८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने News Polar कुटीको जग्गाबाट विस्थापित गर्न खोजिएको भन्दै जनकपुरधाममा प्रदर्शन हुने News Polar ओलीले अध्यक्षबाट सम्मानजनक रूपमा नेतृत्वबाट विदा लिनुपर्ने प्रश्ताव केन्द्रिय कमिटीले स्वीकार गरेनः योगेश भट्टराई News Polar महिला कबड्डीमा नेपालले लगातार दोस्रो पटक काँस्य जित्यो News Polar असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अध्यक्ष दाहालको आग्रह News Polar विपद्मा बेपत्ता व्यक्तिको न्यायिक घोषणासहितका व्यवस्था गर्न विधेयक तयार News Polar राष्ट्रिय सभामा लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar कांग्रेसको १५औँ महाधिवेशनको लोगोमा बीपीदेखि देउवासम्मका तस्बिर, यस्तो छ नारा News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा चुस्तः ८ हजारभन्दा बढीले पाए उपचार News Polar पेट्रोलियममा परनिर्भरता घटाउन दीर्घकालीन पूर्वाधार निर्माणलाई प्राथमिकता : मन्त्री साह News Polar पेट्रोलियम आपूर्ति सुधार्न ‘फिसबोन डायग्राम’ र ‘क्रिटिकल पाथ मेथड’ प्रयोग गर्दैछौँ : मन्त्री साह News Polar टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन News Polar अत्यधिक वर्षाको सम्भावनापछि ट्रक व्यवसायीलाई सतर्क रहन महासंघको आग्रह News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द News Polar ईश्वर पोखरेलसहित सात नेता एमालेको स्थायी कमिटीमा News Polar एमालेले विद्या भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउने प्रस्ताव News Polar ओलीको राजनीतिक प्रतिवेदन तल्लो तहसम्म संप्रेषण गर्ने एमालेको निर्णय News Polar नामियाद्वारा भोटेकोशी बाढीपीडितका दोस्रो चरणको सहयोग कोषको खातामा

सरकारसंग प्रभु साहको प्रश्न, ‘अरू एयरलाईन्स नाफामा हुँदा नेपाल एयरलायन्समात्रै किन घाटामा गयो ?’

सरकारसंग प्रभु साहको प्रश्न, ‘अरू एयरलाईन्स नाफामा हुँदा नेपाल एयरलायन्समात्रै किन घाटामा गयो ?’
अ+ अ-

काठमाडौं। आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेपाल एयरलायन्स घाटामा हुनुको कारण बारे सरकारसंग प्रश्न सोधेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसद साहले अरू एयरलाईन्स नाफामा हुँदा नेपाल एयरलायन्समात्रै किन घाटामा गयो भनेर प्रश्न सोधेका हुन् ।

‘अरू एयरलान्सले नाफा गर्ने, तर सरकारको नेपाल वायु सेवा निगम घाटामा जाने, नेपाल एयरलाईन्सले आफ्नो जहाज उडाउनै सकेको छैन् । वर्षौदेखि ती जहाजहरु थन्काईएको छ । आन्तरिक उडानका लागि भनेर चीनबाट ल्याईएका पाँच वटा जहाज थन्काएर राखिएको छ । ती जहाजलाई कि उडाउनुपर्यो, कि व्यवस्थापन गर्नुपर्यो । यत्तिकै ती जहाज थन्काएर सरकारले के सन्देश दिन खोजेको हो ?’, साहले प्रश्न गरे ।

अहिले नेपाल वायु सेवा निगमले कि त जहाज नै नउडाउने र उडाईएपनि फूल फेजमा नउडाएको साहको आरोप छ । उनले नेपाल एयरलाईन्सले जहाज उडाउनै पर्यो भनेपनि यात्रु नपाउने (चाप नभएको) ठाउँबाट उडाउने गरेको भन्दै आलोचना गरे । उनले नेपाल एयरलाईन्सको बेथितिबाट सरकारलाई राम्रै लाभ आएको हुनसक्ने आशंका व्यक्त गरे ।

