६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिक्षक आन्दोलनको सबै दोष सरकारलाई लगाएर कोही उम्किन मिल्दैनः अध्यक्ष ठाकुर



अ+ अ-

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले नेताहरुले शिक्षकहरुको आन्दोलनको सबै सरकारलाई लगाएर उम्किन नमिल्ने बताउनुभएको छ ।

लोसपाको जनकपुरधामस्थित नयाँ कार्यालय उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । अहिले शिक्षकहरु सडक आन्दोलनमा रहेको भन्दै यसको दोष सबै सरकारलाई लगाएर आफू उम्किन नमिल्ने बताउनु भयो । यसको जिम्मेवारी सरकारको नेतृत्व गर्ने सबै नेताहरुले लिनुपर्ने उहाँको भनाइ छ । सरकारमाथि दोष थुपार्ने नभइ सरकारको आलोचना गर्न सकिने बताउनु भयो । उहाँले निजी क्षेत्रका विद्यालय नभए नेपालको शिक्षाको स्थिति कस्तो हुन्छ भन्दै प्रश्न गर्नुभयो । उहाँले सामुदायिक विद्यालयको बलमा सबैलाई शिक्षित गर्नसक्ने अवस्था नरहेको जिकिर गर्नुभयो । नेपालमा पानी र स्वास्थ्यको समस्या पनि त्यत्तिकै रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सरकारलाई दोष दिएर मात्रै हुँदैन । सरकारमाथि हामी आलोचना गर्नसक्छौँ । तर निजी स्कुल रहेन भने के हुन्छ हाम्रो यो शिक्षाको अवस्था?सामुदायिक स्कुलको बलमा सबैलाई शिक्षित गर्नसक्छौँ ?सक्दैनौँ । पानीको समस्या छ । निजी क्षेत्रबाट पानी ट्याङ्करले नल्याउने हो भने पानीको समस्या कति ठूलो छ । हामीसँग पिउने पानीको समस्या पनि त्यत्तिकै छ । स्वास्थ्य समस्या पनि छ । मानिस स्वस्थ रहेमात्रै, शिक्षित रहे मात्रै आफ्नो खुट्टामा उभिनसक्छ । भविष्य निर्माण गर्दछ । अशिक्षित छ, अस्वस्थ छ भने उसले श्रम गर्न सक्दैन ।’

अध्यक्ष ठाकुरले सबै मिलेर काम गरेमात्रै देश बन्नसक्ने बताउनु भयो ।