२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar तीन वर्षदेखि नै महामन्त्रीमा उम्मेदवारी दिने तयारी थियो : नैनसिंह महर News Polar वनमन्त्री चौधरी र विश्व वन्यजन्त कोषका प्रतिनिधिबीच छलफल News Polar जलवायु जोखिम न्यूनीकरणका लागि पूर्वाधारसम्बन्धी नीति परिवर्तन गरिँदै : मन्त्री लम्साल News Polar सहमहामन्त्रीमा देवेन्द्रराज कँडेलको उम्मेदवारी दर्ता News Polar अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०२६ को प्लेटिनम प्रायोजक बन्यो जी–सेभेन एग्रिकल्चर News Polar महामन्त्रीमा डा. सुनीलकुमार शर्माको उम्मेदवारी News Polar विपद्मा बेपत्ता व्यक्तिको मृत्यु घोषणा र दर्तासम्बन्धी कानून संशोधनको तयारी News Polar उपसभापति (समावेशी) पदमा बिनोद चौधरीको मनोनयन दर्ता News Polar तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छ : मन्त्री लम्साल News Polar सञ्चारमन्त्री तिमिल्सिना र सचिव पौडेलबीच कार्यसम्पादन सम्झौता News Polar दशैँअघि नै १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाई सक्ने निर्णय News Polar कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ताका लागि यी कागजात अनिवार्य News Polar बाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापामगरलाई ज्ञापनपत्र News Polar एक महिनापछि चल्यो हुम्लाको च्याममा फोरजी सेवा News Polar भोटेकोशी बाढी प्रभावित व्यवसायीलाई बेलआउट दिन महासंघको माग News Polar नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना News Polar वागमतीमा सरकार बनाउने उज्यालो नेपालको दाबी, संघीय सरकारको नेतृत्व गर्ने लक्ष्य News Polar भोटेकोशी–त्रिशूली विपद् : तत्काल बेलीब्रिजदेखि अस्थायी आवाससम्मको माग News Polar भोटेकोशी–त्रिशूली विपद्को कारणबारे वैज्ञानिक अनुसन्धान गर्न सांसद लामाको माग News Polar पोखरा महानगरको पुरानो प्रशासनिक भवन भत्काउन सुरु, ६५ करोडमा नयाँ भवन बनाउने तयारी

लक्षणसहितका कोरोना संक्रमितहरू देखिदै

लक्षणसहितका कोरोना संक्रमितहरू देखिदै
अ अ+ अ-

काठमाडौं । पछिल्लो केही दिनयता लक्षणसहितका कोरोना भाइरस संक्रमितहरू देखिन थालेका छन् । सम्बन्धित जिल्लाका स्वास्थ्य कार्यालयका अधिकारीका अनुसार संक्रमितमा लक्षण देखिन थालेका हुन् । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजंग शाहका अनुसार संक्रमितमा लक्षण देखिन थालेको छ । उनले भने, ‘मुख्यतः संक्रमितमा ज्वरो र खोकी लागेको छ । केही संक्रमितलाई अक्सिजनसमेत आवश्यक परेको छ ।’

स्वास्थ्य कार्यालय झापाका प्रमुख ईश्वरी पौडेलले पनि संक्रमण थप जटिल बन्दै गएको बताए । उनले भने, ‘लक्षणसहितका संक्रमितमा सास फेर्न अप्ठेरो भएको पनि छ । बिस्तारै यो क्रम बढ्न सक्छ ।’ अधिकांश जिल्लामा सक्रिय संक्रमित हुनेहरूमा दीर्घ रोगी रहेका छन् । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख योगेन्द्रप्रसाद भगतले लकडाउन खुलेयता लक्षणसहितका संक्रमित देखिन थालेको बताए । उनले भने, ‘सक्रिय संक्रमितमा ज्वरो आउने र खोकी लाग्ने जस्ता लक्षण देखिएको छ । उहाँहरूलाई आइसोलेसनमा राखिएको छ ।’ सक्रिय संक्रमितको संख्या बढ्दै गएको भन्दै सचेत र सतर्क रहन चिकित्सकले आग्रह गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ११ हजार १ सय १८ जना सक्रिय संक्रमित रहेका छन् ।

यस्तै, बुधबार नेपालमा थप ६ सय ८१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २८ हजार ९ सय ३८ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १ सय २० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म १७ हजार ७ सय उपचारपछि निको भएका छन् । यस्तै, काठमाडौं उपत्यकामा बुधबार १ सय ५९ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा काठमाडौंमा १ सय ३४, ललितपुरमा १७ र भक्तपुरमा ८ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । योसँगै काठमाडौंमा कोरोना संक्रमित हुनेको संख्या १ हजार ९ सय ८७, ललितपुरमा १ सय ५० र भक्तपुरमा १ सय ७१ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म १ सय २० जना कोरोना संक्रमितको मृत्यु भएको छ । बुधबार मात्रै ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । काठमाडौं र बर्दियाका एक(एक जना पुरुष, मोरङ, भक्तपुर, चितवन र सुनसरीका एक÷एक जना महिला गरी बुधबार ६ जनाको मृत्यु भएको हो । हालसम्म देशभर ५ लाख ५४ हजार ३ सय ८८ जनाको आरटी–पिसिआर प्रविधिबाट कोरोना परीक्षण गरिएको छ । हाल देशभर १३ हजार ५ सय ७१ जना क्वारेन्टिनमा बसेका छन् । राजधानी दैनिक