२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘भक्तिराम उपाध्याय स्मृति ग्रन्थ’ सार्वजनिक



अ+ अ-

काठमाडौँ। ‘भक्तिराम उपाध्याय स्मृति ग्रन्थ’ सार्वजनिक भएको छ । सांसद सूर्य थापाले उक्त स्मृतिग्रन्थ आज यहाँ आयोजित कार्यक्रममा सार्वजनिक गर्नुभएको हो । उहाँले ग्रन्थले प्यूठानको इतिहासलाई उजागर गरेको बताउनुभयो ।

भक्तिराम उपाध्यायले प्यूठानको विकासमा योगदान गरेको चर्चा गर्दै सांसद थापाले उहाँले देखाएको मार्गदर्शनमा सबै लाग्नुपर्ने बताउनुभयो । प्यूठान शिक्षित र जागृत समाज रहेको उल्लेख गर्दै भक्तिराम जस्ता अन्य व्यक्तिबारे पनि संस्मरण ग्रन्थ लेख्न आवश्यक रहेको उहाँको भनाइ थियो ।

कृषि विकास बैंकका उपमहाप्रबन्धक मीनराज पोखरेलले भक्तिरामले प्यूठानको शिक्षा क्षेत्रमा पु¥याएको योगदान सराहनीय रहेको चर्चा गर्नुभयो । कार्यक्रममा भक्तिरामका छोरा हरिप्रसाद पोखरेलले बुवाले गरेको योगदानबारे जानकारी गराउन ग्रन्थ प्रकाशित गरिएको बताउनुभयो । ग्रन्थका सम्पादक जीवराम भट्टराईले ग्रन्थ युवा पुस्ताका लागि मार्गदर्शन बन्ने विश्वास व्यक्त गर्नुभयो ।

ग्रन्थमा ९८ जना व्यक्तिले भक्तिरामको बारेमा लेख्नुभएको छ । प्यूठान ओखरकोटमा जन्मिनुभएका भक्तिरामले तत्कालीन बिपी कोइरालाको नेतृत्वमा सञ्चालित विसं २००७ को क्रान्तिमा सक्रिय सहभागिता जनाउनुभएको उहाँका छोरा हरिप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

बाल शिक्षा माध्यामिक विद्यालय, पूर्वविद्यार्थी समाजले ग्रन्थ प्रकाशन गरेको हो ।रासस