११ आश्विन २०८१, शुक्रबार
,
Latest
सहकारी ठगी प्रकरणमा फरार रहेका ढोरपाटनका मेयर भारतमा पक्राउ स्वामित्व विवादले गौशालाको अस्तित्व सङ्कटमा छविलाल जोशीलाई थप ७ दिन हिरासतमै राख्न अनुमति नारायणगढ–मुग्लिन सडकमा आज रातभर गाडी चलाउन नपाइने राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र निओ रेमिट तथा युनाईटेड रेमिट बीच रेमिट्यान्स भुक्तानी गर्ने सम्झौता जलवायु परिवर्तनको असर न्युनिकरण गर्न नेपाललाई वाह्य वित्तीय स्रोत आवश्यक छः गभर्नर अधिकारी जेबिएनएल सेक्यूरिटिज् ग्लोबल आईएमई सेक्यूरिटिज लिमिटेडमा परिवर्तन हुँदै पहिरोले नौबिसे–काठमाडौं सडक अवरुद्ध नारायणी नदीमा झोलुंगे पुल बनेसँगै सुस्तावासीले भनेः जोखिमबाट मुक्ति पायौँ चाडपर्व लक्षित सुरक्षाका लागि प्रहरी तयार, खसी बजार, गहना पसलदेखि टिकट काउन्टरसम्म गस्ती
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपत्यका छिर्ने नाकामा चेकजाँचमा कडाई, नागढुंगामा निकै लामो जाम



अ+ अ-

काठमाडौं । काठमाडौं उपत्यकामा एकहप्ते निषेधाज्ञा जारी भएसँगै उपत्यका छिर्ने नाकामा चेकजाँचमा कडाई गरिएको छ । जिल्ला प्रशासन कार्यालयहरुले गएरातिबाट लागु हुनेगरी उपत्यकाभित्र निषेधाज्ञा जारी गरेसँगै नागढुंगा नाकामा चेकजाँचमा कडाई गरिएको हो ।

उपत्यका भित्रिने सवारीहरुमा प्रहरीले चेकजाँचमा निकै कडाई गरेको छ । नागढुंगगा नाकाबाट खाद्यान्न, फलफूल, औषधी, तरकारी र मासुजन्य सामग्री बाहेकका सवारी साधनलाई मात्रै उपत्यका भित्रिन दिइएको छ । एम्बुलेन्सहरु भने निर्वाध रुपमा उपत्यका भित्रिइरहेका छन । निर्माणजन्य सामग्री र अन्य सामग्री लिएर आएका सवारीहरुलाई नाकाबाटै फिर्ता पठाइएको छ । चेकजाँचमा कडाई भएपछि नागढुंगामा निकै लामो जाम देख्न सकिन्छ ।

उपत्यकाबाट बाहिर जाने सवारी न्यून मात्रामा भएपनि उपत्यका भित्रिने सवारीको संख्या अधिक रहेको छ । नाकामा सुरक्षाकर्मीहरुको उपस्थिति बाक्लो बनाइएको छ । काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले गएरातिबाट लागु हुनेगरी निषेधाज्ञा गारी भएपनि उपत्यकाका सडक सुनसान देखिएका छन । सडकमा अत्यावश्यक सेवाका बाहेक अन्य सवारी साधन चलेका छैनन् । औषधी र खाद्यान्नबाहेक अन्य पसल पनि खुलेका छैनन् ।

पछिल्लो समय संक्रमितको संख्या बढ्दै गएपछि उपत्यका निषेधाज्ञा जारी गरिएको हो । आजमात्रै नेपालमा कोरोना भाइरसबाट ६ जनाको मृत्यु भएको छ । काठमाडौं उपत्यकामा २ सय जना संक्रमित पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा १ सय ७४ ललितपुरमा १८ र भक्तपुरमा ८ जना रहेका छन् । यससँगै कुल संक्रमितको संख्या २९ हजार ६ सय ४५ पुगेको छ ।