२ आश्विन २०८३, शुक्रबार Friday, September 18, 2026
२ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar नोर्डक्याप यात्रा, उत्तरी नर्वेको आकर्षक गन्तव्य News Polar विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि वातावरण बनाउनुपर्छः मुख्यमन्त्री कार्की News Polar कृषिमन्त्री चौधरीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट News Polar मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा News Polar पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन News Polar बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति News Polar फ्लाइ दुबईले पोखराका लागि दैनिक प्रत्यक्ष उडान सञ्चालन गर्ने घोषणा News Polar धनधान्यकी देवी महालक्ष्मीको आजदेखि १६ दिनसम्म विशेष आराधना सुरु News Polar सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि १४ कार्यक्रम सञ्चालनमा News Polar अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशङ्करबीच भेटवार्ता News Polar रेग्मीको अध्यक्षतामा नेफेजमा नयाँ कार्यसमिति चयन News Polar स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न ऐन संशोधनको तयारी News Polar देशमा द्रुत आर्थिक वृद्धिका लागि कृषि क्षेत्रमा लगानी वृद्धि गर्नुपर्छः संयोजक दाहाल News Polar स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ News Polar शव व्यवस्थापन गरिएको स्थानमा स्मृति उद्यान बनाइने News Polar पाकिस्तानी राजदूत खानद्वारा रासस परिवारप्रति सहानुभूति प्रकट News Polar बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने News Polar बाढीको पानी घट्यो, जोखिम घटेन News Polar जुम्ली स्याउको बजार विस्तार र शीतभण्डारमा जोड दिन सभामुखसमक्ष आग्रह News Polar साउनमा महँगी बढ्यो,मुद्रास्फीति ५.९६ प्रतिशतमा

नेकपाका सङ्गठित सदस्य पन्ध्र हजार, विभाग उनन्तीस

नेकपाका सङ्गठित सदस्य पन्ध्र हजार, विभाग उनन्तीस
अ+ अ-

त्रिशूली । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नुवाकोटको सचिवालय बैठकले नुवाकोटमा नेकपाको सङ्गठित सदस्य सङ्ख्या १५ हजार भन्दा बढी रहने निर्णय गरेको छ । शहीद प्रतिष्ठान बान्द्रेमा शनिबार बसेको पहिलो सचिवालय बैठकले नुवाकोटमा दुई पार्टीबीच एकता भएसँगै सङ्गठित सदस्य सङ्ख्या १५ हजार ७७५ अनुमोदन गरी केन्द्रीय सङ्गठन विभागमा प्रमाणीकरणको लागि पठाउने निर्णय गरेको हो ।

बैठकले नेकपा नुवाकोटमा विभिन्न २९ वटा विभाग राख्न यसअघिको जिल्ला कमिटी सदस्यको बैठकले प्रस्ताव गरेर कार्यालय बैठकबाट सिफारिस गरिएका विभागलाई अनुमोदन गर्दै प्रमुख र उपप्रमुखहरु चयन गरेको छ । विभागअन्तर्गत जिल्ला अध्यक्ष हीरानाथ खतिवडा पार्टी स्कुल विभाग र सचिव नारायणप्रसाद खतिवडा सङ्गठन विभागको प्रमुखमा चयन हुनुभयो । 

यसैगरी प्रचार तथा प्रकाशन विभागमा बद्री मैनाली, कृषि तथा भूमिसुधार विभागमा पशुपति कोइराला, कोष तथा आर्थिक व्यवस्थापनमा विष्णु लोहनी, खानेपानी तथा सरसफाइ विभागमा कमल खतिवडा, जलस्रोत, सिँचाइ तथा कर्जा विभागमा शान्ता अधिकारी, निर्वाचन विभागमा बाबुराम अधिकारी, न्याय, कानून तथा मावनअधिकार विभागमा लीलानाथ न्यौपाने, पर्यटन तथा नागरिक उड्डयन विभागमा काशीराज अधिकारी चयन हुनुभयो । 

उपभोक्ता हित तथा आपूर्ति विभागको प्रमुखमा ईन्द्रबहादुर पण्डित, अर्थ तथा योजना विभागमा खिलप्रसाद दवाडी, उद्योग तथा वाणिज्य विभागमा जीतेन्द्र विष्ट, प्रादेशिक मामिला विभागमा रामेश्वर खड्का, पुस्तकालय तथा अभिलेख विभागमा यमकुमार खाती, भौतिक पूर्वाधार तथा यातायात विभागमा तेजबहादुर लामा  युवा तथा खेलकूद विभागमा नारायण बस्नेत, वन तथा वातावरण विभागमा रत्नबहादुर विश्वकर्मा, विज्ञान तथा प्रविधि विभागमा भोला सेढाइँ, शिक्षा तथा मानव स्रोत विभागमा विष्णुबहादुर बोगटीलाई चयन गरिएको प्रचार तथा प्रकाशन विभागका प्रमुख बद्रि मैनालीले जानकारी दिनुभयो । 

उहाँको अनुसार श्रम तथा रोजगार विभागमा मङ्गलमाया प्रजापति, समाज कल्याण विभागमा लोचन नेपाल, सहकारी तथा गरिबी निवारण विभागमा अरुण श्रेष्ठ, सामान्य प्रशासन विभागको प्रमुखमा मुकुन्द आचार्य, साहित्य तथा कला संस्कृति विभागको प्रमुखमा टलकमान श्रेष्ठ, स्थानीय तह विभागको प्रमुखमा बुद्धि प्रधान, स्वास्थ्य तथा जनसङ्ख्या विभागको प्रमुखमा गमला श्रेष्ठ, महिला विभाग प्रमुखमा कल्पना रिमाल र शहरी विभागको प्रमुखमा मानबहादुर तामाङलाई चयन गरिएको छ ।

सबै विभागका प्रमुखसँगै उपप्रमुख पनि चयन गरिएको छ । दुई पार्टी एक भएसँगै बनाइएको विभाग भएकाले प्रमुख र उपप्रमुख साविकको दुई पार्टीबाट समान सहभागितामा बनाइएको छ । बैठकले समसामयिक राजनीतिक सन्दर्भमा छलफल गर्दै सचिवालय सदस्य र अतिथिबाट आएका राय तथा सल्लाहका आधारमा आगामी दिनमा कार्यान्वयन लैजाने निर्णय गरेको छ । बैठकमा जिल्ला सचिवालयका पदाधिकारीसहित अतिथिको रुपमा वाग्मती प्रदेशका पदाधिकारीको सहभागिता रहेको थियो ।