२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बुटवलमा चाडपर्वमा लक्षित नागरिक सहायता कक्ष सञ्चालन News Polar विपद् आइपर्दा पूर्वतयारीको कार्यान्वयन : रेडक्रस प्रतिकार्यकर्मीको दृष्टिकोण News Polar मुस्ताङबाट हालसम्म ३० प्रतिशतमात्र स्याउ निकासी News Polar पूर्वाधार विकासमा लगानी बढाउन १ खर्ब अधिकृत पुँजीको कोष स्थापना गर्ने प्रस्ताव News Polar दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो News Polar इजरायलसँग उच्चस्तरीय भ्रमण अघि बढाउने र नेपाली श्रमिकको लागत घटाउने कर्णको प्रतिबद्धता News Polar आर्थिक र श्रम कूटनीतिलाई प्राथमिकता दिने सरु जोशीको प्रतिबद्धता News Polar दाताकेन्द्रित सोच त्यागेर राष्ट्रिय हितमा काम गर्न प्रस्तावित राजदूत जोशीलाई चौलागाईंको सुझाव News Polar जर्मनीका लागि प्रश्तावित राजदुत जोशीलाई सांसद पुनको प्रश्नः ‘विदेशमा रहेका नेपालीको मताधिकार र श्रम गन्तव्यको सुरक्षा कसरी हुन्छ ?’ News Polar जर्मनका लाकिग प्रश्तावित राजदुत जोशीसमक्ष एमाले सांसदहरूको प्रश्नः ‘श्रम शोषण र व्यापार घाटा न्युनिकरणको कार्ययोजना के छ ?’ News Polar जर्मनीसँग आर्थिक कूटनीति र श्रम सम्झौतालाई प्रभावकारी बनाउने सरु जोशीको प्रतिबद्धता News Polar सरकारका हरेक गतिविधि लोकतान्त्रिक मूल्य, मान्यतामा आधारित हुनुपर्छः महासचिव पोखरेल News Polar प्रहरीको ‘स्वीप अपरेसन’ : ९८ जना पक्राउ News Polar सुनचाँदीको मूल्य क्रमशः घट्दै News Polar स्वीकृत मापदण्डविपरीत इन्टरनेट सेवा बेच्ने १४ कम्पनीलाई जनही ५० हजार जरिवाना News Polar अर्थमन्त्री वाग्ले विश्व बैंक र आईएमएफको वार्षिक बैठकमा सहभागी हुन बैंकक जाँदै News Polar बडादशैँअघि नतिजा सार्वजनिक गर्ने लक्ष्यसहित कांग्रेसको मतगणना तीव्र, आज २५ टोली परिचालन News Polar बुढीगण्डकी बाढी : धार्चेबाहेक सबै ठाउँमा विद्युत् आपूर्ति पुनः सञ्चालनमा News Polar चितवनमा दुई जातका अङ्गुरको परीक्षण News Polar विश्वकप लिग–२ शृङ्खलाः नेपालले आज ओमानसँग खेल्दै

गुणस्तरीय शिक्षा समृद्धिको आधारशिलाः पूर्वराष्ट्रपति भण्डारी

गुणस्तरीय शिक्षा समृद्धिको आधारशिलाः पूर्वराष्ट्रपति भण्डारी
सम्बोधन गर्नुहुँदै पूर्वराष्ट्रपति भण्डारी काठमाडौँ, १२ चैतः जीवन विकास समाज कटहरी, मोरङद्वारा काठमाडौँको भृकुटीमण्डपस्थित मङ्गलबार नेपाल पर्यटन बोर्डमा आयोजित ‘दिगो विकासका लागि जीवन विकास’ पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्नुहुँदै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी । तस्बिरः गोपाल दाहाल÷रासस
अ अ+ अ-

काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गुणस्तरीय शिक्षा राष्ट्र समृद्धिको आधारशिला भएको बताउनुभएको छ । दिगो विकासका लागि जीवन विकास पुरस्कार, २०८१ वितरण समारोहमा उहाँले मुलुकको आन्तरिक आवश्यकता पूरा गर्न तथा अन्तरराष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्षम जनशक्ति उत्पादनका लागि व्यवहारिक, प्राविधिक र नवप्रवर्द्धनात्मक शिक्षाको खाँचो औँल्याउनुभयो ।

पूर्वराष्ट्रपति भण्डारीले मुलुकमा उपलब्ध प्राकृतिक स्रोतसाधनको दिगो उपयोग गर्दै स्वदेशी उत्पादन वृद्धि तथा रोजगारीका अवसर सिर्जना गर्दै देशको अर्थतन्त्रलाई सुदृढ बनाउनु अति आवश्यक भएको धारणा राख्नुभयो । “यसका लागि प्रभावकारी व्यवस्थापन, क्षमतावान दक्ष जनशक्तिको आवश्यकता छ । नवीन सोच, आधुनिक प्रविधिको प्रयोग र व्यावसायिक क्षमता भएका जनशक्तिले मात्र उत्पादन वृद्धि गर्दै दिगो आर्थिक विकासलाई सुनिश्चित गर्न सक्छ”, उहाँले भन्नुभयो ।

