२० मंसिर २०८२, शनिबार
,
Latest
चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘एचपिभ’ खोपबारे फैलाइएका भ्रममा विश्वास नगर्न आग्रह



अ+ अ-

काठमाडौँ। पाठेघर मुखको क्यान्सरविरुद्धको ‘एचपिभी’ खोपबारे फैलाइएका भ्रममा विश्वास नगर्न आग्रह गरिएको छ ।

स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले खोपसम्बन्धी केही नकारात्मक भ्रम फैलाइएकाप्रति ध्यानाकर्षण भएको जनाउँदै त्यसमा विश्वास नगर्न आग्रह गरेका छन् ।

खोप विश्व स्वास्थ्य सङ्गठनले सुरक्षित र प्रभावकारी भनेर पुष्टि गरिसककेको छ । कतिपयले परीक्षणका लागि खोप लगाइएको भनेर भ्रम छरिरहेका छन्, त्यो सत्य होइन । यो सुरक्षित र प्रभावकारी भएकाले ढुक्कले लगाउन अनुरोध छ ।

फागुन ६ गतेसम्म चल्ने अभियानका क्रममा एक साताको अवधिमा देशभर ६२ प्रतिशत खोप ‘कभरेज’ देखिएको समेत शाखा प्रमुख गौतमले जानकारी दिए । “खोपबाट कोही नछुटुन् भन्ने हाम्रो लक्ष्य हो । अभियान सन्तोषजनक रूपमा चलिरहेको छ । खोप लगाएकाहरूमा सामान्य ज्वरोबाहेक नकारात्मक असर देखिएको छैन ।

डा गौतमकाअनुसार आजसम्म देशभर १० लाख ३७ हजार नौ सय आठ जनाले खोप लगाएका छन् । विद्यालय केन्द्रित यो निःशुल्क खोप अभियान माघ २२ गतेदेखि सुरु गरिएको हो ।

प्राप्त जानकारीअनुसार कोशी प्रदेशमा ७१ दशमलव एक प्रतिशत, मधेसमा ४१ दशमलव चार, बागमतीमा ६० दशमलव आठ र गण्डकीमा ७१ दशमलव तीन प्रतिशत खोप लगाइएको छ । यसैगरी लुम्बिनी प्रदेशमा ६८ दशमलव छ, कर्णालीमा ६३ दशमलव छ, सुदूरपश्चिममा ७५ दशमलव १ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ७५ दशमलव १ प्रतिशत खोप कभरेज भएको शाखाको उपलब्ध तथ्याङ्कमा छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले करिब १७ लाख अर्थात् १६ लाख ८८ हजार सात सय ६८ जना किशोरीलाई खोप दिने लक्ष्य राखेको छ । विद्यालयमा अध्ययन गर्ने कक्षा छदेखि १० सम्मका छात्रा र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीलाई खोप दिइँदैछ । रासस