७ चैत्र २०८१, बिहीबार
March 20, 2025 Thursday

24.27°C

काठमाडौं

24.27°C

Kathmandu

Feels-like: 23.56

Wind: 4.63

Humidity: 31

तपाईं के खोज्दै हुनुहुन्छ ?

आफ्नी प्रेमिकासँग बेडमा सुतेको बेला कुकुरले मालिकलाई गोली हानेपछि…



अ+ अ-

एजेन्सी । अमेरिकामा एउटा अनौठो घटना घटेको छ । एक व्यक्तिले आफ्नो एक वर्षको कुकुरले आफूलाई गोली हानेको दाबी गरेका छन् ।

यो घटना तब भएको थियो जब पुरुष आफ्नी प्रेमिकासँग बेडमा सुतेका थिए । यो घटना अमेरिकाको टेनेसी राज्यको हो ।

न्यूयोर्क पोस्टको रिपोर्टका अनुसार पुलिसले भने कि जब उनीहरू घटना स्थलमा पुगे, कुकुर र मानिस घाइते अवस्थामा थिए । तर, आक्रमण गर्ने हतियार भने हराइरहेको छ । उक्त व्यक्तिले आफ्नो साथीले बन्दुक राखेको बताए ।

उक्त आक्रमणमा ती व्यक्तिलाई सामान्य चोट लागेको छ । कुकुर पिटबुल जातको हो । ओरियो नामको कुकुरको पन्जा बन्दुकको ट्रिगर गार्डमा अड्किएर ट्रिगरमा ठोक्किएपछि उक्त व्यक्तिको खुट्टामा गोली लागेको पीडितले प्रहरीलाई बताए । गोली व्यक्तिको तिघ्रामा लागेको थियो ।

पुरुषकी प्रेमिकाले कुकुर निकै फुर्तिलो भएको बताइन् । उसलाई यता उता हाम फाल्न मन पर्छ । बन्दुकको आवाज सुनेपछि उनी निद्राबाट ब्युँझिएकी बताएकी छन् ।