१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा News Polar दोधारा–चाँदनी झोलुङ्गे पुल सुदूरपश्चिम प्रदेशको धरोहर होः मुख्यमन्त्री भट्ट News Polar पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक र विधिसम्मत आधारमा निर्धारण गरिएको छ : सञ्चारमन्त्री तिमिल्सिना News Polar बजेट कार्यान्वयनमा गति दिन ऊर्जा मन्त्रालयलाई मन्त्री श्रेष्ठको निर्देशन News Polar सीडीसी, एफडीए र एनएचएए बनाउँदा विद्यमान जनशक्ति र विशेषज्ञता संरक्षण गर्नुपर्छ : मन्त्री मेहता News Polar सामाजिक सञ्जाल नियमनका लागि छुट्टै कानुनी व्यवस्था ल्याइने News Polar तातोपानी नाका सञ्चालनबारे महासंघ अध्यक्ष श्रेष्ठ र चिनियाँ राजदूतबीच छलफल News Polar गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ News Polar मनाङमा तत्काल अत्यावश्यक काम गर्नेः मुख्यमन्त्री पाण्डे News Polar प्रतिनिधिसभाः चार विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा News Polar सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यकः मुख्यमन्त्री कार्की News Polar अझै निकाल्न नसकिएको राइनो क्रुज News Polar विधि र विधानभन्दा बाहिर जाने छुट कसैलाई छैनः भण्डारी News Polar बाढी प्रभावित बालबालिका लक्षित दीर्घकालीन स्याहार योजना सञ्चानलमा News Polar मोरङ–६ कांग्रेस अधिवेशनमा विवाद चर्किँदा तोडफोड र कुटपिट News Polar यसै वर्ष २ सय नयाँ टावर र १ हजार ५ सय ९७ स्थानमा फोरजी विस्तार गरिने

पाथीभरामा केबलकार बनाउने कुरा शान्तीपूर्ण संवादबाट टुंग्याउनुपर्छः काँग्रेस सांसद महत

पाथीभरामा केबलकार बनाउने कुरा शान्तीपूर्ण संवादबाट टुंग्याउनुपर्छः काँग्रेस सांसद महत
अ अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा प्रकाशशरण महतले ताप्लेजुङको पाथिभरा मन्दिर पुग्नका लागि केबलकार बनाउने विषयमा भएको विवाद शान्तीपूर्ण संवादबाट टुंग्याउनुपर्ने बताउनुभएको छ ।

शुक्रवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले ताप्लेजुङ वासीको परम्परा र संस्कृतिको संरक्षण हुनेगरी केबलकार बनाउनुपर्ने बताउनु भयो । उहाँले पाथीभरामा केबलकार निर्माण गर्न सके त्यहाँको आर्थिक गतिविधि चलायमान हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले केबलकार बनाउन सके पर्यटकको संख्यामा वृद्धि हुने भएको कारण त्यहाँको स्थानीय उत्पादनले स्थान पाउने र रोजगारीको अवसर समेत सिर्जना हुने बताउनु भयो । उहाँले केबलकार निर्माणको विषयमा भइरहेको विवाद मिलाउन सरकार लागिपरेको समेत बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पाथिभराको जुन अत्यन्तै पवित्र तीर्थस्थल छ, त्यहाँका आदिवासी, जनजाती, किराँत सबैको पवित्रस्थल हो । समग्र सनातन धर्मावलम्वीहरुको तिर्थस्थल हो । त्यहाँ अत्यन्तै सुन्दर धार्मिक पर्यटकीय धार्मिक स्थल छ । त्यसमा बढीभन्दा बढी पर्यटक पुग्न सकुन् र सबैले माताको आशिर्वाद लिन सकुन् भन्ने हामी सबैको अपेक्षा छ । त्यसले ताप्लेजुङको आर्थिक अवस्थालाई पनि सुधार्न मद्दत गर्छ भन्ने हाम्रो भनाई हो । त्यसकारण त्यहाँको इतिहास, संस्कृति र सभ्यता र त्यहाँका नामाकरणको विषय समेत ठिक छ । केबलकारले ५० आँै गुणा पर्यटकको संख्या बढाउँछ । संख्या बढ्ने बित्तिकै त्यहाँको आर्थिक गतिविधि चलायमान हुन्छ । हजारौं लजहरु खुल्छन् । त्यहाँको उत्पादनले ठाउँ पाउँछ । रोजगारी र व्यापक रुपमा प्रदान गर्न सकिन्छ । त्यहाँको सबै परम्परा र संस्कृतिको सम्मान र संरक्षण गरेर केबलकार बन्यो भने राम्रो हुन्छ । त्यसको लागि सरकार लागि रहेको छ । सबै कुराहरु शान्तीपूर्ण संवादको माध्यमबाट टुंग्याउनुपर्छ । उहाँहरुका जायज गुनासाहरुलाई सरकारले पनि सम्बोधन गर्नुपर्छ ।’

ताप्लेजङको पाथिभरा मन्दिर जाने केबलकार बनाउने विषयमा पक्ष र विपक्षबीच विवाद हुँदै आइरहेको छ ।