाई आलोचकहरूले नागरिक सेवामा कटौती गर्ने नीतिहरूको लागि ‘ट्रम्प–लाइट’ को संज्ञा दिएका थिए ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको व्यापार शुल्क र उनीहरूले फैलाएको अराजकता लेबर पार्टीको विजयमा सबैभन्दा ठूलो कारक नहुन सक्छ तर विश्लेषकहरूले तिनीहरू बिजयका लागि सहयोगी बनेको बताएका छन् ।

निर्वाचन परिणामको ब्याख्या गर्दै युनिभर्सिटी अफ सिड्नीका राजनीति शास्त्रका प्राध्यापक हेनरी माहेरले भन्नुभयो, “पछिल्ला केही महिनामा चुनावी अभियानका क्रममा मतदाताको ठूलो हिस्सा परिवर्तन भएको छ । मलाई लाग्छ यो सबैभन्दा महत्त्वपूर्ण कुरा हो ।

अस्थिरताको समयमा मतदाताले स्थिरतालाई नै रोजेका छन् ।

अल्बानिजको जीतको परिमाणले उनको आफ्नै पार्टीलाई आश्चर्यचकित बनाएको छ । लेबर पार्टीका तर्फबाट अर्थमन्त्रीको जिम्मेवारी सम्हालेका जिम चाल्मर्सले भन्नुभयो, “देश अझै आर्थिक सङ्कटतर्फ गइरहेको छ ।”

चाल्मर्सले राष्ट्रिय प्रसारणकर्ता एबीसीसँग भन्नुभयो, “यो जीत हाम्रो अपेक्षाभन्दा बाहिर रहेको थियो, यद्यपि, त्यो इतिहास रच्ने रात थियो र मतदाताले एक पटक फेरि आफ्नो अभिमत लेबर पार्टीको पक्षमा दिएका छन् ।”

उहाँले भन्नुभयो, “दबाबमा रहेका अस्ट्रेलियालीहरू ’अनिश्चित समयमा स्थिरता’ चाहन्छन्। यो जित ‘नम्रताको स्वस्थ सहयोग’ का साथ आएको हो।”

अल्बानिजले नवीकरणीय ऊर्जालाई अङ्गीकार गर्ने, कर कटौती गर्ने, बिग्रँदो आवास सङ्कटको सामना गर्ने र कर्कश स्वास्थ्य सेवा प्रणालीमा लगानी गर्ने वाचा गर्नुभएको छ ।

अस्ट्रेलियाको निर्वाचनले डट्टनको आप्रवासनलाई कम गर्ने, अपराधमा कडाई गर्ने र आणविक शक्तिमा लामो समयदेखिको प्रतिबन्ध हटाउने कुरालाई भन्दा स्थिरताको निरन्तरतालाई रोजेको छ ।




भर्खरै