१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक र विधिसम्मत आधारमा निर्धारण गरिएको छ : सञ्चारमन्त्री तिमिल्सिना News Polar बजेट कार्यान्वयनमा गति दिन ऊर्जा मन्त्रालयलाई मन्त्री श्रेष्ठको निर्देशन News Polar सीडीसी, एफडीए र एनएचएए बनाउँदा विद्यमान जनशक्ति र विशेषज्ञता संरक्षण गर्नुपर्छ : मन्त्री मेहता News Polar सामाजिक सञ्जाल नियमनका लागि छुट्टै कानुनी व्यवस्था ल्याइने News Polar तातोपानी नाका सञ्चालनबारे महासंघ अध्यक्ष श्रेष्ठ र चिनियाँ राजदूतबीच छलफल News Polar गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ News Polar मनाङमा तत्काल अत्यावश्यक काम गर्नेः मुख्यमन्त्री पाण्डे News Polar प्रतिनिधिसभाः चार विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा News Polar सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यकः मुख्यमन्त्री कार्की News Polar अझै निकाल्न नसकिएको राइनो क्रुज News Polar विधि र विधानभन्दा बाहिर जाने छुट कसैलाई छैनः भण्डारी News Polar बाढी प्रभावित बालबालिका लक्षित दीर्घकालीन स्याहार योजना सञ्चानलमा News Polar मोरङ–६ कांग्रेस अधिवेशनमा विवाद चर्किँदा तोडफोड र कुटपिट News Polar यसै वर्ष २ सय नयाँ टावर र १ हजार ५ सय ९७ स्थानमा फोरजी विस्तार गरिने News Polar भोटेकोशी बाढीः ऊर्जा संरचना पुनर्निर्माणमा तीन खर्ब ९० अर्ब लाग्ने प्रारम्भिक अनुमान News Polar नेप्से परिसूचक ४ दशमलव ८२ अङ्कले घट्यो News Polar प्राविधिक सांसदलाई प्रधानमन्त्री शाहको आग्रह : ‘ज्ञान, सीप प्रयोग गर्नुहोस्’ News Polar अध्यक्ष ओलीको आग्रह– सानातिना मतभेद बिर्सेर पार्टी एकताका साथ अघि बढौँ News Polar दोधारा–चाँदनी झोलुङ्गे पुलः प्राविधिक टोलीद्वारा अध्ययन सुरु News Polar कोप–३१ मा नेपालको हितका लागि सावधानीपूर्वक वार्ता गर्नेगरी तयारी थाल्न निर्देशन

सुरक्षित खानेपानीको पहुँच शत प्रतिशत नागरिकमा पुर्याउन तीन तहबीच समन्वय आवश्यकः खानेपानीमन्त्री 

सुरक्षित खानेपानीको पहुँच शत प्रतिशत नागरिकमा पुर्याउन तीन तहबीच समन्वय आवश्यकः खानेपानीमन्त्री 
अ अ+ अ-

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले शत प्रतिशत सुरक्षित खानेपानीको पहुँच पुर्याउन तीन तहका सरकारबीच समन्वयको आवश्यक रहेको बताउनुभएको छ ।

सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री यादवले यस्तो बताउनुभएको हो । उहाँले शत प्रतिशत शुद्ध खानेपानी पु¥याउन संघ प्रदेश र स्थानीय तहबीचको सहकार्य, प्राप्त स्रोत परिचालन नीति सुधार तथा प्रभावकारी कार्यान्वयन अपरिहार्य आवश्यक भएको बताउनु भयो । उहाँले सुरक्षित खानेपानीको पहुँच अझै ७३ प्रतिशत नागरिकमा पु¥याउनुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो । उहाँले स्वच्छ खानेपानी र सुरक्षित सरसफाई सुविधा प्रत्येक नागरिकको आधारभुत आवश्यकतासँगै दिगो विकास लक्ष्य प्राप्त गर्ने महत्वपूर्ण आधार भएको बताउनु भयो । उ

