२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्धवार्षिक प्रगति विवरणमा स्वास्थ्य मन्त्रालय दोस्रो स्थानमा



अ+ अ-

काठमाडौँ। मन्त्रालय निकायगत माइलस्टोनको अर्धवार्षिक प्रगति विवरणमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दोस्रो स्थान प्राप्त गरेको छ ।

विसं २०८१ पुस महिनासम्म सम्पन्न हुुनुपर्ने गरी लक्ष्य निर्धारण भएका ६५१ वटा माइलस्टोनको विश्लेषण गर्दा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र नेपाल ट्रष्टको कार्यालयको शत्प्रतिशत माइलस्टोन सम्पन्न भएको देखिएको छभने राष्ट्रिय सतर्कता केन्द्रको सम्पन्न प्रतिशत भने शून्य रहेको छ ।

हालै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको पुससम्मको कार्यप्रगतिका आधारमा मन्त्रालय तथा निकायगत आधारमा तेस्रो तथा मन्त्रालयहरूबीचको मूल्याङ्कनमा दोस्रो स्थानमा रहेको पाइएको छ । विवरणअनुसार पुस मसान्तसम्ममा स्वास्थ्य मन्त्रालयले कुल ५२ मध्ये सम्पन्न गर्नुपर्ने ११ काममा नौवटा सम्पन्न गरिसकेको विवरणमा उल्लेख छ ।

यी प्रगतिका आधारमा कार्यालयले स्वास्थ्य मन्त्रालयलाई ८१ दशमलव ८ अङ्क प्रदान गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले प्रधानमन्त्रीसँग तथा स्वास्थ्य सचिव डा रोशन पोखरेलले मुख्य सचिवसँग कार्यसम्पादन सम्झौता गरेका छन्।