७ भाद्र २०८३, आईतवार
,
Latest
आज संस्थाहरु डराएका छन्, हाम्रा क्रियाकलापबाट मुलुकको लोकतन्त्र कमजोर नबनोस्ः सभापति लामिछाने बदलिँदो परिस्थितिअनुसार एमाले रूपान्तरण हुनुपर्छः उपाध्यक्ष गुरुङ भारतका केएस भरतले काठमाडौँबाट एनपिएल खेल्ने जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल पार्टी कार्यकर्तालाई रविको निर्देशन–पुराना दलहरुसँग ३५ वर्षको हिसाव माग्ने काम बन्द गर्नू, अगामी ३५ वर्षको… जनसरोकारका मुद्दा संसदमा प्रभावकारी रूपमा उठाउन कार्यकर्ता सुसूचित हुनुपर्छः गगन थापा सरकार संसदप्रति उत्तरदायी भएन, बदलाको राजनीतिले सुशासन आउँदैनः निधी जेन्जी आन्दोलनमा लुटिएको ‘सट गन’ सहित एक युवक पक्राउ चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

रमेश लेखकलाई माधव नेपालको प्रश्नः प्रहरी प्रशासनले तपाईंको आदेश मान्न छोडेका हुन् ?



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले तपाईंको आदेश प्रहरी प्रशासनले नमानेको हो ? भन्दै गृहमन्त्री रमेश लेखकलाई प्रश्न गर्नुभएको छ ।

शनिवार नेकपा (एकीकृत समाजवादी) को पार्टी कार्यालय आलोकनगरमा शुक्रवार आन्दोलनकारीहरुले तोडफोड गरी पुर्याएको क्षतिको अनुगमन गर्न पुग्नुभएका गृहमन्त्री लेखकलाई उहाँले यस्तो प्रश्न गर्नुभएको हो ।

शुक्रवार राजावादीहरुले तीनकुनेमा प्रदर्शनका क्रममा निजी र सार्वजनिक सम्पतीमा तोडफोड गरी क्षति पु¥याएका थिए । सोही क्रममा नेकपा (एकीकृत समाजवादी)को पार्टी कार्यालयमा पनि आगजनी र तोडफोड गरेका थिए ।

पार्टी कार्यालयमा आन्दोलनकारीले आगो लगाएको बारेमा प्रहरी प्रशासनलाई समयमै जानकारी गराउँदा पनि प्रहरी प्रशासनले हेलचेक्र्याँई गरेको पार्टीका नेताहरु बताउँछन् ।

गृहमन्त्री लेखकलाई अवलोकनका क्रममा पार्टी कार्यालय पुग्दा अध्यक्ष नेपालले भन्नुभयो, ‘आधा घण्टा वा १५ मिनेट पहिला आन्दोलनकारीहरु आएको भए केही रहँदैन थियो । तपाईंको आदेश नमानेको हो की हामीलाई शंका त त्यो लागिरहेको छ ।’

राजावादीहरुले शुक्रवार तीनकुनेमा निजी सम्पतीमा आगजनी गर्नुका साथै बाटोमा गुडिरहेका सवारी साधन, भाटभटेनी, पार्टी कार्यालयहरु र जडिबुटीस्थित जडिबुटी प्रशोधन केन्द्र लगायतका सम्पतीहरुमा आगजनी गरेका थिए ।