हाँले सबै नागरिकलाई समान रुपमा पु¥याउने कार्य अझै चुनौतिपूर्ण रहेको बताउनु भयो । उहाँले तीन तहका सरकार तथा सरोकारवाला संस्थाहरुबीच सहकार्य मजबुत बनाउन रणनीतिक योजना तयार गरी दीर्घकालिन प्रतिवद्धता सुनिश्चित गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले ६१ प्रतिशत जनसंख्याले मात्रै सुरक्षित सरसफाई सुविधा पाएको बताउनु भयो । मन्त्री यादवले १६ औं आवधिक योजनाले ४५ प्रतिशत जनसंख्याले सुरक्षित खानेपानी र ६५ प्रतिशत जनसंख्याले सुरक्षित सरसाफाई र २५ प्रतिशत ढल प्रणालीमार्फत फोहोर पानी प्रशोधन गर्ने लक्ष्य पनि लिइएको बताउनु भयो । उहाँले राजनीतिक प्रतिवद्धताको सुदृढीकरणसहित सरसफाई सेवाका लागि तीन तहका सरकारबीच मजबुत बनाउने प्रतिवद्धता गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो,‘स्वच्छ खानेपानी र सुरक्षित सरसफाई सुविधा प्रत्येक नागरिकको आधारभुत आवश्यकता नभई दिगो विकास लक्ष्य प्राप्त गर्ने महत्वपूर्ण आधार पनि हो । तर हामीलाई थाहा छ । यो सेवा सबै नागरिकलाई समान रुपमा पु¥याउने कार्य अझै धेरै चुनौतिपूर्ण छ । यही चुनौतिलाई सम्बोधन गर्दै तीन तहका सरकार तथा सरोकारवाला संस्थाहरुबीच सहकार्य मजबुत बनाउन रणनीतिक योजना तयार गर्न,दीर्घकालिन प्रतिवद्धता सुनिश्चित गर्नुपर्छ । तथ्याङ्कअनुसार २७ प्रतिशत नागरिकले मात्रै सुरक्षित खानेपानी सेवाको पहुँच पाएका छन् । ६१ प्रतिशत जनसंख्याले सुरक्षित सरसफाई सुविधा पाएका छन् । १६ औं आवधिक योजनाले ४५ प्रतिशत जनसंख्याले सुरक्षित खानेपानी र ६५ प्रतिशत जनसंख्याले सुरक्षित सरसाफाई र २५ प्रतिशत ढल प्रणालीमार्फत फोहोर पानी प्रशोधन गर्ने लक्ष्य पनि लिइएको छ । यी लक्ष्यहरु हासिल गर्न संघ प्रदेश र स्थानीय तहबीचको सहकार्य प्राप्त स्रोत परिचालन नीति सुधार तथा प्रभावकारी कार्यान्वयन अपरिहार्य छ । राजनीतिक प्रतिवद्धताको सुदृढीकरणसहित सरसफाई सेवाका लागि तीन तहका सरकारबीच मजबुत बनाउने प्रतिवद्धता गर्नुपर्छ । स्थानीय तहहरुसँग समन्वय गरेर नीतिहरु परिमार्जन गर्नुपर्छ ।’

उहाँले हरेक नागरिकलाई सुरक्षित सरसफाई र खानेपानी सुनिश्चित गर्ने पार्टीबाट निर्णय गराउने प्रतिवद्धता जनाउनु भयो । उहाँले सतप्रतिशत नागरिकलाई सुरक्षित सरसफाई र खानेपानी सुनिश्चित गर्ने प्रतिवद्धताका लागि मन्त्रीपरिषद्मा प्रश्ताव लैजाने उल्लेख गर्नुभयो । उहाँले सबै राजनीतिक दलका अध्यक्षलाई लिखित प्रश्ताव पठाउने बताउनु भयो । उहाँले तीन तहको सरकारको समन्वयमा काम गर्नसके सरसफाई सेवामा फड्को मार्न सक्ने उल्लेख गर्नुभयो ।