२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधान विरोधी गतिविधि गर्न कसैलाई छुट छैन : सञ्चारमन्त्री गुरुङ



oppo_2
अ+ अ-

स्याङ्जा। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले संविधानमाथि आँच आउने गरी गतिविधि गर्न कसैलाई छुट नभएको बताउनुभएको छ ।

स्याङ्जाको वालिङ नगरपालिका–१३ उदियाचौरस्थित सरस्वती माध्यमिक विद्यालयको स्वर्ण महोत्सव समारोहलाई सम्बोधन गर्दै सञ्चारमन्त्री गुरुङले गणतन्त्र तथा संविधान विरोधी गतिविधि गर्ने छुट कोहीलाई पनि नभएको बताउनुभयो । हिंसात्मक गतिविधि, लुटपाट, आगजनी तथा शान्तिसुरक्षा खलल पार्नेगरी संविधान विरोधी गतिविधि गर्नेलाई राज्यद्रोहको मुद्दा लगाउन सकिने उहाँले बताउनुभयो ।

गणतन्त्रको युगमा राजतन्त्र खोज्नु बिजुलीको युगमा अगुल्टो खोज्नु जस्तै हो”, सञ्चारमन्त्री गुरुङले भन्नुभयो, “अहिले देश धेरै अगाडि गइसकेको छ, अब पछाडि फर्किन सम्भव छैन, राजतन्त्र आउने कुरा कल्पना बाहिरको कुरा हो ।”

नागरिकले राजनीतिक दलहरुबाट गरेका आशा तथा अपेक्षा चाहेअनुरुप पूरा हुन नसके पनि गणतन्त्रपश्चात् विकासले धेरै फड्को मारेको सञ्चारमन्त्री गुरुङको भनाइ थियो । मुर्खहरु मात्रै निरकुंश राजतन्त्र ल्याउनुपर्छ भनेर लाग्ने गरेको उल्लेख गर्दै उहाँले सज्जनले यस्तो कुरा उठाउनै नसक्ने बताउनुभयो ।

राजतन्त्र त्यो दिन सक्कियो जुन दिन नारायणहिटी दरबार हत्याकाण्ड भएको थियो”, उहाँले भन्नुभयो । स्वर्णमहोत्सव समारोहमा पूर्वमन्त्री पद्माकुमारी अर्यालले नेपाली समाज धेरै अगाडि बढिसकेकाले अब पछाडि नफर्किने बताउनुभयो । उहाँले भन्नुभयो, “हल्लाका पछि कोही पनि नजाउ, हल्लाले बिगार्छ ।

कार्यक्रममा पूर्वमन्त्री जगत् विश्वकर्मासमेत उपस्थित हुनुहुन्थ्यो । विसं २०३२ मा स्थापना भएको उक्त विद्यालयमा कक्षा १२ सम्म पठनपाठन हुँदै आएको छ । यहाँ छात्रबास सञ्चालनको समेत तयारी भइरहेको छ । स्वर्णमहोत्सवका अवसरमा जग्गादाता, चन्दादाता, पूर्वप्रधानाध्यापक तथा शिक्षक शिक्षिकाहरु, विद्यार्थीलगायतलाई सम्मान गरिएको थियो । रासस