१० चैत्र २०८१, आईतवार
March 23, 2025 Sunday
Latest
नेपाली बजारमा चिनियाँ विद्युतीय सवारीसाधनहरुको वर्चश्व झनै बढ्यो आईपीएलः ‘एल क्लासिको’ मुम्बई र चेन्नई भिड्दै, वर्षाले खेल बिथोल्ने सम्भावना भब्य दर्शक सहभागिता माझ नेपथ्यको एडिलेड कन्सर्ट सम्पन्न करेन्ट लागेर एकजनाको मृत्यु सुन्तलाको जुस बनाएर अतिरिक्त आम्दानी अमेरिकामा गोली चल्दा तीन जनाको मृत्यु, १५ घाइते भक्तपुरको पिकनिक स्थलनजिक एक व्यक्ति मृत भेटिए, हत्याको आशंका व्हाट्सएपमा नयाँ फिचर: एन्ड्रोइड प्रयोगकर्ताले ‘मोशन फोटो’ शेयर गर्न पाउने विगतमा जारी भएका निर्देशनलाई एकीकृत बनाउने काम जारी छः अध्यक्ष ओझा पूर्वराजा शाहद्वारा मनकामना मन्दिरमा पूजाअर्चना
तपाईं के खोज्दै हुनुहुन्छ ?

विपिन जोशीको सुरक्षित रिहाइका लागि पहल, प्रधानमन्त्रीद्वारा टर्कीका राष्ट्रपतिलाई टेलिफोन



अ+ अ-

काठमाडौँ, ७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र टर्कीका राष्ट्रपति रेकेप तय्यिप इर्डाेगनसँग आज टेलिफोन संवाद गरी हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको सुरक्षित रिहाइका लागि थप पहल गरिदिन आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारबाट प्रधानमन्त्री ओलीले संवाद गरी सो आग्रह गर्नुभएको हो । जवाफमा राष्ट्रपति रेकेपले यस विषयलाई आफूले गम्भीर चासोका रुपमा लिइ पहल गर्ने तथा यसबारे विपिनको परिवार र नेपाली समाजलाई जानकारी दिन आग्रह गर्नुभयो ।

प्रधानमन्त्री ओलीले इजरायलमाथि आक्रमणका क्रममा सन् २०२३ अक्टोबर ७ मा हमासद्वारा बन्धक बनाइएका जोशीको रिहाइका लागि पहल गरिदिन गत फागुन २७ गते इजिप्टका राष्ट्रपतिसँग टेलिफोन कुरानकारी गर्नुभएको थियो ।

आगामी अप्रिलमा टर्कीमा हुने कूटनीतिसम्बन्धी सम्मेलनका सहभागी हुन प्रधानमन्त्री ओलीलाई गरिएको निमन्त्रणाबारे राष्ट्रपति रेकेपले स्मरण गराउनुभयो ।

संवादका क्रममा आर्थिक एवं विज्ञान तथा प्रविधिका क्षेत्रमा सहकार्यका साथै दुुई देशबीचको परस्पर सम्बन्ध विस्तारबारे कुराकानी भएको थियो ।