२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले बाटो बिरायो, नतिजा सडकमा छः कार्यवाहक सभापति अर्याल



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले सरकारले आफ्नो कर्तव्यको बिर्र्सिएको आरोप लगाउनुभएको छ ।

आईतवार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँगको कुराकानीमा उहाँले यस्तो आरोप लगाउनुभएको हो ।

उहाँले सरकारको तर्फबाट अहिले नयाँ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री (रघुजी पन्त) आउनुभएको र शिक्षकहरुको माग पूरा गर्न पहल गर्नेमा विश्वस्त रहेको बताउनु भयो । उहाँले शिक्षकहरुले यति लामो दिनसम्म आन्दोलनमा रहनु राम्रो नभएको बताउनु भयो । उहाँले शिक्षकहरु यति लामो समयसम्म आन्दोलनमा रहनु सरकारको अकर्मण्यता भएको जिकिर गर्नुभयो । यो सरकारले बाटो बिराएको नतिजा भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सरकारको तर्फबाट नयाँ शिक्षामन्त्री आउनुभएको छ । नयाँ शिक्षामन्त्रीले यसको पहल गर्नुहोस् भन्ने शुभकामना छ । शिक्षकहरुको यति लामो समयसम्म आन्दोलन हुनु हुँदैन थियो । निजामति कर्मचारी, स्वास्थ्यकर्मीहरु सडकमा आउने अवस्था छ । यो सरकारको अकर्मण्यता हो । सरकार जेका लागि बनेको थियो । सरकारले आफ्नो उपस्थिति देखाउन नसक्नु र सरकार संवेदनशील हुन नसक्नु । शिक्षकहरुको आन्दोलन विद्यालय शिक्षा ऐन पनि आइरहेको बेलामा बसेर, छलफल गरेर सरकार भनेको अविच्छिन्न संस्था हो । सरकारले पटक पटक गरेको सम्झौता र वार्तामा बसेर निर्णय गरेर दुई पक्षिय छलफल गरेर कार्यान्वयनमा जानुपर्नेमा सरकार चुकिरहेको छ । सरकारले आफ्नो बाटो बिराएकोको रिजल्ट हो यो । शिक्षा ऐन आइसकेको अवस्था छैन, उपसमितिले काम गरिरहेको छ । १३२ वटा संशोधन हामीले नै राखेका छौँ । हामी त शिक्षकहरुको पक्षमा नै छौँ । कुनैपनि पक्ष आएर यसरी सडकमा नआओस् भन्ने हो ।’

उहाँले शिक्षा ऐनमा आफ्नो पार्टीको तर्फबाट सांसदहरुले १ सय ३१ वटा संशोधन हालेको जानकारी गराउनु भयो ।