१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar ३ बजे मन्त्रिपरिषद्को बैठक आज बस्दै News Polar सुनचाँदीको मूल्य घट्यो News Polar चार दिनको वर्षा: पाँच सय ४२ विपद्का घटना News Polar ८५ संस्थालाई नेतृत्वविहीन बनाउने गरी अध्यादेश ल्याएको भन्दै सांसद शर्माको आलोचना News Polar ‘केही नेपाल ऐन व्यवस्था जगाउने विधेयक’ कानूनी सिद्धान्तविपरीत : सांसद कँडेल News Polar केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास News Polar डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक प्रतिनिधि सभामा पेश News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा पेश News Polar विधि विज्ञान प्रयोगशाला विधेयकमाथि समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश News Polar प्रधानमन्त्री दैवीप्रकोप उद्धार र राहत कोषको आय–व्यय विवरण सार्वजनिक गर्न माग News Polar जलवायु परिवर्तनसम्बन्धी दोहोरो समिति नबनाउन सांसद विकको माग News Polar भारतीय कर नीतिले जुट उद्योग धराशायी हुने भन्दै सरकारको ध्यानाकर्षण News Polar भट्टराईको टिप्पणी : ‘ठूला माछा समात्ने प्रकरणमा सरकार पछि हट्नु विडम्बना’ News Polar धुनिबेशीमा ६ वटा सवारीसाधन दुर्घटनामा News Polar प्रधानमन्त्रीको विदेश भ्रमणबारे संसदलाई जानकारी नदिएको भन्दै एमाले सांसद हमालको आपत्ति News Polar विपद् व्यवस्थापन संरचना बलियो बनाउन सरकारसँग सांसद खरेलको माग News Polar सम्पर्कविहीन नागरिकको अवस्थाबारे तत्काल जानकारी दिन सांसद राईको माग News Polar दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति News Polar नारायणी बाढीपीडितलाई प्रदेश सरकारको साथ रहने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन

काँग्रेसका मधेस प्रदेश सांसदद्वारा पदीय आडमा जनकपुरधामस्थित मठ मन्दिरको जग्गा कब्जा

काँग्रेसका मधेस प्रदेश सांसदद्वारा पदीय आडमा जनकपुरधामस्थित मठ मन्दिरको जग्गा कब्जा
अ अ+ अ-

जनकपुर । सत्तारुढ दल नेपाली काँग्रेसका मधेस प्रदेश सांसद जंगीलाल राय यादवले पदीय आडमा जनकपुरधामस्थित मठ मन्दिरको जग्गा कब्जा गरेको आरोप लागेको छ ।

दाताहरुले मठ मन्दिरको पूजाआजका लागि दान गर्ने जग्गा मठ मन्दिरका महन्थहरुबाट उच्च पदस्थ व्यक्तिहरुले कब्जा गर्ने जनकपुरधामको यो कुनै नौलो घटना होइन । यसअघि पनि सांसद, मन्त्री र कर्मचारीहरुले मठ मन्दिर र गुठीको जग्गा कब्जा गरिसकेका छन् । सांसद रायले आफ्नो छोरा अमित यादवको नाममा मनखप भनी जनकपुरधाम वडा नम्बर १४ स्थित विहार कुण्ड मन्दिरका जग्गा कब्जा गरेको आरोप स्थनीयहरु र महन्थहरुले लगाएका छन् । जनकपुरधाम ८स्थित विहार कुण्ड मन्दिरको वडा नम्बर १४ प्रहरी चौकी नजिकको रहेको जग्गा सांसद रायको नाममा मन्दिरका महन्थ रामसागर दासले करोडौँको जग्गा मनखप भनी कागज गरिदिएका छन् । अमितले सो जग्गामा अहिले अस्पताल बनाउने निर्माण गर्ने कार्य शुरु गरेका छन् ।

अस्पताल निर्माण गर्न जग्गामा माटो भर्न लाग्दा स्थानीयवासीले मन्दिरको जग्गा व्यक्तिगत व्यवसायिक प्रयोजनमा नभई सार्वजनिक कार्यमा प्रयोग हुनुपर्ने भन्दै विरोध जनाएपछि घटना बाहिरिएको हो । स्थानीयले विरोध गर्न खोज्दा बुधवारदेखि नै विवाद हुँदै आएको छ । स्थानीयवासीले नजिकै रहेका जिल्ला प्रहरी कार्यालय धनुषामा निवेदन समेत दिएका छन् ।

