६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar भोटेकोशी बाढीपछि नुवाकोट : भग्नावशेषबीच फर्किंदै गरेको दैनिकी (फाेटाे फिचर) News Polar मलेसियामा नेपाली श्रमिकमाथिको सिन्डिकेट हटाउन प्रधानमन्त्री शाहको पहल News Polar प्रारम्भिक मतदाता नामावली प्रकाशित, विवरण सच्याउन र दाबी–विरोधका लागि असोज १२ सम्मको म्याद News Polar प्रभु बैंकले ल्यायो ‘प्रभु प्रवासी समृद्धि योजना २०८३/८४’ News Polar नयाँ टियागो ईभीमा ‘जोयफुल विक’ अफर, ४.३ लाख डाउनपेमेन्टमै गाडी News Polar सिप्रदीको आधिकारिक सर्भिस सेन्टर जाल्पादेवी अटोवर्क्समा अब राति ९ बजेसम्म सेवा News Polar असोज ९ गतेदेखि भारी वर्षाको सम्भावना, राति अनावश्यक यात्रा नगर्न प्राधिकरणको आग्रह News Polar एसियाली शारीरिक सुगठन च्याम्पियनसिपमा भाग लिन नेपाली टोली आज थाइल्याण्ड जाँदै News Polar नेकपा एमाले केन्द्रिय कमिटीको दोस्रो दिनको बैठक शुरु News Polar हिमालको आवाज सुनाउने समयः ‘कोप–३१ मा हिमाल बोल्नुपर्छ’ News Polar फिर्केखोलाका अनधिकृत संरचना हटाउन पोखरा महानगरको ताकेता News Polar मिथ्या सूचना नियन्त्रण गर्न समाचार समितिको भूमिका महत्वपूर्णः महाप्रबन्धक राई News Polar डाटा सेन्टरको प्राविधिक समस्या समाधान, नेप्सेमा आजदेखि पूर्ववत कारोबार हुने News Polar संघीय निजामती ऐन : प्रशासन सुधारको प्रयास कि कर्मचारीतन्त्रमा नयाँ अन्योल ? News Polar अब भरतपुर आँखा अस्पतालको सेवा सर्लाही हरिपुर्वामा News Polar पाकिस्तानको हवाई कारबाहीः अफगान सीमा क्षेत्रमा २८ लडाकु मारिए News Polar दक्षिण कोरियाका राष्ट्रपतिको सचिवालय प्रमुखद्वारा राजीनामा घोषणा News Polar भरतपुरमा ‘ट्राफिक लाइट’ राख्ने काम सुरु News Polar डाटा सेन्टरको प्राविधिक समस्यापछि नेप्सेमा कारोबार स्थगन भएकोबारे अध्ययन गर्न धितोपत्र बोर्डको निर्देशन News Polar फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट

कोभिड–१९ राष्ट्रिय तथा अन्तराष्ट्रिय कानून र नेपालकाे अबस्थाका बारेमा तयार प्रतिबेदन संसदको शिक्षा तथा स्वास्थ्थ समितिमा , सरकारलाई निर्देशन दिने समितिको तयारी

कोभिड–१९ राष्ट्रिय तथा अन्तराष्ट्रिय कानून र नेपालकाे अबस्थाका बारेमा तयार प्रतिबेदन संसदको शिक्षा तथा स्वास्थ्थ समितिमा , सरकारलाई  निर्देशन दिने समितिको तयारी
अ+ अ-

काठमाडौ । कोभिड–१९ले सात वटै प्रदेशमा परेको प्रभाव र यसले उत्पन्न गरेको समस्या र स्वास्थ्थ संकटमा समयमा राज्यले गर्नुपर्ने दायीत्व तथा अधिकार का बारेमा तयार पारिएको अध्यायन प्रतिबेददन संसदको शिक्षा तथा स्बास्थ्थ समितिलाई बुझाईको छ ।

नेपाल कानून समाज र शिक्षा तथा स्बास्थ्थ समिति ले सयुक्त रुपमा पारेको अध्यायन प्रतिबेदन शुक्रबार समाजका तर्फ बाट बरिष्ठ अधिबक्ता खिमलाल देबकोटाले समितिका सदस्य सासद जीबनराम श्रेष्ठलाई हस्तान्तण गर्नुभयो ।  प्रतिबेदनमा हाल देखिएका समस्या, समाधानका उपायका यसका लागि लागि संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय कसरी गर्ने भन्ने बारेमा उल्लेख गरिएको छ । यसका लागि नेपालमा एकीकृत नयाँ कानूनको आवश्यकता रहेको सुझाब दिदै प्रतिबेदनले अन्तराष्ट्रिय अनुभव समेतका आधारमा हाम्रो कानुनको अवस्थाका बारेमा उल्लेख गरेको छ । 

