२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar तीन वर्षदेखि नै महामन्त्रीमा उम्मेदवारी दिने तयारी थियो : नैनसिंह महर News Polar वनमन्त्री चौधरी र विश्व वन्यजन्त कोषका प्रतिनिधिबीच छलफल News Polar जलवायु जोखिम न्यूनीकरणका लागि पूर्वाधारसम्बन्धी नीति परिवर्तन गरिँदै : मन्त्री लम्साल News Polar सहमहामन्त्रीमा देवेन्द्रराज कँडेलको उम्मेदवारी दर्ता News Polar अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०२६ को प्लेटिनम प्रायोजक बन्यो जी–सेभेन एग्रिकल्चर News Polar महामन्त्रीमा डा. सुनीलकुमार शर्माको उम्मेदवारी News Polar विपद्मा बेपत्ता व्यक्तिको मृत्यु घोषणा र दर्तासम्बन्धी कानून संशोधनको तयारी News Polar उपसभापति (समावेशी) पदमा बिनोद चौधरीको मनोनयन दर्ता News Polar तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छ : मन्त्री लम्साल News Polar सञ्चारमन्त्री तिमिल्सिना र सचिव पौडेलबीच कार्यसम्पादन सम्झौता News Polar दशैँअघि नै १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाई सक्ने निर्णय News Polar कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ताका लागि यी कागजात अनिवार्य News Polar बाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापामगरलाई ज्ञापनपत्र News Polar एक महिनापछि चल्यो हुम्लाको च्याममा फोरजी सेवा News Polar भोटेकोशी बाढी प्रभावित व्यवसायीलाई बेलआउट दिन महासंघको माग News Polar नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना News Polar वागमतीमा सरकार बनाउने उज्यालो नेपालको दाबी, संघीय सरकारको नेतृत्व गर्ने लक्ष्य News Polar भोटेकोशी–त्रिशूली विपद् : तत्काल बेलीब्रिजदेखि अस्थायी आवाससम्मको माग News Polar भोटेकोशी–त्रिशूली विपद्को कारणबारे वैज्ञानिक अनुसन्धान गर्न सांसद लामाको माग News Polar पोखरा महानगरको पुरानो प्रशासनिक भवन भत्काउन सुरु, ६५ करोडमा नयाँ भवन बनाउने तयारी

आजदेखि उपत्यकामा निषेधाज्ञा सुरु

आजदेखि उपत्यकामा निषेधाज्ञा सुरु
अ अ+ अ-

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि आज बिहीबारबाट १० भदौसम्म निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञा जारी भएसँगै १० गतेसम्म बिनाकाम कुनै पनि नागरिक घरबाट बाहिर निस्कन पाइनेछैन भने अत्यावश्यक बाहेकका सबै क्षेत्र बन्द हुनेछन् । सोही अवधिसम्म उपत्यका बाहिरका विभिन्न जिल्लाबाट काठमाडौं उपत्यकामा भित्रनसमेत निषेध गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीसहित तीनै जिल्लाका सुरक्षा निकायका प्रमुखसहितको मंगलबारको संयुक्त बैठकले संक्रमितको संख्या बढ्दै गएपछि १० भदौसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो ।

तिनै जिल्लाका प्रमुख जिल्ला अधिकारीले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि संक्रामक रोग ऐन, २०२० को दफा २ एवं स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ९३० बमोजिम निषेधाज्ञाको निर्णय गरेका हुन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले निषेधाज्ञाभर बिनाकाम कोही पनि घरबाट निस्कन नपाइने र निस्किएको पाइए कानुनअनुसार कारबाही अघि बढाइने बताए । ‘निषेधाज्ञाभर बिनाकाम कोही पनि घरबाट निस्कन पाउँदैनन्, बिनाकाम निस्किएको पाइए कानुनअनुसार कारबाही हुन्छ,’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी दाहालले राजधानीसँग भने ।

