१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ News Polar चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु News Polar एसियाड टेनिस : शिभाली–स्वस्तिका जोडी पहिलो चरणमै पराजित News Polar पूर्वप्रधानन्यायाधीश जबरालाई मध्यरातमा नियन्त्रणमा लिएको भन्दै सांसद मल्लको आपत्ति News Polar व्यक्तिगत इगोका लागि राज्यसत्ताको दुरुपयोग भइरहेको छ : ज्ञानबहादुर शाही News Polar थेबेको आरोप– ‘राज्यकै नाममा गुण्डागर्दी भयो, सरकार अराजकता निम्त्याउँदैछ’ News Polar ६ महिनाको सुत्केरी बिदालाई कर्मचारी सुविधाका रूपमा मात्र हेर्न नहुने : मन्त्री मेहता News Polar बाढीपहिरोले २७ जलविद्युत आयोजना प्रभावित, करिब १ हजार मेगावाट उत्पादन प्रणालीबाट बाहिर News Polar काठमाडौं उपत्यकाबाहिर केन्द्रिय वधशाला बनाउन माग

शिक्षा ऐन तत्काल पारित गर्न नेता खनालको आग्रह

शिक्षा ऐन तत्काल पारित गर्न नेता खनालको आग्रह
अ अ+ अ-

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले शिक्षक आन्दोलनमाथि दमन गर्नु सरकारको शिक्षाविरोधी चरित्र भएको अरोप लगाउनुभएको छ ।

काठमाडौंमा जारी शिक्षक आन्दोलनमा सोमवार ऐक्यवद्धता जनाउन आन्दोलनस्थल पुग्नुभएका पार्टीका अध्यक्ष माधव नेपालसहितका नेताहरुले शिक्षकहरुको आन्दोलनमा आफ्नो पार्टीको ऐक्यवद्धता जनाउनुभएको हो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका खनालले शिक्षक आन्दोलन एक महिना पुग्न लाग्दासमेत शिक्षकको माग बेवास्ता गरेर दमनमा उत्रिएको सरकारको एकीकृत समाजवादीले घनघोर भत्र्र्सना गरेको बताउनु भयो । उहाँले शिक्षकहरुको माग तत्काल पूरा नगरे अर्को जनआन्दोलनको प्रतिक्षा गर्न सरकारलाई चुनौति दिनुभयो । उहाँले तत्काल शिक्षा ऐन पारित गरेर लागू गर्न सरकारलाई आग्रह गर्नुभयो । शिक्षकको माग नसुन्नु सरकारको दिशाहिनता र अराजकताको पराकाष्ठा भएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘शिक्षकहरुको झन्डै एक महिना पुगिसकेको आन्दोलनको मागलाई नसुनिकन जसरी तानाशाही दमनचक्रमा उभिन खोजिरहेको छ सरकार, यसको हामी घनघोर भत्सना गर्दछौँ, विरोध गर्दछौँ र शिक्षकहरु भनेको यो देशका बालबालिकाहरुलाई शिक्षित गर्ने गुरुहरु गुरुआमाहरु हो । उहाँहरुको मागलाई पहिलो प्राथमिकताका साथ यो सरकारले पूरा गर्नु पर्छ । अन्यथा यो भन्दा ठूलो जनआन्दोलनको प्रतिक्षामा बसोस् सरकार म यो चुनौति दिन चाहन्छु । यो सरकारको अकर्मण्यता जनविरोधी शिक्षा विरोधी चरित्र हो। यसप्रकारको चरित्रको हामी विरोध गर्छौं । र देशको शिक्षा व्यवस्थामा २०२८ सालको ऐनले अहिले पनि चालु भइरहेको छ । यसको सट्टा यत्रो परिवर्तन भइसक्दा पनि नयाँ ऐन ल्याउनुपर्ने कुराहरुमा सरकारले अहिले पनि ध्यान दिन नसक्नु त्यसमाथि शिक्षकहरुले योजनावद्ध किसिमले यी मागहरु पूरा गर । कमसेकम पनि शिक्षा ऐन पारित गर, लागू गर भनेर गरेको मागलाई नसुन्नु भनेको अकर्मण्ड्यता दिशाहिनताको अराजकताको पराकाष्ठा हो ।’

नेता खनालले शिक्षाको विकास गर्न कुल बजेटको २० प्रतिशत शिक्षामा लगानी गर्नुपर्ने बताउनु भयो । शिक्षामा लगानी गर्न प्रशस्था बजेट भएको बताउनु भयो । आफू प्रधानमन्त्री हुँदा शिक्षामा कुल बजेटको १६ प्रतिशत लगानी गरेको भन्दै उहाँले त्यसपछिको कुनैपनि सरकारले त्यति बजेट शिक्षा क्षेत्रका लागि नछुट्याएको दाबी गर्नुभयो । उहाँले जनताले तिरेको राजश्वलाई सही ढंगले परिचालन गर्नुपर्ने जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘यो आफैमा अकर्मण्यता हो । यो देशमा शिक्षाको विकास गर्ने हो भने बजेटको २० प्रतिशत हाल्नैपर्छ । म प्रधानमन्त्री हुँदा मैले १६ प्रतिशत हालेको थिएँ तर यो उचाईसम्म अहिलेसम्म कुनै शिक्षा मन्त्री पुग्न सकेको छैन । त्यसकारणले २० प्रतिशत शिक्षामा हाल्नुपर्छ । बजेट नहुने भन्ने कुरै छैन, यो सारा संसारमा जनताले दिएको राजश्व छ त्यो राजश्व परिचानल ठिक ढंगले भएको छैन । भ्रष्टाचारको काण्र्डकाण्डको माला लगाउन पुगिरहेको छ सरकारलाई तर किन यसमा बजेट दिन सक्दैन?’

नेता खनालले शिक्षकहरुको माग पूरा नभएसम्म आफ्नो पार्टीले आन्दोलनलाई समर्थन गर्ने बताउनु भयो ।