‘यो सरकारले नेपाल एयरलाईन्सलाई डुबाएर कसलाई सेवा गर्न चाहेको हो ? हामीलाई जवाफ चाहियो ?’ उनले प्रश्न गरे । आज नेपाल वायु निगममा दुई थरिका मान्छेहरु हाबी भएको भन्दै एकथरीले एयरलाईन्सलाई राम्रोसँग सञ्चालन गर्नेहरुपनि रहेको तर अर्को समूह नेपाल एयरलाईन्सलाई आफ्नो स्वार्थमा बेच्नेहरुपनि रहेको टिप्पणी उनले गरे ।

उनले यसबारे सरकारको पोजिसन के हो भनेर प्रश्न सोधेका छन् । ‘यो सरकार कता हो ? एयरलाईन्स डुबाउन चाहेको हो कि बढाउन चाहेको ? नेपाल वायु सेवा निगमबाट फाईदा लिन चाहेको हो कि यसलाई बिक्री गरेर निजी वायुसेवा कम्पनीहरुबाट लाभ लिन चाहेको हो ?’, आजपा अध्यक्ष साहले प्रश्न गरे । उनले नेपाल वायु सेवा निगमले अहिले अन्तर्राष्ट्रिय फ्लाईटमा जम्मा चार वटा जहाजमार्फत उडान भरेको सुनाए । तर, वायु सेवा निगमसँग् १५ सय कर्मचारी रहेको तथ्यांक पेश गरे ।

उता, निजी सेवा प्रदायक हिमालययन एयरलाईन्सले पनि चार वटा जहाज उडान गर्ने तर कर्मचरी पाँच सयमात्रै रहेको साहले सुनाए । यस्तै, बुद्ध एयरले १६ वटा जहाज उडाउने गरेको र ७ देखि ८ सयमात्रै कर्मचारी रहेको र यति एयरलाईन्सले पनी १४ वटा जहाज उडाउँदा ७ सय कर्मचारी रहेको तथ्यांक पेश गर्दै नेपाल वायु सेवा निगममा कर्मचारी धेरै राखिएको तर त्यसको उपयोग नगरिएकोमा प्रश्न उठाए ।

उनले नेपाल वायु सेवा निगममा भएको अहिलेको बेथितिको विषयमा को सँग जवाफ माग्ने भन्दै प्रश्न तेर्साए । उनले नेपालको गौरवको रुपमा नेपाल वायु सेवा निगमको राम्रो होस भन्ने चाहेको र यसले नाफा गरोस् भन्ने चाहेको पनि आफ्नो मत राखे । उनले प्रविधि र जहाजको कमि रहेको पनि आवश्यकत्ता औंल्याए ।

उनले नियमित मर्मतसम्भार सी–चेक लगायतमा ठूलो हिनामिना भएको हुनसक्ने र महिनौंसम्म जहाज मर्मतसम्भारको लागि थन्किँदा ठूलो घाटा व्यहोर्नुपर्ने अवस्थाको अन्त्य चाहे । उनले जहाजहरुको सी–चेक नेपालमा किन हुन नसकेको हो भन्नेबारे पनि सरकारसंग जवाफ मागे । उनले हवाई भाडा बढाईएको विषयमा पनि आपत्ति जनाए ।

हवाई भाडा नियन्त्रण गर्न सरकार किन असफल भएको भन्दै उनले प्रश्न उठाए । साथै उनले विदेशमा कर्मचारीको हुने पोष्टिङमा समेत हुने गरेको अनियमितताको बारेमा प्रश्न उठाउदै नेपाल एयरलायन्सलाई युरोपियन युनियनले कालोसूचीमा राखेकोमा त्यसबारेमा सरकारले के गरिरहेको छ भन्ने बारेमा जवाफ माग गरेका छन् ।