८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने News Polar कुटीको जग्गाबाट विस्थापित गर्न खोजिएको भन्दै जनकपुरधाममा प्रदर्शन हुने News Polar ओलीले अध्यक्षबाट सम्मानजनक रूपमा नेतृत्वबाट विदा लिनुपर्ने प्रश्ताव केन्द्रिय कमिटीले स्वीकार गरेनः योगेश भट्टराई News Polar महिला कबड्डीमा नेपालले लगातार दोस्रो पटक काँस्य जित्यो News Polar असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अध्यक्ष दाहालको आग्रह News Polar विपद्मा बेपत्ता व्यक्तिको न्यायिक घोषणासहितका व्यवस्था गर्न विधेयक तयार News Polar राष्ट्रिय सभामा लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar कांग्रेसको १५औँ महाधिवेशनको लोगोमा बीपीदेखि देउवासम्मका तस्बिर, यस्तो छ नारा News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा चुस्तः ८ हजारभन्दा बढीले पाए उपचार News Polar पेट्रोलियममा परनिर्भरता घटाउन दीर्घकालीन पूर्वाधार निर्माणलाई प्राथमिकता : मन्त्री साह News Polar पेट्रोलियम आपूर्ति सुधार्न ‘फिसबोन डायग्राम’ र ‘क्रिटिकल पाथ मेथड’ प्रयोग गर्दैछौँ : मन्त्री साह News Polar टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन News Polar अत्यधिक वर्षाको सम्भावनापछि ट्रक व्यवसायीलाई सतर्क रहन महासंघको आग्रह News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द News Polar ईश्वर पोखरेलसहित सात नेता एमालेको स्थायी कमिटीमा News Polar एमालेले विद्या भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउने प्रस्ताव News Polar ओलीको राजनीतिक प्रतिवेदन तल्लो तहसम्म संप्रेषण गर्ने एमालेको निर्णय News Polar नामियाद्वारा भोटेकोशी बाढीपीडितका दोस्रो चरणको सहयोग कोषको खातामा

राज्यमन्त्री फालिए, यसरी जोगिए उर्जामन्त्री

राज्यमन्त्री फालिए, यसरी जोगिए उर्जामन्त्री
अ+ अ-

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री रहेका पूर्णबहादुर तामाङ (कान्छाराम) लाई बर्खास्त गरेका छन् ।

उनी कांग्रेसको रामेछाप जिल्लाका सभापति हुन् भने २०७९ मंसिरको प्रतिनिधिसभा चुनावबाट निर्वाचित सांसद हुन् । कान्छाराम गएको साउन १८ गते राज्यमन्त्रीमा नियुक्त भएका थिए ।

उनको बर्खास्तगीको संयोग यस्तो परेको छ कि कांग्रेस सभापति शेरबहादुर देउवा हाल स्वास्थ्य उपचारका लागि थाइल्याण्डको बैंककमा छन् । यही बेला प्रधानमन्त्री ओलीले राज्यमन्त्री तामाङलाई बर्खास्त गरेका हुन् ।

त्यसो त प्रधानमन्त्री ओली उनीदेखि सुरुदेखि नै सन्तुष्ट थिएनन् । उनी राज्यमन्त्री नियुक्त भएदेखि नै सञ्चारमाध्यममा निर्माण व्यवसायी, त्यो पनि विभिन्न आयोजनामा कालो सूचीमा परेका निर्माण व्यवसायीलाई मन्त्री बनाएको भनेर निकै आलोचना भएको थियो ।

प्रधानमन्त्री ओलीले कान्छाराम मात्र नभएर उर्जामन्त्री दीपक खड्कालाई नै बर्खास्त गर्न चाहन्थे । किनभने उनी मन्त्री बनेदेखि नै लैनचौरस्थित स्काउटका सटरहरु भाडामा लिएर करोडौँ रुपैयाँ भाडा नतिरेको भनेर विवादमा आएका थिए ।

मिडियाले निकै नै खेद्न थालेपछि प्रधानमन्त्री ओलीले यस विषयमा पटक पटक कांग्रेसका सभापति शेरबहादुर देउवासँग परामर्श पनि गरेका थिए । तर देउवाले नमानेपछि यो प्रकरण यसै रोकिएको थियो ।

त्यसपछि विकसित परिस्थितिमा प्रधानमन्त्रीले कुनै पनि हालतमा कुलमानलाई बर्खास्त गर्र्ने एजेण्डामा थिए । त्यो एजेण्डामा मन्त्री खड्काले प्रधानमन्त्रीलाई साथ दिएका थिए ।

उता राज्यमन्त्री कान्छारामले भने कुलमानको सपोर्ट गर्न थालेका थिए । उनले सार्वजनिक रुपमा नै कुलमानलाई हटाउन नहुने बताएका थिए । त्यसपछि प्रधानमन्त्रीले उनका बारेमा चासो राखेर कांग्रेसबाट सरकारमा नेतृत्व गरेका प्रकाशमान सिंहलाई पनि भनेका थिए ।

प्रकाशमान सिंहमार्फत उनले पठाएको खबर पनि कान्छारामले सुनेको नसुन्यै गरेका थिए । त्यसपछि प्रधानमन्त्रीले कांग्रेसका सबै मन्त्रीहरुलाई यो कुरा भनेका थिए । तर पनि उनले प्रधानमन्त्रीसँग माफी माग्न मानेका थिएनन् । त्यसपछि प्रधानमन्त्रीले उनलाई आज बर्खास्त गरेका छन् ।

कांग्रेसकै एकजना मन्त्री भन्छन्‐ सुरुमा त प्रधानमन्त्री उर्जामन्त्रीलाई नै हटाउन चाहेका थिए । तर कुलमान हटाउने काण्डमा प्रधानमन्त्री र उनको कुरा मिलेपछि उर्जामन्त्री थामिए, यता राज्यमन्त्री फालिए ।