जिप्रका धनुषाले सो निवेदनमा के कसो बुझेर कारवाही प्रक्रिया अघि बढाउने निर्देशन दिएपनि स्थानीय प्रहरी चौकीले विपक्षीसँग आर्थिक लेनदेनको आधारमा केही नगरी मौन बसेको स्थानीय दीपक पटेलले बताउनु भयो । उहाँले भन्नुभयो, ‘मन्दिरको जग्गा यसरी दिनदहाडै अतिक्रमण भइरहेकोमा जिप्रकाले निर्देशन दिएपनि प्रहरी चौकी इन्चार्जलाई पटक पटक भन्दा देवानी मुद्दा हो यसमा म केही गर्न सक्दैन भनी आलटाल गर्दै आएको छ । प्रहरीको यस्तो व्यवहार के लाग्छ भने प्रहरी पनि विपक्षीसँग आर्थिक लेनदेनको आधारमा मिलामतो गरेको हो ।’

अर्का स्थानीय गिरिशचन्द्र यादवले मन्दिरको जग्गामा सार्वजनिक काम हुनुपर्ने बताउनु भयो । अहिले उक्त जग्गा व्यक्तिगत व्यवसायिक प्रयोजनका लागि प्रयोग गरिएको बताउनु भयो । प्रहरीले कारवाही प्रक्रिया अघि नबढाएपनि आफूहरु मौन नबसी न्यायालयसम्म पुग्ने बताउनु भयो ।

घटनास्थलमा पत्रकारहरु गइ जग्गाको बारेमा बुझ्न खोज्दा अमित यादवले आफूले जग्गा लिजमा लिएको र आफ्नो जग्गा भएको बताए । उनले आफूले कुनै कागजात नदिने भन्दै कसले के गर्नसक्छ गर्न चुनौति दिए ।

सिट नं। १२७५—२४ को कि।नं। ३० को ६ कट्ठा ५ धुर ३ कनमा मध्ये ४ कट्ठा एक धुर जग्गा वार्षिक मात्र ४० किलो धान मनपखमा दिने भनी अमितसँग २०६८ साल फागुन १६ गते विहार कुण्ड मन्दिरका महन्थ रामसागर दासले सम्झौता गरेका छन् । बाँकी रहेका २ कट्ठा ४ धुर जग्गा पनि रामविनोद भन्ने व्यक्तिलाई दिएका छन् ।  तर वास्तवमा मनखन भनी दिइएको जग्गा मन्दिरका महन्थले सो बेला २०÷२२ लाख रुपैयाँ विक्री नै गरेको भन्ने कुरा महन्थ रामसागर दासले खुलाएका छन् । पत्रकारहरुसँग कुरा गर्दै महन्थ रामसागरले भने मन्दिरको जग्गा बेच्ने कानूनी प्रावधान नरहेको हुँदा मनखप भनी २०/२२ लाख रुपैयाँ वर्तमान प्रदेश सांसद जंगीलाल राय यादवको छोरासँग विक्री गरेको हो ।

मनखप भनी दिइएको जग्गामा घर निर्माण गर्न पाइन्छ भन्ने पत्रकारहरुको जिज्ञासामा महन्थ रामसागरले भने पूरा जनकपुर नै मठ मन्दिरको जग्गामा कोही मनखप त कोही मोहियानी भनेर बसेका छन् । अहिले सो क्षेत्र बस्ती भएका कारण त्यसमा घर बनाओस् कि, विद्यालय वा अस्पताल त्योसँग मेरो के सरोकार भन्दै तर्किए ।

अमितले सो जग्गामा पर्खाल निर्माण गर्न जनकपुरधाम उपमहानगरपालिकासँग २०७३ साल पुस महिनामै इजाजत पनि लिइसकेका छन् । अमितले सोही बेलादेखि कयौं पटक त्यसमा पर्खाल निर्माण खोज्दा स्थानीयको अवरोधपछि निर्माण गर्न सकेका थिएन । तर यस पटक कांग्रेस संघ, प्रदेश दुवै सरकार र बुवा प्रदेश सांसद भएपछि त्यसको फाइदा उठाउंदै सरकार, प्रहरी र उपमहानगरलाई प्रभावमा पारेर बाउन्सर समेत लगाई पर्खाल निर्माण कार्य अघि बढाएका छन् ।