२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजदेखि टियूको ट्रान्सक्रिप्ट आवेदन अनलाइन मार्फत दिन मिल्ने



अ+ अ-

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आजदेखि ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटको आवेदन अनलाइन मार्फत दिन मिल्ने भएको छ ।

परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा प्रदान गरिने सेवाहरूको लागि सेवाग्राहीले परीक्षा नियन्त्रण कार्यालयमै आउनु पर्ने अवस्थालाई न्यूनीकरण गर्न गत वर्षदेखि नै अनलाइन सेवा सञ्चालन गरेको थिये । तर, प्राविधिक कारणले गर्दा निरन्तरता दिन भने सकेको थिएन । आजबाट उक्त सेवालाई निरन्तरता दिइएको बताइएको छ ।

परीक्षा नियन्त्रण कार्यालय, बल्खुले एक सूचना जारी गर्दै वैशाख २ गते प्रातः ११ः०० बजेदेखि ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटको आवेदनको लागि अनलाइन सेवा सञ्चालन हुने जानकारी दिएको हो ।

अनलाइनमा फारम भर्न student.tuexam.edu.np मा लगइन गरी दिइएको निर्देशन अनुसार फारम भरेर तोकिएको शुल्क तिरी  submit  गर्नुपर्ने छ ।