दाहालका अनुसार आदेशको उल्लंघन गरेमा स्थानीय प्रशसन ऐनअनुसार ५ सय रुपैयाँसम्म जरिमाना र १ महिनासम्म कैद सजाय हुनेछ । यस्तै, संक्रामक रोग ऐन अनुसार १ सय जरिमाना र १ महिना कैद हुन सक्नेछ । निषेधाज्ञा अवधिभर अत्यावश्यक सेवाबाहेक अरू सेवाहरू बन्द हुनेछन् । अत्यावश्यक सेवाअन्तर्गत स्वास्थ्य, सुरक्षा, सञ्चार, खाद्यान्न, पेट्रोलियम पदार्थ, फोहोर बोक्ने सवारी र औषधिजन्य सेवा बाहेक अरू सञ्चालन गर्न पाइनेछैन । यस्तै तोकिएकाबाहेकका व्यपार व्यवसाय बन्द हुनेछन् । यसैगरी, अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदको काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन पाउनेछैनन् । यस्तै स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा अत्यावश्यक सामान ढुवानी गर्ने सवारीसाधन बाहेक अन्य सवारी साधन काठमाडौं उपत्यका प्रवेश गर्न पाउनेछैनन् । ती सवारी साधनलाई भने उपत्यका भित्र चल्न समेत बन्देज छैन ।

तर सबै प्रकारका यात्रुवाहक सवारी साधन बन्द हुनेछन् भने कुनै पनि मेला, महोत्सव, जात्रा पर्व सञ्चालन गर्न, मानिसहरू भेला तथा जम्मा हुन, भीडभाड हुन र सभाजुलुस गर्न पाइनेछैन । तर हवाई उडानबाट विदेश जानेहरूका हकमा पासपोर्ट भिसा, कन्फर्म हवाई टिकट हुनेहरू सहजीकरण गरेर विमानस्थल जान सक्नेछन् । यस समयमा अत्यावश्यक उपभोग्य वस्तु वा सेवाको आपूर्तिमा कृत्रिम अभाव सिर्जना गर्ने, मूल्यवृद्धि गर्ने, जम्माखोरी गर्ने वा लुकाउने वा सहज आपूर्तिमा अवरोध गर्नेउपर कानुनबमोजिम कारबाही हुने जनाइएको छ ।

सञ्चालन हुने क्षेत्र
अत्यावश्यक वस्तु तथा सेवाअन्तर्गत औषधि पसल तथा औषधि ढुवानी गर्ने साधन, खाद्यवस्तुु, इन्धन, खाना पकाउने ग्यास, तरकारी, फलफूल, दूध, विद्युत्, दूरसञ्चार, स्वास्थ्य तथा सुरक्षा क्षेत्र, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टिन, आइसोलेसन, फोहोरमैला व्यवस्थापन अस्पताल जाने आउने बिरामी र मृत्यु संस्कारका लागि प्रयोग गर्ने सवारी साधन

निषेधित कार्य
मेला, महोत्सव, जात्रा सञ्चालन गर्न, भेला हुन, भीडभाड गर्न, सभा जुलुस गर्न, परम्परागत रूपमा भई आएको दैनिक रूपमा हुने आन्तरिक नित्य पूजाबाहेकका सम्पूर्ण धार्मिक, सांस्कृतिक गतिविधिहरू सञ्चालन तथा जमघट गर्न, शैक्षिक संस्थाहरू, प्रशिक्षण केन्द्रहरू, ट्युसन सेन्टर, भाषा कक्षालगायतका क्रियाकलापहरू सञ्चालन गर्न, सबै प्रकारका सभा, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जन स्थल, सैलुन, ब्युटीपार्लर, स्पा, स्विमिङपुल, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालय, चिडियाखाना सञ्चालन गर्न, फुटपाथ र ठेलागाडा वा साइकलमा सञ्चालन हुने व्यवसाय, कवाडी संकलन, होटल, रेस्टुरा सञ्चालन गर्न निषेध, बैंकिङ सेवाका लागि भने भर्चुअल वा विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्ने व्यवस्था मिलाउने र सम्भव नभएमा न्यूनतम कर्मचारी राखेर सेवाप्रवाह गर्ने
  राजधानी दैनिक