८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar दैलेखको मिथेन ग्यास उत्खननदेखि माथिल्लो कर्णाली निर्माणसम्म सरकारलाई एमाले सांसद पोखरेलको माग News Polar सम्भावित भारी वर्षा र बाढीको जोखिमप्रति उच्च सतर्कता अपनाउन नेपाली कम्युनिस्ट पार्टीको अपिल News Polar संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिकसम्बन्धी संशोधन विधेयक सर्वसम्मत पारित News Polar तलबसँगै बैठक र अन्तर्वार्ताको छुट्टै भत्ता दिने व्यवस्था हटाउन सांसद सिंहको माग News Polar म्याद सकिन लागेका न्यायाधीशको अवधि थपेर न्यायालय शुद्धीकरण हुँदैन : रमेश मल्ल News Polar न्यायपालिकामाथि राजनीतिक प्रहार लोकतान्त्रिक संस्कार होइन : सांसद बराल News Polar नियमित वर्षापछि जोखिमयुक्त स्थान र विद्यालयमा काठमाडौं महानगरको निगरानी News Polar इन्द्रजात्रामा ५०४ बालिकाको कुमारी पूजा-फोटो फिचर News Polar नियमित पानी पर्न थालेपछि पहिचान गरिएका जोखिमयुक्त स्थान र विद्यालयहरुमा काठमाडौँ महानगरपालिकाको निगरानी News Polar वर्षाको जोखिमसँगै सरकारलाई सांसद श्रेष्ठको चेतावनीः ‘विपत्ति नआउँदै पूर्वतयारी गर’ News Polar विपद् प्रभावितको मर्यादा र गोपनीयता सम्मान गर्न मन्त्री वादीको आग्रह News Polar बाढी प्रभावित बालबालिकाको १८ वर्षसम्मको शिक्षा र स्वास्थ्यको जिम्मा सरकारले लिने News Polar संघीय संसद्को क्यान्टिन महँगो भएको सांसद भण्डारीको गुनासो News Polar एचपीभी खोपपछि बालिकाको स्वास्थ्यमा गम्भीर समस्या देखिएको भन्दै छानबिन र उपचार माग News Polar विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व News Polar अर्घाखाँचीमा ट्याक्टर ५०० मिटर तल खस्दा चालकको मृत्यु News Polar रास्वपा सांसदले सरकारलाई सोधिन्ः जेन–जी आन्दोलनमा पक्राउ परेकाहरु छोड्न कसको निर्णय कुरेको ? News Polar जेन–जी घाइते र शहीद परिवारको अवस्था सुधार्न सरकारसँग सांसद ढकालको माग News Polar प्रधानमन्त्री राहत कोषमा रु १५ अर्ब नाघ्यो News Polar घट्यो सुनचाँदीको मूल्य

ललितपुर महानगर प्रमुखसँग युरोपेली युनियनका राजदूतद्वारा भेटवार्ता

ललितपुर महानगर प्रमुखसँग युरोपेली युनियनका राजदूतद्वारा भेटवार्ता
अ+ अ-

पाटन, (ललितपुर) । ललितपुर महानगर प्रमुखसँग युरोपेली युनियनका राजदूत भेरोनिक लोरेन्जोले भेटवार्ता गर्नुभएको छ । महानगरप्रमुख चिरीबाबु महर्जन र राजदूत लोरेन्जोबीच आज महानगरप्रमुखको कार्यकक्षमा भेटवार्ता भएको हो ।

ललितपुरको विकास निर्माण र युरोपेली युनियनसँगको सम्बन्धका बारेमा छलफल भएको महानगर प्रमुख महर्जनले जानकारी गराउनुभयो । “राजदूत भेरोनिक लोरेन्जोसँगको भेटघाट अत्यन्तै सौहार्दपूर्ण रह्यो, महानगरमा भएका कामका बारेमा उहाँले चासोपूर्वक जानकारी लिनुभयो, हामीले सम्पदा संरक्षण, वातावरण संरक्षण, हरियाली प्रवद्र्धनका क्षेत्रमा गरेका प्रशस्तै कामका बारेमा रुचिपूर्वक जानकारी लिनुभयो, आपसी हितका विषयमा अति प्रभावकारी छलफल भयो”, उहाँले भन्नुभयो ।

महानगर प्रमुख महर्जनले सामाजिक विकासलाई महानगरले प्राथमिकतामा राखेर काम गरेको जानकारी गराउँदै विपद् व्यवस्थापनका क्षेत्रमा देशका सबै नगरपालिकामध्ये ललितपुरले उत्कृष्ट काम गरिरहेको जानकारी गराउनुभयो ।

युरोपेली युनियनका राजदूत लोरेन्जोले महानगर प्रमुख महर्जनले महानगरको विकासमा गरेको प्रगति, दूरदर्शिता र प्रतिबद्धता प्रशंसनीय भएको धारणा राख्नुभयो । उहाँले समाजमा सकारात्मक परिवर्तनका लागि सक्रियतापूर्वक काम गरिरहेको महानगरको प्रमुखसँग भेटेर कुराकानी गर्न पाउँदा आफूलाई खुसी लागेको बताउनुभयो ।

महानगरको न्यानो आतिथ्यताप्रति आभार प्रकट गर्दै राजदूत लोरेन्जोले यहाँका नागरिकको हित र समग्र विकासका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले नेपाल र युरोपेली युनियनबीचको सम्बन्धलाई मजबुत बनाउन सहयोग गर्ने धारणा राख्नुभयो ।

भेटका क्रममा ‘युरोप डे २०२५’ का बारेमा पनि छलफल भएको थियो । प्रत्येक वर्ष मे ८ मा युरोप डे मनाइन्छ । यो वर्षको युरोप डेमा पाटन सङ्ग्रहालयमा कार्यक्रम आयोजना गरिएको सन्दर्भमा छलफल भएको महानगरका प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठले जानकारी दिनुभयो । रासस