यसै गरी कानुनमा सुधारको खाँचो संगै संघ, प्रदेश र स्थानीय तहको बीच परिणाममुखी आपसी समन्वय को अभाब देखिएको कुरालाई उल्लेख गरेको छ । संक्रामक रोग ऐन, २०२० पुरानो कानुन भएको अबस्थामा कतिपय बिषयहरु समय सापेक्ष सुधारको खाचो समेत प्रतिबेदनले औल्याएको छ ।  

यसै गरी विपद जोखिम न्युनीकरण व्यवस्थापन ऐन, २०७४ र जनस्वास्थ्य ऐन, २०७४को अबस्था र अन्तराष्ट्रिय अनुभब र अभ्यासलाई पनि प्रतिबेदनमा समेटिएको छ ।  कोरोना संकट पछि  अमेरिका, अष्ट्रेलिया, बेलायत, फ्रान्स ईटली जर्मनी, वेल्जियम, नेदरल्याण्ड, ब्राजिल, स्वीडेन, आयरल्याण्ड, बेलायत, हंगेरी, डेनमार्क, कतार, माल्दोभा, ईण्डोनेशिया, टिमोर–लेष्ते, ट्युनिसिया , नर्वे, लात्भीया, माल्दिप्स, न्युजिल्याण्ड, दक्षिण कोरिया  लगायतका मुलुकहरुले निर्माण गरेका कानून र हाम्रो बिद्यामन कानूनको लेखाजोखा गर्दे मुल्याङन समेत गरिएको समाजका निर्देशक कृष्णमान प्रधानले जानकारी दिनुभयो ।  सरकारले कार्यन्वयन गरिरहेको संक्रामक रोग ऐन, २०२० अपूर्ण रहेको भन्दै प्रतिबेदनले निम्न कमजोरी औल्याएको छ । जस अनुसार ऐनमा ऐनमा परिभाषा खण्ड नै नभएको ,संक्रामक रोगको परिभाषा समेत नगरेको, महामारी, कीट वा सूक्ष्म जीवाणु आतंक, प्यान्डामिक जस्ता विषयलाई नसमेटेको ,संस्थागत संरचनाहरुको कल्पना नगरेको कुरा उल्लेख गरिएको छ । 

यसै गरी पूर्व तयारी, तत्काल र भविश्यको पुनर्लाभको व्यवस्था नगरिएको ,सुरक्षा लगायतका अन्य निकायको परिचालनको व्यवस्था  नभएको ,कोष खडा गर्ने कुरा सामग्री खरिदको विशेष व्यवस्था नभएको , आदेश जारी वाहेक नियम, निर्देशिका  मापदण्ड जारी गर्ने व्यवस्था नभएको उल्लेख गरिएको छ । यसै गरी यो ऐनले कोभिड–१९ ले उत्पन्न गरेको बहुआयामिक समस्याको समाधान नगर्ने  भन्दै सुझाब प्रतिबेदनमा अड्डा, अदालतसँग सम्बन्धित हदम्याद, तारेख आदि सँग सम्बन्धित समस्याको संबोधन नगरेकोले परिमार्जको आबश्यकता देखाएको छ ।  

यसै गरी विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन ऐन, २०७४  र जनस्वास्थ्य ऐन, २०७४ले समेट्न नसकेका कुरा र समेट्नु पर्ने बिषय पनि प्रतिबेदनमा  उल्लेख  गरिएको छ । पटक पटक यसबारेमा संसदका बिभिन्न समितिहरुले गरेको छलफल र त्यसका आधारमा सरकारलाई  दिईएको सुझाब समेत प्रतिबेदनमा उल्लेख गरिएको छ । समितिका सदस्य जीबनराम श्रेष्ठले समितिको समेत सहभागतामा तयार भएको प्रतिबेदन महत्वपूर्ण रहेका कारण यसबारेमा सरोकारवाला पक्ष संग तत्काल छलफल गर्ने जानकारी दिनुभयो ।