२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्युजिल्याण्डलाई हराउँदै भारतले जित्यो च्याम्पियन्स ट्रफीको उपाधि



अ+ अ-

काठमाडौँ । च्याम्पियन्स ट्रफी २०२५ को उपाधि भारतले जितेको छ । भर्खरै सम्पन्न खेलमा न्युजिल्याण्डलाई ४ विकेटले हराउँदै भारत च्याम्पियन बनेको हो । भारतको यो तेस्रो उपाधि हो ।

न्युजिल्याण्डले दिएको २५१ रनको लक्ष्य भारतले ४९ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्यो । भारतलाई जित दिलाउन रोहित शर्माले ७६ रनको योगदान दिए । ८३ बल खेलेका उनले ७ चौका र ३ छक्का प्रहार गरे ।

यस्तै, श्रेयर अय्यरले ४८, शुभमन गिलले ३१, केएल राहुलले अविजित ३४,  अक्षर पटेलले २९, हार्दिक पाण्ड्याले १८ रनको योगदान दिए । रविन्द्र जडेजा ९ रनमा अविजित रहे ।

बलिङतर्फ न्युजिल्याण्डका मिचेल सान्टनर र माइकल ब्रेसवेलले दुई–दुई तथा रचिन रविन्द्र र काइली जेमिनसनले एक–एक विकेट लिए ।

त्यसअघि दुबईको अन्तर्राष्ट्रिय रंगशालामा टस जितेर पहिले ब्याटिङ रोजेको न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २५१ रन जोड्यो ।

उसका लागि डेरिल मिचेलले ६३, माइकल ब्रेसवेलले अविजित ५३, रचिन रविन्द्रले ३७, ग्लेन फिलिप्सले ३४, विल योङले १५ तथा टम लाथमले १४ रन जोडे ।

बलिङतर्फ भारतका कुलदीप यादव र वरुण चक्रवर्तीले दुई–दुई तथा रविन्द्र जडेजा र मोहम्मद शामीले एक–एक विकेट लिए ।

रोहित शर्माको कप्तानको रूपमा ९ महिनामा यो दोस्रो आईसीसी उपाधि हो । उनको कप्तानीमा भारतले गत वर्ष जुन २९ मा टी–२० विश्वकप पनि जितेको थियो ।

भारतले १२ वर्षपछि च्याम्पियन्स ट्रफी जित्न सफल भयो । यसअघि २०१२ मा भारतले उपाधि उचालेको थियो ।