८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने News Polar कुटीको जग्गाबाट विस्थापित गर्न खोजिएको भन्दै जनकपुरधाममा प्रदर्शन हुने News Polar ओलीले अध्यक्षबाट सम्मानजनक रूपमा नेतृत्वबाट विदा लिनुपर्ने प्रश्ताव केन्द्रिय कमिटीले स्वीकार गरेनः योगेश भट्टराई News Polar महिला कबड्डीमा नेपालले लगातार दोस्रो पटक काँस्य जित्यो News Polar असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अध्यक्ष दाहालको आग्रह News Polar विपद्मा बेपत्ता व्यक्तिको न्यायिक घोषणासहितका व्यवस्था गर्न विधेयक तयार News Polar राष्ट्रिय सभामा लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar कांग्रेसको १५औँ महाधिवेशनको लोगोमा बीपीदेखि देउवासम्मका तस्बिर, यस्तो छ नारा News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा चुस्तः ८ हजारभन्दा बढीले पाए उपचार News Polar पेट्रोलियममा परनिर्भरता घटाउन दीर्घकालीन पूर्वाधार निर्माणलाई प्राथमिकता : मन्त्री साह News Polar पेट्रोलियम आपूर्ति सुधार्न ‘फिसबोन डायग्राम’ र ‘क्रिटिकल पाथ मेथड’ प्रयोग गर्दैछौँ : मन्त्री साह News Polar टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन News Polar अत्यधिक वर्षाको सम्भावनापछि ट्रक व्यवसायीलाई सतर्क रहन महासंघको आग्रह News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द News Polar ईश्वर पोखरेलसहित सात नेता एमालेको स्थायी कमिटीमा News Polar एमालेले विद्या भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउने प्रस्ताव News Polar ओलीको राजनीतिक प्रतिवेदन तल्लो तहसम्म संप्रेषण गर्ने एमालेको निर्णय News Polar नामियाद्वारा भोटेकोशी बाढीपीडितका दोस्रो चरणको सहयोग कोषको खातामा

इरानको विशाल बन्दरगाहमा विस्फोट, १८ जनाको मृत्यु, आगलागी जारी

इरानको विशाल बन्दरगाहमा विस्फोट, १८ जनाको मृत्यु, आगलागी जारी
TOPSHOT - Thick, black smoke rises as rescuers arrive near the source of an explosion at the Shahid Rajaee port dock southwest of Bandar Abbas in the Iranian province of Hormozgan on April 26, 2025. Several containers exploded on April 26 at Iran's largest commercial port, authorities said, causing a major blast and fire, and leaving hundreds injured. Shahid Rajaee, more than 1,000 kilometres (620 miles) south of the capital, is the most advanced container port in Iran, according to the official IRNA news agency. (Photo by MOHAMMAD RASOLE MORADI / IRNA / AFP)
अ+ अ-

एजेन्सी । इरानको सबैभन्दा ठूलो व्यापारिक बन्दरगाहमा भएको विशाल विस्फोटपछि कम्तीमा १८ जनाको मृत्यु र अन्य आठ सय जना घाइते भएको एक दिनपछि आइतबार आगो अझै लागिरहेको सरकारी सञ्चार माध्यमले जनाएको छ ।

विश्वको तेल उत्पादनको पाँचौँ भाग हुने होर्मुज जलडमरुमध्य नजिकै दक्षिणी इरानको शहीद रजाई बन्दरगाहमा शनिबार विस्फोट भएको थियो ।

बन्दरगाहको भन्सार कार्यालयले राज्य टेलिभिजनद्वारा प्रसारित विज्ञप्तिमा विस्फोट सम्भवतः खतरनाक र रासायनिक सामग्री भण्डारण डिपोमा लागेको आगोबाट भएको बताएको छ ।

सुरक्षा मामिलामा छलफल गर्न नाम नछाप्ने सर्तमा न्युयोर्क टाइम्सले इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्ससँग सम्बन्ध राख्ने एक व्यक्तिलाई उद्धृत गर्दै मिसाइलका लागि ठोस इन्धनको एक प्रमुख सामग्री सोडियम पक्र्लोरेटका कारण विस्फोट भएको बताएको छ ।

इरानी राज्य टेलिभिजनले आइतबार १८ जना मारिएको र आठ सय घाइते भएको अद्यावधिक तथ्याङ्क दिएको छ । घटनास्थलबाट लाइभ फुटेजमा अझै पनि बाक्लो कालो धुवाँ देखिन्छ ।

चीनको सरकारी प्रसारक सिसिटिभीले बन्दर अब्बास वाणिज्य दूतावासलाई उद्धृत गर्दै तीन चिनियाँ नागरिक ‘हल्का घाइते’ भएको बताएको छ ।

फार्स न्युज एजेन्सीका अनुसार विस्फोट यति शक्तिशाली थियो कि यो लगभग ५० किलोमिटर ९३० माइल० टाढाबाट महसुस र सुनिएको थियो ।

इरनाका तस्बिरहरूले तेहरानबाट एक हजार किलोमिटर दक्षिणमा रहेको शाहिद रजाईमा भएको विस्फोटपछि भग्नावशेषले ढाकिएको फराकिलो मार्गमा हिँडिरहेका उद्धारकर्ताहरू र बाँचेका व्यक्तिहरू देखाइएको छ ।

ज्वालाले एउटा ट्रक ट्रेलरलाई घेरेको थियो र रगतले कुच्चिएको कारको छेउमा दाग लागेको थियो भने एउटा हेलिकप्टरले थुप्रिएका शिपिङ कन्टेनरहरूको पछाडिबाट बाक्लो कालो धुवाँका बादलहरूमा पानी खसालिरहेको थियो ।

स्थानीय आपत्कालीन सेवाहरूलाई उद्धृत गर्दै सरकारी टेलिभिजनले ‘सयौँलाई नजिकका मेडिकल सेन्टरहरूमा स्थानान्तरण गरिएको’ बताएको छ भने प्रान्तीय रक्त प्रतिस्थापन केन्द्रले दानका लागि आह्वान गरेको छ ।

इरानी राष्ट्रपति मसुद पेजेस्कियनले घातक विस्फोटका पीडितहरूप्रति सहानुभूति व्यक्त गर्दै ‘स्थिति र कारणहरूको अनुसन्धान गर्न आदेश जारी गरेको’ बताउनुभयो ।

घटनास्थलमा पछि गृहमन्त्री इस्कन्दर मोमेनीले राज्य टिभीलाई भन्नुभयो, “अन्य सहर र तेहरानबाट सबै स्रोतहरू पठाइएको छ ।”