८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar प्याब्सनद्वारा भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि २० करोड ८९ लाख राहत सहयोग News Polar भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्गमा राति ९ घण्टा सवारी आवागमन बन्द News Polar भाषाविद् डा बन्धु सम्मानित News Polar दलितको समुदायको अधिकार तथा विकाससम्बन्धी छुट्टै कानून निर्माण गर्दै सरकारः वर्गविहीन र जातविहीन समाज निर्माणमा सांसदहरुको जोड News Polar विष्टले उठाए सरकारको सुशासनमाथि प्रश्न, भ्रष्टाचार छानबिनदेखि बाढीपीडितलाई राहतसम्म माग News Polar सांसद शेर्पाको आक्रोशः ‘ब्युरोक्रेसीलाई विदेश भ्रमणको हतार, पीडितलाई ६ महिनासम्म पनि रिपोर्ट छैन’ News Polar प्रतिनिधिसभा बैठक : निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक, २०८३ प्रस्तुत News Polar विपद्मा परेका बालबालिकाका लागि दीर्घकालीन स्याहार योजना ल्याइने News Polar अविरल वर्षासँगै सतर्क रहन मौसमविद्को आग्रह News Polar सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो News Polar राष्ट्रिय सभामा सांसद खातीको प्रश्नः ‘सरकार फेरिन्छ तर जनताका समस्या किन उस्तै ?’ News Polar राष्ट्रिय सभाको शुन्य समयः भ्रष्टाचार, कुटनीतिक नियुक्ति र सुरक्षा चासोबारे सरकारको ध्यानाकर्षण News Polar रुसमा रहेका नेपालीका समस्या समाधान गर्न सरकारसँग राप्रपा सचेतक ओलीको माग News Polar भारी वर्षा र विपद्को जोखिममा उच्च सतर्कता अपनाउन यातायात महासंघको अपिल News Polar संवैधानिक पदाधिकारी र न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न सांसद न्यौपानेको माग News Polar राजनीतिक नियुक्तिमा पेन्सन र उपदान नपाउने व्यवस्था गर्ने कानुनमन्त्री गौतमको प्रतिबद्धता News Polar दैलेखको मिथेन ग्यास उत्खननदेखि माथिल्लो कर्णाली निर्माणसम्म सरकारलाई एमाले सांसद पोखरेलको माग News Polar सम्भावित भारी वर्षा र बाढीको जोखिमप्रति उच्च सतर्कता अपनाउन नेपाली कम्युनिस्ट पार्टीको अपिल News Polar संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिकसम्बन्धी संशोधन विधेयक सर्वसम्मत पारित News Polar तलबसँगै बैठक र अन्तर्वार्ताको छुट्टै भत्ता दिने व्यवस्था हटाउन सांसद सिंहको माग

नदिनाला स्वच्छ राख्न नीतिगत निर्णय आवश्यकः उपप्रधानमन्त्री सिंह

नदिनाला स्वच्छ राख्न नीतिगत निर्णय आवश्यकः उपप्रधानमन्त्री सिंह
अ+ अ-

ललितपुर। उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नदिनाला स्वच्छ राख्न जनप्रतिनिधिहरूलाई आवश्यक नीतिगत निर्णय गर्न आग्रह गर्नुभएको छ ।

ललितपुरस्थित गोदावरी नगरपालिकाको नवौँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले यसका लागि ढल र सेफ्टी ट्याङ्की व्यवस्थापनमा ध्यान दिन आग्रह गर्नुभएको छ । उपप्रधानमन्त्री सिंहले नगरपालिकाभित्र नयाँ घर निर्माणका क्रममा सेफ्टी ट्याङ्कीको व्यवस्थापन नगर्ने हो भने नदी झन् प्रदूषित हुने भन्दै सचेत रहनुपर्नेमा जोड दिनुभयो ।

“वागमती, विष्णुमति नदिलगायत उपत्यकाका जे–जति नदि छन्, हाल ती ढलका रूपमा प्रयोग भइरहेका छन्, अब प्रदूषण रोक्न फोहर व्यवस्थापनका लागि हामीले कदम उठाउन सकेनौँ भने भयावह अवस्था आउने छ”, उहाँले भन्नुभयो,“यसर्थ प्रदूषण रोक्नका लागि हरेक घरका सदस्य, स्थानीय तह र सरोकार भएकाहरू सचेत हुनुपर्छ, हामीले घर बनाउँदा सेफ्टी ट्याङ्की अनिवार्य बनाउनुपर्छ, घर बनिसकेको छ, ठाउँ पुगेको छैन भने ८–१० घर मिलाएर समुदायको सेफ्टी ट्याङ्कीको व्यवस्था गर्नुपर्छ ।”

जमिनमा पानीको सतहलाई कम हुन नदिनका लागि वर्षाको पानी सङ्कलन गरेर सदुपयोग गर्ने पद्दतिलाई ध्यान दिन पनि आवश्यक रहेको भन्दै उपप्रधानमन्त्री सिंहले यसतर्फ जनप्रतिनिधिले विशेष चासोका साथ काम गर्नुपर्ने बताउनुभयो ।

उपप्रधानमन्त्री सिंहले नगरपालिका प्रवेश गर्ने ठेचो र सुनाकोठीको सडक फराकिलो बनाउनका लागि आवश्यक सुझाव पेस गर्न सङ्घीय सांसद, प्रदेशसभा सदस्यका साथै स्थानीय जनप्रतिनिधिलाई आग्रह गर्दै यसमा आफ्नो सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।रासस