८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar राष्ट्रिय सभामा लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar कांग्रेसको १५औँ महाधिवेशनको लोगोमा बीपीदेखि देउवासम्मका तस्बिर, यस्तो छ नारा News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा चुस्तः ८ हजारभन्दा बढीले पाए उपचार News Polar पेट्रोलियममा परनिर्भरता घटाउन दीर्घकालीन पूर्वाधार निर्माणलाई प्राथमिकता : मन्त्री साह News Polar पेट्रोलियम आपूर्ति सुधार्न ‘फिसबोन डायग्राम’ र ‘क्रिटिकल पाथ मेथड’ प्रयोग गर्दैछौँ : मन्त्री साह News Polar टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन News Polar अत्यधिक वर्षाको सम्भावनापछि ट्रक व्यवसायीलाई सतर्क रहन महासंघको आग्रह News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द News Polar ईश्वर पोखरेलसहित सात नेता एमालेको स्थायी कमिटीमा News Polar एमालेले विद्या भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउने प्रस्ताव News Polar ओलीको राजनीतिक प्रतिवेदन तल्लो तहसम्म संप्रेषण गर्ने एमालेको निर्णय News Polar नामियाद्वारा भोटेकोशी बाढीपीडितका दोस्रो चरणको सहयोग कोषको खातामा News Polar केयूका संस्थापक उपकुलपति शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि News Polar ताप्लेजुङको दोभान बजारमा विद्युत् सर्ट हुँदा ७ घर जलेर नष्ट News Polar नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर News Polar इन्द्रजात्राको सम्पूर्ण गतिविधि गल्ली म्यापबाट लिन सकिने News Polar प्याब्सनद्वारा भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि २० करोड ८९ लाख राहत सहयोग News Polar भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्गमा राति ९ घण्टा सवारी आवागमन बन्द News Polar भाषाविद् डा बन्धु सम्मानित News Polar दलितको समुदायको अधिकार तथा विकाससम्बन्धी छुट्टै कानून निर्माण गर्दै सरकारः वर्गविहीन र जातविहीन समाज निर्माणमा सांसदहरुको जोड

आमाबाट छुट्टिएको छावाको उद्धार

आमाबाट छुट्टिएको छावाको उद्धार
A rescued two-month-old male wild Sumatran elephant, separated from its mother in a palm oil plantation, is cared for at the Minas Elephant Training Centre (PLG) in Riau on March 11, 2025. (Photo by WAHYUDI / AFP)
अ+ अ-

एजेन्सी। इन्डोनेसियाली अधिकारीहरूले पाम तेलको बगानबाट आमासँग छटेर अलपत्र अवस्थामा रहेको हात्तिको एक बच्चाको उद्धार गरिएको छ।

सङ्कटापन्न अवस्थामा रहेको सुमात्रेली हात्तीको छावालाई उद्धार गरिएको हो । ‘वल्र्ड वाइड फन्ड फर नेचर’का अनुसार विश्वमा दुई हजार ४०० देखि दुई हजार ८०० को हाराहारीमा मात्र रहेको सुमात्रेली हात्ती लोप हुने अवस्थामा पुगेका छन् ।

स्थानीय संरक्षण निकायका अधिकारी उजाङ होलिसुदिनले एएफपीलाई दिएको जानकारीअनुसार सुमात्राको पश्चिमी टापुको रियाउ प्रान्तमा रहेको पाम तेलको बगानमा सोमबार दुई महिनाको भाले छावा फेला परेको हो ।

उजाङले भन्नुभयो, “यो छावा उसको समूह वा उसकी आमाबाट संयोगबस छुट्टिएको हुन सक्छ । यो उसको आमाको अन्य कतै मृत्यु भएपछि एक्लिएको पनि हुनसक्छ।”

उहाँले भन्नुभयो, “बगानमा एक्लो रहेको छावा भोकले भूईमा लडेको अवस्थामा कसैले देखेपछि प्रशासनलाई खबर गरेको र अहिले उसको उद्धार भएको छ ।” “उक्त छावाको स्वास्थ्य परीक्षण भएको र स्वास्थ्य राम्रो रहेकोले उसलाई प्रान्तीय राजधानी पेकानबारु नजिकै रहेको संरक्षण निकायको हात्ती प्रशिक्षण केन्द्रमा ल्याइएको छ,” उहाँले बताउनुभयो ।

अधिकारीहरूले उक्त क्षेत्रमा हात्तीको बथानको निगरानी गरिरहेका र देखिएमा छावालाई परिवारसँग पुनर्मिलन गर्न सकिन्छ कि भनेर थप प्राकृतिक उद्धारको पहल भइरहेको बताइएको छ । अवैध वन्यजन्तुको व्यापारमा बहुमूल्य मानिने हात्तीको दाँतको अत्यधिक चोरी सिकारले हात्तीको सङ्ख्या लाई खतरामा पारेको छ।

इन्डोनेसिया वन्यजन्तु अपराधसँग जुधिरहेको छ र हालैका वर्षहरूमा हात्तीको विषाक्तताका धेरै घटनाहरू भएका रोपोर्ट भएका छन्। वन फँडानीले उनीहरूको प्राकृतिक वासस्थानलाई पनि घटाएको छ र उनीहरूलाई मानिससँग बढ्दो द्वन्द्वमा ल्याएको छ। रासस/एएफपी