२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन News Polar एक लाख ३० हजार १२९ यात्रुले लिए दसैँका लागि अग्रिम टिकट News Polar कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छ : कांग्रेस महामन्त्री राणा News Polar जापानसँग उच्चस्तरीय भ्रमणको पहल गर्छु : प्रस्तावित राजदूत थापा News Polar सम्यक महादानको तयारी तीव्र, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar कांग्रेसको दलिततर्फ प्रकाश रसाईली स्नेही अगाडि, दलित महिलामा सीता मिजार र खुलामा डा. डिबी सुनारको अग्रता News Polar म आरक्षणको विरोधी हो, योग्यताका आधारमा सिफारिस भएकी हुँः मञ्चलाकुमारी झा News Polar ४७ प्रकारका इम्युनोसप्रेसेन्ट औषधिको उत्पादन तथा पैठारी अनुमति खारेज News Polar मलेसियाका लागि प्रस्तावित राजदूत खरेलमाथि आर्थिक अनियमितता र स्वार्थको द्वन्द्वको आरोप News Polar मलेसियाका लागि प्रश्तावित राजदुत खरेलको सुनुवाईमा प्रश्नः संसदीय समितिले प्रक्रिया रोकेर अध्ययन थाल्यो News Polar लागुऔषधसहित छ जना पक्राउ News Polar मलेसियामा नेपाली श्रमिकको सुरक्षादेखि डिजिटल सेवासम्म खरेलका प्राथमिकता News Polar प्रस्तावित राजदुत डा. झाको योग्यता र कार्यक्षमतामाथि सत्तारुढ सांसदको प्रश्नै प्रश्न News Polar श्रीलंकासँग आर्थिक साझेदारी बलियो बनाउने राजदूत झाको प्रतिबद्धता News Polar तुलसीपुर प्रहरीका लागि ‘बडी बर्न’ क्यामेरा News Polar मतदातासूचीबाट तीन हजार ४७२ मतदाताको नाम हटाइयो News Polar वीरगन्जमा फरार प्रतिवादी प्रक्राउ News Polar कांग्रेस महाधिवेशन : आदिवासी जनजातितर्फको मतगणना सम्पन्न, बहादुर सिंह लामा तामाङ विजयी News Polar प्रधानमन्त्री राहत कोषमा पौने १८ अर्ब मौज्दात News Polar राजदूत सुनारबारे प्रहरीको अभिलेखमा मिलापत्र, डिपोर्टबारे अध्यागमनसँग विवरण छैन

महिलाको विकास सरकारको उच्च प्राथमिकतामा

महिलाको विकास सरकारको उच्च प्राथमिकतामा
काठमाडौँ, ९ कात्तिक ः नागरिक समाजद्वारा तयार पारिएको बेइजिङ प्लस ३० का बारेमा शुक्रबार राष्ट्रिय समीक्षा गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुँडी । तस्बिरः गोपाल दाहाल÷रासस
अ अ+ अ-

काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले सरकारले संविधानको मर्म अनुरुप महिलाको विकास र सशक्तीकरणका लागि उच्च प्राथमिकताका साथ काम गरिरहेको बताउनुभएको छ ।

 अन्तरराष्ट्रिय महिला दिवसको सन्दर्भमा ‘साथी’ नामक संस्थाले यहाँ आज आयोजना गरेको गोष्ठीको उद्घाटन गर्दै उहाँले राष्ट्रिय मानवअधिकार आयोग, राष्ट्रिय महिला आयोग, राष्ट्रिय समावेशी आयोग, आदिवासी तथा जनजाति आयोग, दलित आयोग र अन्य संवैधानिक व्यवस्था गरी महिला, दलित तथा आदिवासी जनजातिको विषयलाई उच्च प्राथमिकता दिँदै कार्यान्वयनमा लगिएको बताउनुभयो ।

“संविधानमा मौलिक हकका रुपमा महिलाको हक, दलितको हक, बालबालिकाको हक, सामाजिक सुरक्षाको हक, छुवाछूत तथा भेदभाव विरूद्धको हक व्यवस्था गरिएको छ, समानुपातिक समावेशी सिद्धान्तका आधारमा ३३ प्रतिशत महिलाको सहभागिताको प्रबन्ध भएको छ, जसले राजनीति, निजामती सेवा र अन्य सार्वजनिक जीवनमा महिलाको प्रतिनिधित्वमा बढेको छ”, मन्त्री सुडीले भन्नुभयो ।

महिला अधिकारसँग जोडिएका निःशुल्क र अनिवार्य शिक्षा ऐन, २०७५, सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५, सामाजिक सुरक्षा ऐन, २०७५, श्रम ऐन, २०७४, निजामती सेवा ऐन, २०४९ र प्रादेशिक निजामती सेवा ऐनको व्यावहारिक रुपमै प्रभावकारी कार्यान्वयन गर्ने मन्त्री सुडीले प्रतिबद्धता जनाउनुभयो ।

उहाँले भन्नुभयो, “महिला मन्त्रालयबाट राष्ट्रपति महिला सशक्तीकरण परियोजना सञ्चालनमा छ । यस परियोजनाले मुख्यतः जोखिममा परेका दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको उद्धार तथा राहत, कुरितीविरूद्धको अभियान, आर्थिक सशक्तीकरणका क्षेत्रमा सघन कार्यक्रम प्रदेश र स्थानीय तहमा कार्यान्वयनमा छन् ।”

नागरिकतासम्बन्धी अध्यादेशले केही हदसम्म नागरिकता प्राप्तिमा देखिएको समस्या समाधान गरेको उहाँको भनाइ छ । सोही अवसरमा संयुक्त राष्ट्रसङ्घीय महिलाविरुद्ध भेदभाव उन्मूलन गर्ने समिति (सिड कमिटी) सदस्य बन्दना राणाले सिडमा समावेश महिलासम्बन्धी व्यवस्थालाई पूर्णरुपमा कार्यान्वयन गर्नुपर्ने माग गर्नुभयो । रासस