६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्यटनलाई अफ्नै लयमा फर्काउन पाँच वर्ष लाग्छ !



अ+ अ-

कोभिड–१९ को कारण लामो लकडाउनपछि खुल्न थालेका उद्योग फेरि धमाधम बन्द भएका छन् । मुलुकका ५० भन्दा बढी जिल्लामा निषेधाज्ञा, उद्योगका कर्मचारीमा कोभिड संक्रमण देखिन थालेपछि उद्योग, व्यवसाय बन्द भएको हो ।

नेपाल उद्योग वाणिज्य महासंघ र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अनुसार कोभिडको कारण निषेधाज्ञा हुँदा ७५ प्रतिशत उद्योग, व्यवसाय ठप्प भएको छ । अहिले मुस्किलले २५ प्रतिशतमात्र उद्योग, व्यवसाय सञ्चालनमा छन् । चलेका उद्योगले पनि ३०–३५ प्रतिशत क्षमतामा उत्पादन गरेको उद्योगी बताउँछन् । लकडाउन खोलेपछि वातावरण सामान्यतर्फ फर्किने आशासहित करिब ७० प्रतिशत उद्योग सञ्चालनमा आएकोमा निषेधाज्ञा र कोरोना फैलिएपछि फेरि बन्द भएका हुन् ।

विगतको लडकडाउनमा भन्दा अहिले धेरै उद्योग बन्द भएको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले जनाएको छ । लिमिटेडका अनुसार मुलुकका १० औद्योगिक क्षेत्रमा करिब सात सय उद्योग छन् । निषेधाज्ञाको कारण पानी, दूध, खाद्यान्न बाहेकका सबै उद्योग बन्द भएको लिमिटेडका निर्देशक दिलीप श्रेष्ठले बताए । ‘मुस्किलले २०–२५ प्रतिशत उद्योग मात्र सञ्चालनमा छन्,’ श्रेष्ठले भने, ‘लकडाउनमा भन्दा पनि निषेधाज्ञामा धेरै उद्योग बन्द भए । उद्योग सञ्चालन गर्दा कोरोना लागे सम्बन्धित उद्योगले बेहोर्नुपर्ने सरकारी नीतिका कारण पनि उद्योग सञ्चालक डराएको उनले बताए । ‘विगतमा भन्दा जोखिम बढ्दा उद्योग चलाउन डराए,’ श्रेष्ठले भने, ‘कर्मचारीमै कोरोना देखिन थालेपछि बन्द भए ।’

स्वास्थ्यको प्रोटोकल पालना गरेर सञ्चालन गर्नुपर्छ ।
–चन्द्रप्रसाद ढकाल, उपाध्यक्ष–उद्योग वाणिज्य महासंघ

कतिपय औद्योगिक करिडोरमा कोरोनाको कारण उद्योग सिल भएका छन् । निषेधाज्ञाले कामदार आउन–जान समस्या छ । सञ्चालनमा रहेका उद्योगमा पनि कर्मचारी त्रसित छन् । उत्पादित वस्तुको बजारीकरणमा समस्या भएपछि उत्पादन कटौती भएका छन् ।

मुलुकका प्रमुख औद्योगिक करिडोर बारा, पर्सा, हेटौंडा, पोखरा, भैरहवा, विराटनगर, सुनसरी, नेपालगन्ज लगायत सबै ठाउँमा उद्योग बन्द छन् । विभिन्न ठाउँमा रहेका उद्योगहरू आरती स्टिल, प्रिमियर स्टिल, पशुपति पेन्ट्स, चौधरी ग्रुपको बिस्कुट उद्योग, जगदम्बा, बालाजुको हुकुम फुड, सिद्धार्थ सिमेन्ट, सम्राट सिमेन्ट लगायत दर्जनौं उद्योगसहित औद्योगिक करिडोरमा कोरोना देखिएपछि उद्योग सिल भएका छन् । सीमा क्षेत्रका औद्योगिक क्षेत्रमा भारतीय मजदुर ल्याएपछि पनि संक्रमण फैलिएको उद्योगी बताउँछन् । मजदुरको पिसिआर परीक्षण नगरी काममा लगाएका कारण कोरोना पोजेटिभ देखिएपछि उद्योगनै सिल गरिएको हो । त्यसपछि उद्योगी र कामदार पनि त्रसित बनेका छन् ।  

विगतमा लकडाउनकै बीचमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ‘उद्योग प्रतिष्ठान सञ्चालन मापदण्ड, २०७७’ जारी गरेर सामाजिक दुरी र स्वास्थ्य मापदण्ड पालना गरेर उद्योग सञ्चालन गर्न आग्रह गर्दै आएपछि उद्योग खुलेका थिए । लकडाउन खुलेपछि प्रमुख औद्योगिक करिडोरका उद्योग सञ्चालन गर्न थालेको भए पनि धमाधम कोरोना देखिएपछि सिल भएका थिए । त्यसपछि औद्योगिक करिडोर नै बन्द भएका हुन् ।

उद्योग मात्र नभएर व्यापार, व्यवसाय पनि ठप्प छ । ५४ भन्दा बढी जिल्ला सदरमुकासहित प्रमुख सहरमा निषेधाज्ञा छ । कोरोनाको कारण व्यापार, व्यवसाय ठप्प भएको उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले बताए ‘निषेधाज्ञाको कारण सप्लाई चेनमा नै प्रभाव परेको छ,’ ढकालले भने, ‘कामदार, आवतजावतमा समस्या, पसल खोल्न नपाइने लगायत कारण उद्योग, व्यवसाय सञ्चालन हुन सकेका छैनन् ।’  

चलेका उद्योगले पनि पूर्ण क्षमतामा उत्पादन गरेका छैनन् ।  
–विष्णुकुमार अग्रवाल, वरिष्ठ उपाध्यक्ष–नेपाल उद्योग परिसंघ

खाद्यान्न, तरकारी, फलफूल पसल निश्चित समय तोकेर खोलेकाले ग्राहक पनि कम आएको उनले बताए । लामो समयदेखि उद्योग, व्यवसाय बन्द भएकाले विकल्प खोज्नुपर्ने उपाध्यक्ष ढकाल बताउँछन् । ‘सधैं उद्योग, व्यापार बन्द गर्नु समाधान होइन,’ ढकालले भने, ‘स्वास्थ्यको प्रोटोकल पालना गरेर सञ्चालन गर्नुपर्छ ।’ यसले अर्थतन्त्र डाँवाडोल भएको उनले बताए । सञ्चालनमा रहेका उद्योगमा जनशक्ति, कच्चा पदार्थको कारण उद्योग पूर्ण क्षमतामा चल्न नसकेको नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवाल बताउँछन् । ‘जनशक्ति र कच्चा पदार्थको कारण उद्योग सञ्चालन हुन सकेका छैनन्,’ अग्रवालले भने, ‘निश्चित क्षमतामा मात्र चलेका छन् ।’ उत्पादित वस्तको लागि बजारको पनि समस्या भएको उनले बताए । नागरिक दैनिकमा समाचार छ