४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

कोरोना भाइरसको संक्रमणबाट अमेरिकाको क्यालिफोर्नियामा एक नेपाली युवाको मृत्यु

कोरोना भाइरसको संक्रमणबाट अमेरिकाको क्यालिफोर्नियामा एक नेपाली युवाको मृत्यु
अ+ अ-

गणेश थापा
क्यालिफोर्निया । संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियामा कोरोना भाइरसको संक्रमणका कारण सोमबार एक नेपाली युवाको मृत्यु भएको छ । स्थानीय कन्ट्राकोष्टा काउंटीको एलसेरिटो सिटीमा परिवारसहित बस्दै आएका हेमकुमार चौहानको सोही ठाँउको एक अस्पतालमा निधन भएको हो । स्थानीय नेपाली समुदाय ‘नर्दन क्यालिफोर्निया कम्युनिटी’ बाट प्राप्त जानकारीअनुसार स्वास्थ्यमा समस्या आएपछि केहीदिन पहिला कन्ट्राकोष्टा काउंटीस्थित काइजर अस्पतालमा भर्ना भएका निज चौहानको आज अपरान्ह मृत्यु भएको थियो।  रेस्पिरेसन सिस्टममा गडबढी देखिएपछि अस्पतालले उनको कोभिड १९ टेस्ट गरेको र रिपोर्ट पोजेटिभ आएपछि निजलाई भेन्टिलेटरमा राखेर उपचार गरिरहेकैबीच आज ज्यान गएको अस्पताल स्रोतले बतायो ।

निजको शव अहिले अस्पतालमै रहेको र आवश्यक प्रकृया पुरागरे पश्चात् अन्तिम संस्कारको कार्य अधि बढ्ने स्थानीय नेपाली समुदायका एक प्रतिनिधिले जानकारी दिए । कोरोना भाइरसको यस महामारीमा परी अमेरिकामा अहिलेसम्म १७ जना नेपालीको ज्यान गएको छ । यसबीचमा कोरोना संक्रमित २ हजार बढी नेपालीहरू मध्ये अधिकांश रिकभर भइसकेका छन् ।  पछिल्लो समय अमेरिकाको क्यालिफोर्निया राज्य कोभिड-१९ बाट सवैभन्दा बढी प्रभावित भएको छ ।

कोरोना भाइरसको संक्रमण सम्बन्धी अफिसियल डाटा अपडेट गर्दै आइरहेको न्युजब्रेकका अनुसार कोभिड-१९ को संक्रमणका कारण विश्वको सवैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा आज २४ घण्टाको अवधिमा ४ सय १० जनाको मृत्यु भएको छ भने ३४ हजार २ सय बढीमा भाइरसको संक्रमण भेटिएको छ । क्यालिफोर्नियामा मात्रै झण्डै सॉढे १४ हजार व्यक्तिको ज्यान जॉदा ७ लाख ६० हजार बढीमा संक्रमण देखिएको छ । अमेरिकामा हालसम्म करीव २ लाख मानिसको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भइसकेको छ भने झण्डै ६७ लाख व्यक्ति संक्रमित भएका छन् ।