२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीसँग टिकटकर अंशु वर्मा र मिस पविको भेट



अ+ अ-

काठमाडौं । सामाजिक सञ्जाल टिकटकबाट चर्चा कमाएका अंशु वर्मा र मिस पविले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् ।

टिकटकर मिस पवि र अंशु वर्मासँग भेटको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा राख्दै प्रधानमन्त्री ओलीले अघिल्लो सरकारले टिकटक बन्द गरेको प्रसङ्ग निकाल्नुभएको थियो ।

प्रचण्ड नेतृत्वको सरकारले टिकटक बन्द गरेको थियो भने ओलीले सत्तामा आएपछि पुनः टिकटकमाथिको प्रतिबन्ध हटाउनुभएको थियो ।

‘आज दिउँसो आन्तरिक काममा व्यस्त थिएँ । सामाजिक सञ्जालका प्रतिभावान क्रिएटर मिस पवि र अंशु वर्मासँग साँझ कुराकानी भयो,’ प्रधानमन्त्री ओलीले फेसबुकमा भन्नुभएको छ, ‘उहाँहरूले टिकटकलाई अघिल्लो सरकारले जसरी बन्द नगर्न र व्यवस्थित गरेर सञ्चालन गर्न सुझाव दिनुभयो ।’

साथै, टिकटकर वर्माले पनि टिकटकमा प्रधानमन्त्रीसँगको एउटा भिडियो शेयर गर्दै लेखेका छन्– ‘हामी सबै युवाहरुको फेवरेट सम्माननीय केपी ओली सरसँगैको पहिलो भेट ।’