६ भाद्र २०८३, शनिबार
,
Latest
सुदूरपश्चिमका कला, संस्कृतिको संरक्षण र प्रचारप्रसार आवश्यक छ : प्रदेश प्रमुख मियाँ महावाणिज्य दूतावास जेद्दाद्वारा  श्रमिक सचेतना सञ्चालन पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’ नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न बालेन भ्रमणः मुस्ताङको ‘अफरोड’ मा कार्यकारीको ‘ड्राइभ’ हर्मुज जलमार्ग ‘अमेरिकी नियन्त्रण’ मा रहेको राष्ट्रपति ट्रम्पको दावी स्वास्थ्य-सेवामा सहजता दिलाउन बनेपाद्वारा चार संस्थासँग सम्झौता यम बरालको प्रश्न: कलाकार प्रति राज्यको उदासीनता कहिले सम्म ? अमेरिकी बालबालिकाको गोपनीयतासम्बन्धी मुद्दामा टिकटकले ४० करोड डलर तिर्न सहमत गरिमा चौधरी हत्या प्रकरणमा गृहमन्त्रीसँग परिवारको वार्ता सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्य शिविरबाट ८०० जनाले सेवा लिए



अ+ अ-

गुल्मी । इस्मा गाउँपालिका–६ अमरपुरमा विशेषज्ञ  चिकित्सकसहित सञ्चालन गरिएको नि:शुल्क स्वास्थ्य शिविरबाट ८०० भन्दा बढी बिरामीले सेवा लिएका छन् । संयुक्त राष्ट्रसङ्घका पूर्वसहायक महासचिव कुलचन्द्र गौतमको परिवारद्वारा स्थापना गरिएको ‘हिमा स्मृति कोष’को आयोजनामा इस्माको अमरपुर स्वास्थ्य चौकीमा दुईदिने स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

शिविरमा हाडजोर्नी, मुटु, मृगौला र स्त्रीरोगसम्बन्धि स्वास्थ्य परीक्षण गरिनुका साथै बिरामीलाई आवश्यक औषधिसमेत नि:शुल्क उपलब्ध गराइएको थियो । घरबाट लौरो टेकेर स्वास्थ्य जाँच गर्न पुग्नुभएकी ईस्मा अमरपुरकी ७९ वर्षीय तारा अर्यालले गाउँमै सेवा लिन पाएकामा खुसी व्यक्त गर्नुभयो ।

उपचार गराउन टाढाका अस्पताल पुग्न नसक्ने गरीब, अशक्त, अपाङ्ग, महिला तथा बृद्धबृद्धालाई लक्षीत गरेर गाउँमै स्वास्थ्य शिविर सञ्चालन गरिएको संयुक्त राष्ट्रसङ्घका पूर्वसहायक महासचिव एवं हिमा गौतम स्मृति कोषका सस्थापक गौतमले बताउनुभयो । गौतम परिवारले बुबा ओमप्रसाद गौतमको नामबाट शिक्षा र आमा हिमा गौतमको नामबाट स्वास्थ्य क्षेत्रमा विभिन्न सामाजिक काम गर्दै आउनुभएको छ ।

कोषका अध्यक्ष नारायण पराजुलीले लामो समयदेखि गाउँको स्वास्थ्य र शिक्षा क्षेत्रमा काम गर्दै आएकाले यसपटक पनि स्वास्थ्य शिविरलाई निरन्तरता दिइएको बताउनुभयो । शिविरमा डा प्रकाश पौडेलको संयोजनमा मेडिसिटी अस्पतालका वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा ऋषीकुमार काफ्ले, डा प्रकाश पौडेल, डा समीरचन्द्र गौतम, काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा प्रतिज्ञा गौतम, रुपा झा तथा हाडजोर्नी विशेषज्ञ र मेडिकल अधिकृतसहितको टोलीले बिरामीलाई सेवा प्रदान गरेको हो ।

गौतम परिवारले  स्वर्गीय बुबा र आमाको नामबाट विद्यार्थीलाई शैक्षिक सामग्री, पुरस्कार, विद्यालयमा संरचना निर्माण, दिवाखाजालगायतका कार्यक्रममा सहयोग  गर्दै आएको छ । गौतम परिवारले अमरपुरको स्वास्थ्यचौकी निर्माण गर्न नि:शुल्क जग्गा प्रदान गर्नुका साथै शिक्षा, स्वास्थ्य, महिला सशक्तिकरण र सामाजिक विकासको क्षेत्रमा उल्लेख्य काम गरेका स्थानीय समाजसेवी हिरा एसीले बताउनुभयो । रासस