४ श्रावण २०८३, सोमबार
,
Latest
बजेट कार्यान्वयनका लागि कार्यविधि र निर्देशिका साउन मसान्तभित्र तयार पार्न निर्देशन बजेटको प्रभावकारी कार्यान्वयन गर्न अर्थमन्त्री डा वाग्लेद्वारा निर्देश कोलकाताबाट आइपुग्यो ‘कार्गो रेल’ वन कार्यालयको स्कोरपियोसँग ठोक्किँदा महिलाको मृत्यु विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्रबिच सहकार्य आवश्यक : सञ्चारमन्त्री डा. तिमिल्सिना बालयौन दूराचारमा अमेरिकी अदालतबाट पनि दोषी ठहर भए केनेथ ‘कानुन सुधार र निर्माण वर्ष’लाई सफल बनाउन आग्रह चलचित्र क्षेत्र प्रवर्द्धनका लागि सरकारले आवश्यक सहयोग गर्छ : सञ्चारमन्त्री डा तिमिल्सिना खाद्य तथा कृषि सङ्गठनको सहकार्यमा खाद्य प्रणाली सुदृढीकरण परियोजना सुरु कानून सुधार र निर्माणको वर्ष : लक्ष्य पूरा गर्न मन्त्रालयगत छलफल थालियो, प्रत्येक महिना हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

काउली बिक्रीबाट एकै ‘सिजन’मा छ लाख आम्दानी



अ+ अ-

गलकोट । जिल्लाकै उत्कृष्ट किसानका रुपमा परिचित बागलुङ नगरपालिका–९, तित्याङका पदम खत्रीले एकै ‘सिजन’मा रु छ लाखको काउली बिक्री गर्नुभएको छ । २०६६ सालदेखि निरन्तर तरकारी खेतीमा लाग्नुभएका उहाँ अहिले बागलुङका सफल किसानका रुपमा परिचित हुनुहुन्छ ।

उहाँले निजी, भाडा र बाँझो जग्गा गरी १८ रोपनी खेतबारीमा प्लास्टिक टनेल र टनेलबाहिर सिजन अनुसारका तरकारी उत्पादन गर्दै आउनुभएको छ । पदम खत्रीले एग्रो फार्ममा मौसमी र बेमौसमी टमाटर, काउली, बन्दा, साग, सिमी र घिरौँलालगायत तरकारी फलाउँदै आउनुभएको छ ।

उहाँले गत वर्ष एउटै काउली नौ किलोको र यस वर्ष १२ किलो सम्मको फलाउनु भएको थियो । उहाँ कृषि ज्ञान केन्द्रबाट पटक–पटक उत्कृष्ट किसानका रुपमा सम्मानित हुँदै आउनुभएको छ । “निरन्तर मेहनत गरे सफलता पाइँदोरहेछ, अहिलेको सिजनमा मात्रै छ लाखको काउली बजार पठाएँ, वर्षमा पाँच–छ लाखको त टमाटर नै बिक्री हुन्छ,” खत्रीले भन्नुभयो, “आठवटा प्लास्टिक टनेल र खन्य खुल्ला रुपमा तरकारी उत्पादन हुँदै आएको छ, यस वर्ष काउलीको मूल्य राम्रो भएकाले धेरै नाफा भयो ।”

विसं २०६६ मा एउटा प्लास्टिक टनेलबाट तरकारीखेती थाल्नुभएका खत्री यस क्षेत्रकै सफल किसानका रुपमा परिचित हुनुहुन्छ ।

स्वदेशमा केही गर्न सकिन्छ भन्ने सोचका साथ कृषि कर्ममा लाग्नुभएका खत्रीले वार्षिक रु १२ देखि १४ लाख आम्दानी गर्दै आउनुभएको छ । “अहिले काउली र ब्रोकाउली मात्रै १० क्विन्टल बिक्री गरेको थिएँ, छ लाख आम्दानी त एक सिजको काउलीबाटै भयो, अहिले काउलीको बजार मूल्य रु १०० सम्म परेकाले राम्रो आम्दानी भयो,” उहाँले भन्नुभयो । तरकारीखेती फस्टाउँदै गएपछि भाडामा आठ रोपनी जग्गा लिएर १८ रोपनी जग्गा पु¥याउनुभएको छ ।