पूर्वराष्ट्रपति भण्डारीले शिक्षा प्रणालीलाई समयानुकूल सुधार गर्दै स्रोत व्यवस्थापन र उद्यमशीलता प्रवर्द्धन गर्न शिक्षालाई उत्पादनसँग जोड्न सबै सरो कार भएकाको ध्यानाकर्षण गराउनुभयो । उहाँले एक गैरसरकारी संस्थाले अन्तरराष्ट्रिय पुरस्कारबापत प्राप्त रकमबाट यस प्रकारको पुरस्कार स्थापना गरी दिगो विकास लक्ष्य हासिल गर्न गुणस्तरीय शिक्षा प्रवर्द्धनमा पु¥याएको योगदान सराहनीय रहेको बताउनुभयो । पूर्वराष्ट्रपति भण्डारीले अगाडि बन्नुभयो, “नेपालले दिगो विकास लक्ष्यअन्तर्गत गुणस्तरीय शिक्षामा विशेष प्रतिबद्धता जाहेर गरेको छ । सोही लक्ष्यअनुरुप सबै नागरिकलाई समावेशी, समान र जीवनोपयोगी शिक्षामा पहुँच सुनिश्चित गर्दै गुणस्तरीय सिकाइ अवसर प्रदान गर्ने उद्देश्य राखिएको छ । तसर्थ, गुणस्तरीय शिक्षाबारे नेपालले जाहेर गरेको प्रतिबद्धतालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारी, गैरसरकारी तथा निजी क्षेत्रबीच समन्वयात्मक सहकार्य आवश्यक छ ।”

प्रतिनिधिसभा सांसद एवं जीवन विकास समाजका संस्थापक अध्यक्ष योगेन्द्र मण्डलले देश विकास र समाज परिवर्तनका लागि सबै आ–आफ्नो ठाउँबाट जिम्मेवारीपूर्वक लाग्नुपर्नेमा जोड दिनुभयो । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष एवं पुरस्कार वितरण निर्देशक समितिका सदस्य डा महाश्रम शर्माले गुणस्तरीय शिक्षा देश विकासको आधार र पूर्वाधार भएको उल्लेख गर्दै दिगो विकास लक्ष्य हासिल गर्न व्यवहारिक र प्राविधिक शिक्षा अपरिहार्य भएको बताउनुभयो ।

पुरस्कार मूल्याङ्कन समितिका संयोजक प्राडा लक्ष्मण ज्ञवालीले पुरस्कार छनोट प्रक्रियाबारे जानकारी दिँदै देशभरबाट आवेदन मागिएकामा छोटो सूचीमा परेका विद्यालयको स्थलगत अवलोकन गरेर पुरस्कार छनोट गरिएको जानकारी दिनुभयो । कार्यक्रममा समितिका सदस्यद्वय पूर्वसचिव जनार्दन नेपाल, युनेस्को नेपालका निमित्त राष्ट्रिय निर्देशक एवं शिक्षा प्रमुख डा ध्रुवराज रेग्मी, पुरस्कार मूल्याङ्कन समितिका सदस्य राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष एवं नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष धमेन्द्र झा, धनञ्जय शर्मा, ओम शर्मा, कूटनीतिक नियोगका प्रमुख तथा विकास साझेदार संस्थाका प्रमुख एवं प्रतिनिधि, विश्वविद्यालयका प्राध्यापक, शिक्षाविद्लगायतको उपस्थिति रहेको थियो ।

तीन विधामा रु १० लाख पुरस्कार

त्यस अवसरमा गुणस्तरीय शिक्षाको सुनिश्चिता तथा सबैका लागि जीवनपर्यन्त शिक्षाको प्रवर्द्धनमा उल्लेखनीय योगदान गरेबापत नगद रु १० लाख राशिको दिगो विकासका लागि जीवन विकास पुरस्कार प्रदान गरियो । नगद रु पाँच लाख राशिको सामुदायिक विद्यालय पुरस्कार मोरङको विराटनगरस्थित पोखरीया माविलाई प्रदान गरिएको छ ।

यस्तै, रु तीन लाख राशिको कृषि, प्राविधिकतर्फ सिन्धुलीको कमलामाइस्थित जनज्योति माविलाई प्रदान गरियो । यसैगरी रु दुई लाख राशिको शिक्षा पत्रकारिता पुरस्कार गोरखापत्रका पत्रकार प्रकृति अधिकारीलाई प्रदान गरिएको छ ।

सोही अवसरमा निर्देशक समिति र मूल्याङ्कन समितिलाई कदरपत्र प्रदान गरियो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सहकार्यमा जीवन विकास समाज मोरङले यो पुरस्कार दिएको हो ।

शिक्षा, स्वास्थ्य, कृषिलगायत क्षेत्रमा काम गर्दै आएको समाजले गुणस्तरीय शिक्षाको सुनिश्चिताका लागि देशका विभिन्न स्थानका सामुदायिक विद्यालयलाई स्रोत व्यवस्थापन र जनशक्तिको क्षमता विकासका लागि सहयोग गर्दै आएको संस्थाका संस्थापक सदस्य सञ्जयकुमार मण्डलले बताउनुभयो । रासस