२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना संक्रमणबाट नेपालमा पहिलो पटक एक विदेशी नागरिकको मृत्यु



अ+ अ-

काठमाडौं । कोरोना संक्रमणबाट नेपालमा पहिलो पटक एक विदेशी नागरिकको मृत्यु भएको छ । काठमाडौंको टिचिङ अस्पतालमा उपचाररत् एक चिनियाँ नागरिकको कोरोना  मृत्यु भएको हो । 

अस्पतालका निर्देशक डा. रोहित पौडेलका अनुसार मंगलबार साँझ अस्पतालमा भर्ना भएकी ५८ वर्षीया चिनियाँ महिलाको कोरोना संक्रमणबाट बुधबार बिहान मृत्यु भएको बताए । 

'उहाँ हिजो बेलुका अस्पताल भर्ना हुनुभएको थियो। आज बिहान उहाँको मृत्यु भयो,' उनले भने।

ग्रान्डी अस्पतालमै हुँदा मृतक महिलामा संक्रमण पुष्टि भएको थियो। उनलाई ग्रान्डी अस्पतालबाट टिचिङमा ‘रिफर’ गरिएको थियो।मृतक महिलाको शव अहिले अस्पतालमै राखिएको छ।

नेपालमा कोरोना संक्रमणबाट विदेशी नागरिकको मृत्यु भएको यो पहिलो घटना हो।