२० मंसिर २०८२, शनिबार
,
Latest
कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’ प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई भ्याली पब्लिक बास्केटबलमा तेजस्वी र पारामाउन्ट विजयी महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिउँदे अधिवेशन विधायिकी कामको हिसावले सफलः सचिव भट्टराई



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले हिउँदे अधिवेशन विधायिकी कामको हिसावले सफल भएको बताउनुभएको छ ।

मंगलवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले हिउँदे अधिवेशनमा १३ वटा विधेयकहरु संसदले पास गरेको यो विगतको तुलनामा महत्वपूर्ण उपलब्धि रहेको बताउनु भयो । उहाँले विधायिकी कामको हिसावले आलोचना गर्नुपर्ने ठाउँ नरहेको बताउनु भयो । उहाँले सरकारले पनि केही महत्वपूर्ण विधेयकहरु हिउँदे अधिवेशनमा प्रश्तुत गरेको र महत्वपूर्ण रहेको बताउनु भयो ।

सचिव भट्टराईले भन्नुभयो, ‘यो हिउँदे अधिवेशनमा १३ वटा विधेयकहरु संसदले पास गरेको छ । विगतको तुलनामा यो धेरै नै महत्वपूर्ण उपलब्धि हो । संसद आज चल्न पाएको भए थप दुई वटा विधेयक पनि पास हुन्थे । विधायिकी कामको हिसावले त्यति आलोचना गर्नुपर्ने ठाउँ छैन । यो बीचमा समितिले पनि पर्याप्त मात्रामा बैठकहरु गर्नुभयो । त्यस कारणले नै यो सम्भव भएको हो । सरकारले पनि केही महत्वपूर्ण विधेयकहरु यो हिउँदे अधिवेशनमा प्रश्तुत गरेको छ । सशस्त्र प्रहरी बल र नेपाल प्रहरी बलको सम्बन्धमा बनेको ऐनलाई विधेयकको रुपमा ल्याएको छ । नागरिकता संशोधन विधेयक ल्याएको छ । नागरिक उड्डयन प्राधिकरण र हवाई उड्डयन प्राधिकरण सम्बन्धी दुई वटा विधेयकहरु जो दशकौंदेखि यो कानून बन्नुपर्छ भनेर आवाज उठिरहेको तर कानून नबनेको हुनाले सरकारले यो विधेयक ल्याएको छ । यद्यपि म संस्कृति, पर्यटन भएको बेलामा पनि यो विधेयक राष्ट्रिय सभाबाट हामीले पारित गरिसकेका छौँ ।’

सचिव भट्टराईले प्रधानमन्त्रीले ४÷४ पटक संसदलाई सम्बोधन गर्नु भनेको प्रधानमन्त्रीले संसदलाई विशेष महत्व दिएको पाएको पनि बताउनु भयो । हिउँदे अधिवेशनमा समसामयिक राजनीतिमा उठिरहेका विषयवस्तुको बारेमा पनि संसदमा छलफल भएको बताउनु भयो । ०७९ पछि बनेको प्रतिनिधि सभामा परिपक्वता, सहिष्णुताको अभाव खड्किएको बताउनु भयो ।