६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

इंग्लिस–क्यारीको साझेदारीमा अष्ट्रेलियाले कीर्तिमानी रन पछ्यायो

इंग्लिस–क्यारीको साझेदारीमा अष्ट्रेलियाले कीर्तिमानी रन पछ्यायो
अ+ अ-

काठमाडौँ । जोस इंग्लिस र एलेक्स क्यारीको शतकीय साझेदारीको आधारमा अष्ट्रेलियाले च्याम्पियन्स ट्रफीमा कीर्तिमानी रनको लक्ष्य हासिल गरेको छ ।

शनिबार लाहोरको गद्दाफी स्टेडियममा इंग्ल्याण्डले ३५१ रन बनाएको थियो । अष्ट्रेलियाले ४७.३ ओभरमा ५ विकेट गुमाएर ३५६ रन बनाउँदै खेल जित्यो । प्लेयर अफ द म्याच जोस इंग्लिसले ८६ बलमा १२० रन बनाए ।

अस्ट्रेलियाले आईसीसी च्याम्पियन्स ट्रफी र एकदिवसीय विश्वकप इतिहासमा सबैभन्दा ठूलो रनको लक्ष्य हासिल गर्यो । यसअघि सन् २०२३ को एकदिवसीय विश्वकपमा पाकिस्तानले श्रीलंकाविरुद्ध हैदराबादमा ३ सय ४५ रन बनाएको थियो ।

इंग्ल्याण्डका बेन डकेटले १६५ रन बनाए । यो च्याम्पियन्स ट्रफीको सर्वाधिक व्यक्तिगत स्कोर पनि हो ।

३५२ रनको लक्ष्य पछ्याउने क्रममा अष्ट्रेलियाले १२२ रनमा ३ विकेट गुमाएको थियो । जोस इंग्लिस ब्याटिङ गर्न आए । उनले पहिलो बलमै चौका प्रहार गरे । त्यसपछि उनले ४१ बलमा अर्धशतक र ७७ बलमा शतक बनाए ।

उनले एलेक्स केरीसँग ५औं विकेटका लागि १४६ रनको साझेदारी गर्दै टोलीलाई जित दिलाए । इंग्लिसले १२० रनको इनिङ्स खेल्दै टोलीलाई जित दिलाए । अन्त्यमा ग्लेन म्याक्सवेलले १५ बलमा ३२ रन बनाएर टोलीलाई जित दिलाउन महत्वपूर्ण भूमिका खेले । इङ्ल्यान्डका मार्क वुड, जोफ्रा आर्चर, ब्रायडन कार्स, लियाम लिभिङ्स्टन र आदिल रसिदले समान १–१ विकेट लिए ।

इंग्ल्याण्डका लागि ब्याटिङ गर्दा ओपनर बेन डकेटले १६५ रनको इनिङ खेले । उनले १७ चौका र ३ छक्का प्रहार गरे । डकेटले जो रुटसँग १५८ रनको साझेदारी गरे । उनले ४८ औं ओभरसम्म ब्याटिङ गर्दै टोलीलाई ३२० भन्दा माथि पुर्याए । उनको यो स्कोर च्याम्पियन्स ट्रफीको इतिहासमा सर्वाधिक व्यक्तिगत स्कोर हो ।

अस्ट्रेलियाका बेन द्वारसले ३ विकेट लिए । एडम जाम्पा र मार्नस लाबुस्चेनले २–२ विकेट लिए ।